Goraksha

National Daily

स्ववियु निर्वाचन : ‘प्रतिनिधि चुन्न’ उम्मेदवारी

दाङ, २८ फागुन । विद्यार्थीको साझा मञ्च स्ववियुमा आफ्नो प्रतिनिधि छान्न विद्यार्थी संघसंगठनले उम्मेदवारी दर्ता गरेका छन् । २०६५ सालदेखि यता हालसम्म थुप्रै विद्यार्थीले आफ्नो प्रतिनिधि छान्नबाट वञ्चित भएका थिए । शनिवार दाङका मुख्य क्यापससँगै देशभरका क्याम्पसहरूमा स्ववियु चुनावको लागि विद्यार्थी संघसंगठन तथा समूहहरूले उम्मेदवारी दर्ता गराएका हुन् ।

स्ववियुको चुनाव चैत ५ गते तय गरिएको छ । स्ववियु निर्वाचनका लागि जिल्लामा मुख्य महेन्द्र बहुमुखी क्याम्पस घोराही, राप्ती बहुमुखी क्याम्पस तुलसीपुर, देउखुरी बहुमुखीलगायतका क्याम्पसहरूमा विद्यार्थी संघ तथा संगठनहरूले उम्मेदवारी दर्ता गराएको विद्यार्थीहरूले जनाएका छन् । नेपाल विद्यार्थी संघ, अखिल संयुक्त, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन, स्वतन्त्र समूहलगायतले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएका छन् ।

स्ववियु निर्वाचनका लागि महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु सभापतिका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । नेपाल विद्यार्थी संघबाट मनोज डिसी, अनेरास्ववियु, अखिल क्रान्तिकारी र अखिल छैठौँका तर्फबाट हिमाल महरा, विप्लव निकट विद्यार्थी संगठनबाट खुमबहादुर केसी (खुमन), राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनबाट मुस्कान पोख्रेल, स्वतन्त्र विद्यार्थी समूहबाट अभिषेक विष्ट र अनेरास्ववियु छैठौँ (क्रान्तिकारी)बाट सेवक भट्टराईले उम्मेदवारी दर्ता गराएका छन् ।

नेविसंघको तर्फबाट सचिवमा बसन्तप्रसाद भण्डारी, कोषाध्यक्षमा ममता केसी, सदस्यमा विवेक खनाल, जीवन डिसी, बसन्त कँडेल, अनिषकुमार चौधरी, रमिला शर्मा, सुरेश पोख्रेल, सरिता नेपाली, पुष्पकमल डाँगी रहेका छन् ।

अखिल संयुक्तबाट सचिवमा रविभक्त केसी, कोषाध्यक्षमा सागर पण्डित, सदस्यहरूमा मञ्जु घर्ती क्षत्री, प्रकाश शाही, शारदा आचार्य, प्रशान्त पोख्रेल, मदनकृष्ण गौतम, मञ्जु देवकोटा, सविन पोख्रेल र शंकर घर्ती मगर, स्वतन्त्र विद्यार्थी समूहबाट सचिवमा समीक्षा शर्मा, कोषाध्यक्षमा पूर्णबहादुर मल्ल, सदस्यमा पुष्पा चौधरी, प्रकाश विक, लक्ष्मी चौधरी, नवीन घर्ती मगर, अस्मिता तिमिल्सेना, राधा रसाइली, लुमाकान्त डाँगी, शिवराजसिंह ठकुरी रहेका छन् ।

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनबाट सचिवमा विजय पोख्रेल, कोषाध्यक्षमा तपस्या रेग्मी, सदस्यमा बिपिन भुसाल र सन्जु यादव, अखिल (क्रान्तिकारी) संयुक्तबाट सचिवमा खुम रिजाल, कोषाध्यक्षमा विपना थापा क्षत्री, सदस्यमा भरत वली क्षत्री, दिनेश डाँगी, नवीन केसी र सशांक सुवेदी रहेको निर्वाचन समितिले जानकारी दिएको छ । अनेरास्ववियु (एस)बाट भरतजङ्ग रायमाझीले उम्मेदवारी दिएका छन् ।

यसैगरी विभिन्न विद्यार्थी संघससंगठनबाट समानुपातिकतर्फ ५१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । स्ववियु सभापतिमा राप्तीबबई क्याम्पसमा ७ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन अधिकृत टेकन कँडेलका अनुसार अखिलबाट प्रदिप बस्नेत, नेविसङ्घबाट प्रमोद भण्डारी, अखिल क्रान्तिकारी वैद्यबाट चन्द्रा बस्नेत, स्वतन्त्रबाट रेशमराज खराल, प्रभाष लामिछाने, भद्रबहादुर खत्री र अखिल समाजवादी बाट केशव पुनले उम्मेदवारी दिएका छन् ।

