भुवन पोख्रेल
राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा फेरि फरक सत्ता समीकरण बनेको छ । के यो सत्ता समीकरणपछि नेपालमा राजनीति आउला त भन्न पक्कै सकिँदैन । राजनीतिक अस्थिरता मुलुकले भोग्नैपर्ने नियति बन्न पुगेको छ । यस्तो राजनैतिक अस्थिरताको असर आम नेपाली नागरिकमा पर्न गएको छ ।
२०७२ सालमा संविधान सभाले संविधान बनायो, जसलाई पनि संसारकै उत्कृष्ट संविधानका रुपमा प्रक्षेपण गरियो । त्यही संविधानअनुसार २०७४ सालमा नेपालले तीनै तहको निर्वाचन ग¥यो । त्यसउताका सरकार तासको घरझै ढले मात्र होइन आन्तरिक द्वन्द्वले गर्दा मुलुक अस्थिरतातर्फ धकेलियो । अहिलेको राजनीतिक घटनाक्रम अध्ययन गर्दा मुलुक विभिन्न अस्थिरतबाट गुज्रनुपरेको छ । आखिर किन नेपालमा राजनीतिक अस्थिरता भइरहेको छ र यसको जिम्मेवार को हो ? राज्य, राजनैतिक व्यक्तित्व वा लोकतन्त्र ? कसैसँग जवाफ छैन ।
स्पष्ट राजनैतिक अस्थिरता आफैमा समस्या होइन । समस्या त्यतिबेला हुन्छ जतिबेला निश्चित स्वार्थ पूर्तिका लागि अस्थिरतालाई हतियार बनाइन्छ । नेपालमा नेताहरु बलिया नीति र संगठनहरु कमजोर बन्दै गइरहेको छन् । आम चुनावमा कुनै पनि राजनैतिक दलले पूर्ण बहुमत ल्याउनसक्ने अवस्था देखिएन । हामीले राजनैतिक प्रणालीमा सहकार्य र सहअस्तित्वको नीति अंङ्गीकार गर्न सकेनौँ । जनमत बदलिए पनि राजनीति बदलिनेवाला छैन । पूर्व प्रधानमन्त्री, मन्त्रीलगायतका चुपीहरुले राजनीतिलाई आफ्नो मुठीबाट फुत्कन नदिनका लागि चक्रव्यूह परिरहेका छन् ।
राजनीतिलाई आफ्नो इच्छाअनुसार डो¥याउँदै आएका छन् र उनीहरुलाई राजनीतिप्रति प्रगाढ माया, मोह र प्रभाव रहेको छ । उनीहरु राजनीतिमा आफूले बिसौँ वर्ष गरेको लगानीको व्याज मात्र उठाएर तप्त हुँदैन । उनीहरुलाई त व्याजको स्याज सहित अशुल गरी उठाउनु छ । नेपाली राजनीतिबाट यस्तो अवस्थामा राजनीतिक प्रणाली व्यक्ति व्यवस्थापनका लागि कसबेला फुत्कन्छ र कसबेला पुनर्मिलन हुन्छ पत्तो हुँदैन । कुनबेला गठबन्धन बन्छ कुन बेला टुट्छ अनुमानसम्म पनि गर्न कठिन हुन्छ ।
राजनीतिक अस्थिरता पछाडिको अर्को खाका हो । व्यक्तिहरुको टकराब जसको लामो इतिहास साक्षी छ । राजनीतिक स्थिरता आम नेपाली जनताका लागि मृगतृष्णा सावित भएको छ । व्यक्तिगत स्वार्थ र दलगत स्वार्थभन्दा माथि उठेर मुलुक र जनताको स्वार्थ हर्ने परिपाटीको स्थापना गर्नु अहिलेको आवश्यकता हो । यसले लोकतान्त्रिक चरित्रको निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।
राजनीतिक अस्थिरता सबै प्रकारका अस्तव्यस्तताको जननी हो, यसले निराकरण गर्दै समूह नेपाल निर्माणको दिशामा अगाडि बढ्न सबै राजनीतिक शक्ति राष्ट्रिय स्वार्थमा एक हुन जरुरी छ । नेपाली जनताको चाहना र देशको आवश्यकता हो । राजनीतिक अस्थिरता यसले नै आर्थिक उन्नयन दिगो विकास र अमन चैनको ढोका खोल्छ तर त्यो चाहना अधुरै रहँदै आएको छ । मुलुकलाई राजनीतिक अस्थिरताले छोडेको छैन । फलतः विकास, समृद्धि र परिवर्तनको दिशामा मुलुक अगाडि बढ्नसकेको छैन ।
