प्रमोद आचार्य
दंगीशरण,३ चैत । घरेलु तथा साना उद्योग कार्यालय दाङको आयोजना तथा दंगीशरण गाउँपालिकाको सहयोगमा ३० दिने कटाइ सिलाइ सम्बन्धि तालिम दंगीशरणमा सम्पन्न भएको छ ।
तालिम समापन कार्यक्रममा बोल्दै पालिका अध्यक्ष शम्भु गिरीले महिलाहरुलाई आधारभुत तालिम मात्र नभएर सबै चरणका तालिम दिएर एउटा कुशल उधमी बनाउने लक्ष्यका साथ गाउँपालिका लागेको बताए । महिलाहरुलाई आत्मनिर्मर बनाउनका लागि सिपको अत्यन्त आवश्यक रहेको भन्दै गाउँपालिका अध्यक्ष गिरीले सिलाईकटाई तालिमले उद्यमी बन्न सकयोग पुग्ने बताए ।
तालिमको मुख्य प्रशिक्षक बुधनी चौधरीले तालिम अबधिभर दिदिबहिनीहरु निकै उत्साह र उर्जाका साथ प्रस्तुत भएर सिप सिकेको भन्दै अव सिकेको सीपलाई व्यवहारमा उर्ताने समय आएको बताइन । ३० दिन चलेको तालिममा गाउँपालिकाका विभिन्न वडाका महिलाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम घरेलु तथा साना उद्योग कार्यालय दाङका अधिकृत मिननाथ पाण्डेको अध्यक्षतामा भएको थियो । गाउँपालिकाले विपन्न,दलित,जनजाति एवं सिमान्तकृत समुदायका महिलाहरुलाई तालिममा सहभागी गराएको थियो ।