सचिवमा अखिलबाट सोनिया थापा, नेविसङ्घबाट अभिषेक कुसुन्डा, अखिल क्रान्तिकारी वैद्यबाट रेखा रानामगर, अखिल समाजवादीबाट कमल कँडेल, कोषाध्यक्षमा कोषाध्यक्षमा अखिल क्रान्तिकारी विप्लवबाट हेमन्तप्रकाश वली, अखिल क्रान्तिकारीबाट जेनी ढकाल, अखिल समाजवादीबाट लक्ष्मी चन्द, स्वतन्त्रबाट लेखमणी खत्री, अखिल क्रान्तिकारी वैद्यबाट रविना खड्काले उम्मेदवारी दिएका छन् ।

स्ववियु निर्वाचनका लागि विद्यार्थी संगसंगठनहरूलाई उम्मेदवारी दर्ताका लागि शनिवार बिहान ११ देखि दिउँसो २ बजेसम्म समय निर्धारण गरिएको थियो । लमही स्थित देउखुरी बहुमुखी क्याम्पसको स्ववियु सभापतिका लागि नेविसंघबाट शिशिर वली र अखिल संयुक्तबाट भरत भुसालले सभापतिका लागि उम्मेदवारी दिएका छन् ।

देउखुरी बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ, स्वतन्त्र समूह, राष्ट्रिय प्रजातन्त्र पार्टी र एकीकृत समाजवादी निकट विद्यार्थी समूहको एक भएका छन् भने अर्काेतिर अनेरास्ववियु, अखिल क्रान्तिकारी र अनेरास्ववियु छैठौँ रहेका छन् । राप्ती गाउँपालिकाको ऐरावती आदर्श बहुमुखी क्याम्पसमा सभापतिका लागि चारजनाले उम्मेदवारी दर्ता गरेका छन् । नेविसंघबाट स्ववियु सभापतिमा भुवन भट्टराई, अखिल संयुक्त प्यानलबाट विष्णा भण्डारी, अखिल (क्रान्तिकारी) वैद्यबाट मनोज थापा र स्वतन्त्रबाट विनोदकुमार सोनीले उम्मेदवारी दर्ता गरेका छन् ।

यसैगरेर नेविसंघबाट सचिवमा अरुण पौडेल, कोषाध्यक्षमा रेजिना कुमाल, अखिल संयुक्तबाट सचिवमा अशोक खनाल, कोषाध्यक्षमा टीकाराम राउत, अखिल (क्रान्तिकारी) वैद्यबाट सचिवमा केशवराज खनाल, कोषाध्यक्ष सिमरन पोख्रेल र स्वतन्त्रबाट सचिवमा आकाश केसी र कोषाध्यक्षमा नविता पोख्रेलले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत आनन्दकुमार लामिछानेले जनाएका छन् ।

स्ववियुलाई राजनीतिक लाभको भन्दा पनि शैक्षिक विकासको लागि विमर्श, योजना निर्माण गर्ने योजना आयोगको रूपमा लिने गरिन्छ । क्याम्पसमा हुने गरेका थुप्रै बेथितिको समाधान गर्न स्ववियुले महत्वपूर्ण भूमिका खेल्ने भएकाले सबै विद्यार्थीको साझा थलोका रूपमा स्ववियु छ । स्ववियु निर्वाचन नेतृत्व निर्माण गर्ने थलो समेत हो । त्यो कारण नेतृत्वमा धेरै विद्यार्थीको नजर पर्ने गरेको छ । दलीयकरण हुँदा स्ववियु निर्वाचनलाई राजनीतिक पार्टीको इज्जतसँग जोडेर हेर्ने प्रचलन समेत त्यत्तिकै छ ।

राजनीतिक दलहरूले स्ववियु निर्वाचनलाई मिनी संसदीय निर्वाचनमा लिने समेत गरेका छन् । त्यो कारण पनि स्ववियु चुनावमा दलहरू प्रत्यक्ष जोडिने गरेका छन् । जिल्लाको त्रिभुवन विश्वविद्यालयको आंगीक महेन्द्र बहुमुखी क्याम्पस, सम्बन्धन प्राप्त राप्ती बबई बहुमुखी क्याम्पस तुलसीपुर, देउखुरी बहुमुखी क्याम्पस लमही र ऐरावती आदर्श बहुमुखी क्याम्पस भालुवाङलगायतका अन्य क्याम्पससँगै नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय विद्यापीठ बिजौरी, जनता विद्यापीठ क्याम्पस बिजौरी र केन्द्रीय आयुर्वेद क्याम्पस बेलझुण्डीलगायतका क्यापसहरूमा स्ववियु निर्वाचन तय भएको छ ।