सरकारको गैरजिम्मेवार काम कारबाही र अव्यवस्थाप्रति नागरिक असन्तुष्टिले राजनीतिक अस्थिरताको बाटो खनिरहेको छ । राजनैतिक अस्थिरताका कारणहरु के हुन् त ? सरकारले जन अपेक्षा सम्बोधन र अधिकारको संरक्षण गर्न नसक्नु, गरिबी र बेरोजगारी बढ्नु, प्रतिस्पर्धी राजनीतिक दलहरुबीच द्वन्द्वात्मक अवस्था बन्दै जानु, अप्रत्यासित परिवर्तन हुँदा त्यसलाई सहज रुपमा लिने माहोल नहुनु मतदाताको अनादर तथा करदाताको योगदानको अवमूल्यन गर्नु, राष्ट्र प्रमुख र सरकार प्रमुख संविधान मिच्न र अधिकारको दुरुपयोगमा अभ्यस्त हुनु, सरकारले नै संविधान विपरीत काम गर्नु, संवैधानिक द्वन्द्वको अवस्थाका कारण लोकतान्त्रिक मूल्य, मान्यतामा ह्रास आउँदै जानु, अत्यधिक सत्ता लिप्सा र सार्वजनिक जिम्मेवारीमा रहेकाहरु गलत आचरणमा अभ्यस्त हुनु राजनीतिक अस्थिरताका कारण मानिन्छ ।
सत्तामा टिक्ने अस्त्रका रुपमा संसद् निमोठेर अध्यादेशबाट शासन चलाइएको छ । संसद् खेलेको अवस्थामा सरकारले कुनै विजनेस दिन सकेन वा चाहिन । देशमा भ्रष्टाचार व्याप्त छ । भ्रष्टाचारीको अनुहार हेर्दिनँ भन्ने प्रधानमन्त्री नै भ्रष्टाचरी र बिचौलियाको रक्षात्मक पंक्तिमा तत्काल खडा हुन पुग्छन् । बहुमत प्राप्त दलको सरकार प्रमुख हुँदा पनि भ्रष्टाचार निर्मुल हुनुको साटो अस्थिरताले दाब्यो । देशका जल्दाबल्दा समस्या राजनीतिक अस्थिरताकै कारण छायाँमा परिरहेका छन् । नेपालको राजनीतिक तहबाट हुने भ्रष्टाचारमा डुबेको छ । नीतिगत भ्रष्टाचार र राजनीतिक तहबाट हुने भ्रष्टाचार व्याप्त छ ।
यसैका कारण सर्वसाधारण नेपालीका नजरमा रानीति गर्नेहरु स्वीकार्य बन्नसकेका छैनन् । मतदाता पनि विश्वास गर्नलायक वैकल्पिक राजनीतिक शक्तिको खोजीका लागि मत परिवर्तन गर्न बाध्य भएका हुन् । प्रधानमन्त्री संसद्बाट निर्वाचित हुने व्यवस्था छ । संसद् अत्यत्त कमजोर हुनुका कारण कुनै पनि प्रधानमन्त्री पाँच वर्ष टिक्नसकेका छैनन् । रानीतिक दल नेतृत्व तहमा रहनेबीच राष्ट्रिय स्वार्थका विषयमा कहिल्यै पनि एकता र मतैक्यता देख्न सकिएन ।
सत्तामा रहँदा असन्तुष्ट बनेकाहरु पनि अल्प अवधिमै सरकार गिराउने खेलमा लागि नयाँ तल्लीन छन् । सरकारको प्रतीक्षामा रहेको प्रमुख प्रतिपक्ष सरकार गिराउन प्राथमिकतामा राखेर कार्य गरिराख्दछ । कुनै पनि सरकारले स्थिर मानसिकतामा कार्य गर्न पाउने अवस्था छैन । राजनीतिक अस्थिरबाट देशको हरक्षेत्र नकारात्मक रुपमा प्रभावित बन्दछ । आर्थिक विकास र राजनीतिक स्थिरता एकआपसमा घनिष्ठ रुपमा सम्बन्धित छन् ।
यतिखेर राजनीतिक दलहरु टिक्ने र फुट्ने दिशातर्फ अग्रसर देखिन्छन् । यसले मुलुकमा पुनः द्वन्द्व र अशान्तिको अवस्था सिर्जना हुनसक्छ । फलतः सरकार ढल्ने र बन्ने अभ्यासले मुलुकमा चौतर्फी असर पर्न जान्छ । राजनीतिक अस्थिरता हुनु भनेको मुलुकमा नीतिगत अस्थिरताले कर्मचारीतन्त्रमा समेत किमकर्तव्यविमूढता र अनुचित कार्यशैलीको विकास हुन्छ । जसले मुलुकको विकास र समृद्धिमा प्रत्यक्ष असर पु¥याउँछ ।
