दाङ, २४ फागुन । ११३ औं नारी दिवसको उपलक्ष्यमा अम्बिकेश्वरी क्याम्पसले एक कार्यक्रमको आयोजना गरि मनाएको छ ।
कार्यक्रम बोमकला बोमपाल मगरको अध्यक्षता तथा क्याम्पस प्रमुख चन्द्रप्रकाश खनालको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा क्याम्पसका अध्यक्ष द्रोण खड्का क्याम्पस सहायक प्रमुख राजसिह जोरा र अम्बिकेश्वरी इटि क्लबका अध्यक्ष संगम शर्मा लगाएतकाले भनाइ राखेका थिए ।
कार्यक्रममा बोल्ने वक्ताहरुले दिवसलाइ औपचारीकता मात्र नभइ व्यवहारीक रुपमा कार्यान्वयन हुनु पर्ने बताएका थिए । उक्त कार्यक्रममा क्याम्पसमा कर्मचारी रहेका महिलाहरुलाई सम्मान गरिएको थियो साथै सबै छात्राहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन रणबहादुर खड्काले गरेका थिए ।