गाउँगाउँमा स्वास्थ्य सेवाका लागि महिला स्वास्थ्यस्वयसेविकाको महत्वपूर्ण भूमिका

दंगीशरण,३ चैत । दंगीशरण गाउँपालिका स्वास्थ्य शाखा हेकुलिको आयोजनामा सामुदायिक महिला स्वास्थ्य स्वयंसेवीकाको लागी २ दिने अर्धबार्षिक समिक्षा गोष्ठी स्वास्थ्य चौकी हेकुलीमा सम्पन्न भएको छ ।

दुई दिनसम्म चलेको समिक्षा गोष्ठीमा स्वयंसेवीकाहरुले आआफ्नो वडाको कार्य विवरण तथा आफनो वडाको स्वास्थ्य अबस्था प्रस्तुत गरेका थिए । समिक्षा गोष्ठीमा बोल्दै पालिका अध्यक्ष गिरीले वडाका नागरिकहरुलाई सहज रुपमा स्वास्थ्य सेवा दिनका लागि इमान्दारिताका साथ लाग्न आग्रह गरेका थिए । नागरिकलाई निशुल्क र भरपर्दाे स्वास्थ्य सेवा दिनका लागि स्वास्थ्यकर्मीहरुको महत्वपूर्ण हात हुने भएकाले जनतालाई सहज रुपमा सेवा पुर्याउन ध्यान दिन आग्रह गर्नुभएको थियो ।

स्वास्थ्यसेवाको जगको रुपमा स्वयंसेवीकाहरुको भूमिका सराहनीय रहेको उहाँको भनाई थियो । दगीशरण गाउँ पालिका स्वास्थ्य शाखा प्रमुख राजेन्द्र हमालले स्वास्थ्यको सुचक बढाउन अनवरत लागीरहनुभएका स्वयंसेवीकाहरुप्रती सम्मान व्यक्त गरेका थिए ।

स्वास्थ्य चौकी हेकुलीका प्रमुख प्रल्हाद चौधरीले दैनिक रुपमा आफुले गरेका कामको नियमित रेकर्ड राख्न सुझाब दिने गरेको बताए । समिक्षा गोष्ठी गाउँपालिका अध्यक्ष शम्भु गिरीको अध्यक्षमा भएको थियो । कार्यक्रमको सहजीकरण जनस्वास्थ्य निरीक्षक प्रदिप योगीले गरेका थिए ।