गोरक्ष समाचारदाता
दाङ, २ चैत । त्रिसिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिले घोराही चौघेरा मठमा संचालित गोरखनाथ वैदिक गुरुकुललाई आथिर्गक सहयोग गरेको छ ।
प्रालिका संरक्षक भरनाथ योगीले आर्थिक सहयोग गरेका हुन । माघ २७ गते बिहान गोरखनाथ वैदिक गुरुकुल दाङमा आगलागीबाट धेरै वटुकहरूका पुस्तक लगायत लत्ता कपडा जलेर नष्ट भएपछि संरक्षक योगीले मठ तथा गुरुकुलमा भएको क्षतीमा थोरै भएपनि नगद सहयोग गरेर मल्हम लगाउँन पाउदा खुसी भएको बताए ।
सबै वटुक विद्यार्थीहरूका लागि आगलागिबाट क्षति भएको अबस्थामा उनले प्रालिकोतर्फबाट नगद १० हजार प्रदान गरेका हुन ।