राजनीतिक अस्थिरताको सिर्जित बन्द, हडताल र द्वन्द्वले पर्यटनको रोजगारी र विदेशी मुद्राको सञ्चितीमा नकारात्मक असर पर्छ । आम जनताको विश्वास सरकारप्रति घट्दो छ । सुशासनको भाषण गरेर नथाक्नेहरुको सुन्नुहोस अझै सरकारले स्थायित्व प्रदान गर्न सफल भएको छैन । देशको राजनैतिक, आर्थिक, सामाजिक स्थिति यति बिग्ररिएको छ कि आम जनाताको सरकारको विश्वास गुमेको छ । राजनीति कसैको अधिष्ट पूरा गर्ने साधन बन्ने होइन देश र जनताको सेवा गर्ने साधन बन्नुपर्छ ।
बहुसंख्यक नेपालीले अँगालेको पेसा कृषि हो । राजनीतिक अस्थिरताको फाइदा उठाउँदै बिचौलियाको बिगबिगी हुन्छ । फलतः किसानले आफ्नो उत्पादनको मूल्य पाउँदैनन् भने उपभोक्ता खाद्यान्नलाई महँगो मूल्य तिर्न बाध्य हुन्छन् । यसले कृषकलाई आफ्नो पेसा छोड्न बाध्य बनाउँछ । खेतबारीहरु बाझँै रहन्छन् । यसबाट खाद्यान्न तथा तरकारीमा विदेशी निर्भरता बढ्छ । नेपालको ठूलो जनसंख्या बेरोजगार बन्न पुग्छ । राजनीतिक अस्थिरताले मुलुकमा भएका साना, ठूला र घरेलु उद्योगमा समेत प्रत्यक्ष खसर पुग्छ । त्यस्ता कतिपय उद्योग राजनीतिक अस्थिरताको शिकार भइ बन्द हुन जान्छन् ।
जसले विदेशी सामानको आयातमा वृद्धि भइ निर्यातमा संकुचन पैदा हुन्छ । फलस्वरुप वैदेशिक व्यापारमा हुने घाटाको दायरा फराकिलो बन्छ । राजनीतिक अस्थिरताले कानुन कार्यान्वयनमा प्रत्यक्ष असर पु¥याउँछ । यसबाट अपराधीकरणको समस्या देखापर्छ । अस्थिरताको शिकार शिक्षा क्षेत्रमा समेत पर्छ । बन्द, हडतालले शिक्षण सिकाइलाई प्रत्यक्ष प्रभाव पार्छ । तोकिएको समयमा पठनपाठन गर्न नसकिने र समयमा परीक्षा सञ्चालन गर्न नसकिने र समेत बाधा पुग्ने समस्या यसबाट देखापर्छ । साथै मुलुकको यातायत सञ्चार, स्वास्थ्यलगायत पूर्वाधार निर्माण कार्यमा समेत राजनीतिक अस्थिरताले प्रत्यक्ष प्रभाव पार्छ । राजनीतिक अस्थिरताले मुलुकको सुशासन र पारदर्शीतामा प्रत्यक्ष असर पुग्छ ।
नेपाल धेरै लामो समयदेखि राजनीतिकलगायत सबै प्रकारका अस्थिरताबाट प्रभावित देश हो । विगतमा नेकपाको सरकारले दुईतिहाइ नजिकको बहुमत प्राप्त गरी बनाएको सरकारबाट राजनीतिक स्थिरता कायम भइ देश समृद्धिको दिशामा बढ्ने अपेक्षा नागरिकले गरेका थिए तर सत्तारुढ दलभित्रको द्वन्द्वका कारण देशमा धेरै लामो समयपश्चात् देखिएको बलियो सरकार कमजोर र प्रभाव साबित भयो ।
राजनीतिक अस्थिरलाई देखाएर कतै हामी हाम्रो जिम्मेवारीबाट च्यूत त हुँदै छैनौँ ? राजनीति अस्थिरताले सरकारबाट पाउनुपर्ने भुक्तानी समयमा पाउन नसकेकोले विकास निर्माणको काम अगाडि बढ्न नसक्नु ठूलो समस्या हो । नयाँ संविधान जारी भए पनि राजनैतिक अस्थिरताका कारण जनताको आशा र विश्वास गुम्दै गएको जनताले महसुस गरेका छन् । अहिले हाम्रो देशमा भइरहेको राजनैतिक गतिविधिहरुले सबैलाई निराश बनाएको छ ।
अब हाम्रो अगाडि धेरै प्रश्नहरु तेर्सिएका छन् । के अब नेपालमा विकासको सम्भावना छैन त ? के हाम्रो राजनेताहरु वास्तवमै असफल हुन् ? के आफ्नो विकास आफै गर्न सक्छौँ त ? हो पक्कै पनि नेपाल विकासको बृहत सम्भावना भएको देश हो । त्यसैले धेरै चिन्ताभन्दा पनि चिन्तन गर्नुपर्छ । राजनीतिक स्थिरताबाटै राष्ट्रको पहिचान बन्नुका साथै समाजको एकीकरण र राष्ट्रिय एकता सम्भव हुन्छ । यस्तो समाजले विकास र प्रशासकीय आधारशीला निर्माण गर्दै राज्यको समग्र विकास गर्छ ।
युवा संघ दाङको अधिवेशन