calander

February 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728  

Goraksha

National Daily

पपुवा न्यूगिनीविरुद्ध आसिफ शेखको शतक

काठमाडौं,२५ फागुन । नेपालका ओपनर आसिफ शेखले पपुवा न्यूनिनीविरुद्ध शतक पुरा गरेका छन् । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका लागि शेख र कुशल भुर्तेलले ओपनिङ गरेका थिए ।

पहिलो विकेटका लागि ११० रनको साझदोरी गरेका कुशल भुर्तेल व्यक्तिगत ४५ रनमा आउट भए । क्रिजमा टिकिरहेका आसिफले भने शतक पुर गरेका छन् । उनले १०१ बलमा १० चौका र ६ छक्काको मदतमा १०० रन पुरा गरेका हुन् ।