घोराही,१९ फागुन । नेपाल निर्माण व्यवसायी महासंघ लुम्विनी प्रदेशको अध्यक्षमा बलिभद्र राना सर्वसम्मत निर्वाचित भएका छन् । राना लुम्विनी प्रदेश निर्माण ब्यवसायी महासंघको अध्यक्षमा लगातार दोश्रो कार्यकालका लागि सर्वसहमत रुपमा चयन भएका हुन ।
बुधवारदेखि घोराहीमा सुरु भएको तेश्रो साधारणसभा तथा दोश्रो अधिवेशनले राणाको अध्यक्षतामा ३३ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । जसको बरिष्ठ उपाध्यक्षमा देवीलाल न्यौपाने, उपाध्यक्षमा नारायणप्रसाद भुसाल, सहदेव खड्का,दिनेश हमाल, पवनकुमार कुँवर, नारायण पोख्रेल, नवीनप्रसाद ज्ञवाली,रविन्द्र लम्साल, प्रकाश शाह र नवराज श्रेष्ठ रहेका छन् । दश जना उपाध्यक्ष मध्य एक जना महिला उपाध्यक्ष खाली रहेको छ ।
महासंघको महासचिवमा भेषराज पौडेल, उपमहासचिव (नितीगत)मा बिनय ज्ञवाली र हरिकुमार श्रेष्ठ, उपमहासचिव (व्यवस्थापकिय) भागवत गिरी, कोषाध्यक्ष त्रिभुवनदत्त मित्र रहेका छन् ।
सदस्यमा सुनिल शाही,कृष्ण सापकोटा, बिनायक थापा, शिशिर थापा, विजय शाह,गोविन्दप्रसाद उपाध्यक्ष,मुकुन्दजंग शाह, माधवप्रसाद बस्याल,कृष्ण गोदार, खिमानसिंह बस्नेत,राकेशकुमार पाण्डेय,बिमलमान श्रेष्ठ,काशीराम बस्याल,बामदेव रेग्मी,महिला सदस्इ श्रीकुमारी घर्ती, बस्तुगत सदस्य इन्द्रसेन थापा, मधेशी,मुस्लिम पिछडा सदस्य आबुशामा मुसलमान, जनजाति सदस्य खेमप्रसाद बुढामगर रहेको मुख्य निर्वाचत अधिकृत कृष्णबहादुर पोखरेलले जानकारी दिएका छन् ।