calander

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  

Goraksha

National Daily

फोहर व्यवस्थापन गरेर मासिक ४० हजार आम्दानी

दाङ,८ चैत । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले स्वास्थ्य जन्य फोहरमैला ब्यवस्थापन गरेर मासिक ४० हजार आम्दानी गरिरहेको छ । उचित ब्यवस्थापन हुन नसके मानव स्वास्थ्यमा गम्भिर असर पार्ने स्वास्थ्य जन्य फोहरमैला ब्यवस्थापन गरेर प्रतिष्ठानले मासिक ३५ देखि ४० हजार रुपैयासम्म आम्दानी गरिहेको प्रतिष्ठानका डेपुटी रजिष्ट्रार झन्कार लामिछानेले बताए । प्रतिष्ठानले सो वाट प्राप्त आम्दानीले फोहोरमैला व्यबस्थापनमा खर्च गर्ने गरेको छ ।

देशका धेरै स्वास्थ्य संस्थाले स्वास्थ्यजन्य फोहरमैला ब्यवस्थापनमा गम्भिर नभइरहेको अवस्थामा पछिल्लो डेढ बर्षदेखि प्रतिष्ठानले छुट्टै इकाई नै स्थापना गरी आत्याधुनिक प्रशोधन गर्ने उपकरण मार्फत फोहरलाई अलग अलग गरी निर्मलीकरण गर्ने काम गरिहेको र उक्त फोहरबाट आम्दानी समेत भइरहेको लामिछानेले बताए ।

स्वास्थ्यजन्य फोहर मैला ब्यवस्थापनमा भइरहेको प्रगतिबारे जानकारी दिन बुधवार प्रतिष्ठानमा आयोजित कार्यक्रममा विद्यमान स्वास्थ्य मापदण्डलाई पालना गरेर गुणस्तरिय सेवा दिइरहेको जानकारी गराइएको थियो । सेवा प्रवाहका क्रममा उत्पादन हुने फोहर संकलन गरी त्यसको उचित ब्यवस्थान गर्न प्रतिष्ठानले योजनावद्ध ढंगले काम गरिहेको कार्यक्रममा जानकारी गराइएको थियो ।

प्रतिष्ठानका निमित्त उपकुलपति एंव शिक्षाध्यक्ष डा. बसन्त लामिछानेको सभापतित्वमा भएको कार्यक्रममा स्वास्थ्यजन्य फोहर मैला ब्यवस्थापनमा भइरहेको कार्यबारे प्रतिष्ठानका डेपुटी रजिष्ट्रार झन्कार लामिछानेले प्रकाश पारेका थिए । स्वास्थ्य जन्य फोहर मैला ब्यवस्थापन कार्यक्रममा भइरहेको प्रगतिका बारेमा सन्तोष पौडेल ,दिपेन्द्र उप्रेति र केशव खड्काले कार्य प्रगती बारे प्रकाश पारेका थिए ।

कार्यक्रममा एकिकृत स्वास्थ्य फोहरमैला प्रवद्र्धनको अवस्था, नेपालमा फोहर ब्यवस्थापनका बिषयमा भइरहेका अभ्यास, स्वास्थ्य सेवा प्रदान गर्ने क्रममा निस्कने फोहर, त्यसको जोखिम र ब्यवस्थापनमा गर्नुपर्ने उपायक ाबिषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले श्रोतमै फोहर घटाउनु पर्ने, फोहर ब्यवस्थानका लागि स्थानीय सरकारले गर्नुपर्ने सहयोग र संस्थाहरुले पनि समन्वय गर्नुपर्ने, फोहर ब्यवस्थापनका लागि स्वास्थ्य संस्था स्वयंले गम्भिर ढंगले योजनाबनाई लाग्नुपर्ने, मानिसहरुको ब्यवहारमा सुधार ल्याउनुपर्ने लगायत कुरामा जोड दिएका थिए ।

कार्यक्रममा घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्ती, ठाकुर खनाल, सरसफाई शाखाका अरुण अधिकारी, बिपत ब्यवस्थापन शाखाका सुनिल शर्मा लगायतले अव घोराही उपमहानगरपालिकाले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले थालेको उहाहरणीय कार्यमा सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए ।