अधिकारका लागि महिला जागरुक हुन आबश्यक : नगर प्रमुख चौधरी

शिवराज खनाल
लमही २४ , फागुन । लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले अधिकार उपभोगका लागि महिलाहरु स्वयम जागरुक हुनुपर्ने बताएका छन् । लैङगिक समानताको बलियो आधार श्रृजनात्मक प्रबिधीमा महीला पहुचको बिस्तार भन्ने नारासहित ११३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा लमहीमा भएको कार्यक्रमलाई सम्वोधन गर्दै नगर प्रमुख चौधरीले अधिकारका लागि महिलालाहरुलाई जागरुक बन्न आग्रह गरेका हुन ।

लमही नगर उपप्रमुख लक्ष्मी योगीको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख चौधरीले महिलाहरु अहिले अधिकार सम्पन्न भएपनी त्यसलाई कायान्वयन गर्ने हिसाबमा अझै पछाडी रहेको बताएका हुन । लमही नगरपालिकाका निर्बतमान नगर उपप्रमुख देबका बेलबासेले महिला अधिकार स्थापितसँगै कार्यान्वयनका लागि स्वयम महिलाहरु लाग्नुपर्ने बताइन । महिलाहरु अघि नबढे प्राप्त अधिकारपनि गुम्ने खतरा रहने भएकाले उपलव्धीको रक्षाका लागि पनि महिलाहरु अघि बढ्नुपर्ने बताइन ।

कार्यक्रममा सफल उद्यमी देबीमाया थापाले अहिले पनि गाउँघरमा महिलाहरुलाई चेतनाको आवश्यकता रहेको बताइन । सहरमा नारी दिवस भव्य रुपमा मनाएपनि ग्रामीण क्षेत्रका महिलाहरुलाई नारी दिवसको महत्व र औचित्य थाहा नभएको भन्दै उनले महिलालाई चेतना आवश्यक रहेको बताएकी हुन ।

कार्यक्रममा लमही नगरपालिकाका प्रशासन योजना शाखा अधिकृत महेश ठेडी, अखिल नेपाल महिला सघ क्रान्तिकारी लमही नगरकमिटी अध्यक्ष जया रावल, सामुदायिक रेडियो प्रसारक संघका निर्बतमान अध्यक्ष तथा रेडियो हाईवेका प्रबनध निर्देशक केपी घिमिरे,नेपाल पत्रकार महासघ दाङका सहसचिब दशरथ घिमिरे, मनकामना महिला बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष बसन्ता खनाललगायतले महिलाहरुलाई बिहे दर्ता, नागरिकता, शिक्षा, रोजगारी जस्ता अबसरहरुबाट पछाडी पारिएको भन्दै समान अधिकारका लागि पुरुषहरुले नै अवसर दिनुपर्ने बताएका थिए ।

लमही नगरपालिका महिला बालबालिका शाखा प्रमुख मेनुका खड्काको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा लमही नगरपालिका कार्यपालिका सदस्य देबा नेपाली, लमही नगरपालिका–५ वडा संजालका उपाध्यक्ष माया घमाल, सदस्य रमा थापालगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सचालन पत्रकार लिला शाहले गरेकी थिइन ।