तुलसीपुर, १७ फागुन। नेपाली कांग्रेस दाङ क्षेत्र नं. ३ (क) को प्रथम सम्मेलन बुधवार तुलसीपुरमा सम्पन्न भएको छ ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेस लुम्विनी प्रदेशका सभापति अमरसिंह पुनले निविनतमका,एकता बध काँग्रे अनुशासित नेता कार्यकर्ता अब आवश्यक भएको बताएका छन ।
प्रमुख अतिथि पुनले अव काँग्रेसले विगतका कमिकमजोरीहरु सच्याउदै पार्टीलाई केन्द्रसम्म बलियो बनाउनको लागि पहिले वडास्तर बलियो बनाउनु पर्ने बताउनु भयो ।
‘जग बलियो हुन्छ नेपाली काँग्रेस जस्तो पार्टी कहिले कसको आडामा कहिले आडमा लागेर चुनावमा जाने परिस्थीती बन्द गर्नुपर्ने बताउनु भयो । गठबन्धन भन्ने अनि आफ्नैले आफनैलाई हराउने अवस्था हालचालै हामीले भोगको उनले बताउनु भयो ।
उनले लामोसमय सम्म संघर्ष गरेको भन्ने पाटी गाउँटोलमा के छ भन्ने थाहै नभएको बताउनु भयो ।
उनले जिल्ला केन्द्रमा नेता बन्नेर कार्यकर्तामाझ कहिल नआउने र आफु केन्द्रीत हुने परिपाटीले गर्दा समस्या भएको बताउनु भयो । “अव हामी वडा तहबाटै सचिन्न आवश्यक छ,उनले भने,”यहाँ हामी नसच्चिए माथीका नेताहरु कुनै हालतमा सच्चिदैन्न ।”
उनले जुन पाटीमा लगानि हुदैन त्यसमा माया नहुने भन्दै पाटीमा लगानि गर्नुपर्ने बताए । पुनले क्रियासील भएकाले काम नगर्ने र काम गर्नेले क्रियासील नपाउने बताउनु भयो । कार्यक्रमममा नेपाली काँग्रेसका जिल्ला सभापति शंकरप्रसाद डाँगीज्युले देशभरका जिल्ला मध्ये दाङ काँग्रेसले पहिलो पटक सम्मेलनको सुरुवात गरेको भन्दै संगठनको बिद्यानमा भएको आधारलाई सुरु गरेको यसबाट सफलता मिलेको बताउनु भएको थियो ।
उँहाले क्रियासील सदस्य सवै भन्दा ठुलो शक्ती भएको भन्दै संगठन निर्माणमा सवै लाग्नु पर्ने बताउनु भयो । ‘ सबैले काँग्रेस बिग्रेको कुरा गर्नु भन्दा कहाँ नेर बिग्र्यो भनेर कमजोरीलाई औल्याउँदै जानू पर्छ भन्नु भयो ।’
नेपाली काग्रेस क्षेत्र न ३ क) का सभापति देबेन्द्र रिजालको अध्यक्षतामा भएको कार्यक्रममा संविधान सभा सदस्य बुद्धिराम भण्डारीले विभिन्न बादले गर्दा नेपालको राजनितिमा समस्या आएको भन्दै गुटउपगुट त्याग्दै नाति संग चुनावी प्रतिस्पर्धाको अत्य हुनुपर्ने बताए ।
कार्यक्रममा काँग्रेस नेता शंकर गिरी, काँग्रेस नेता महादेव शाह,नेता केशबराज आचार्यलेले पनि बहानामा संगठन कमजोर बनाउन नहुने बताए ।संगठन बलियो बनाउन सवैको भुमिका त्यतिकै हुने बताए । कार्यक्रममा नेपाली काम्ग्रेस दाङका सचिबद्वय बालिका लम्साल,अर्जुन योगीले भने,“पार्टीप्रती दायित्व सबैको भएको भन्दै यी सम्मेलनले उर्जा थप्ने काम गरेको र अब पार्टी भातृ शुभेच्छुक सघ संगठनलाई सङसङै अगाडि बढाउदै लैजान आबश्यक छ ।
त्यस्तै नेपाली काँग्रेस दाङका कोषाध्यक्ष प्रकाश सुबेदि,सहसचिब सुबोध डाँगी,नेपाली काँग्रेस दाङ क्षेत्र न ३ का सभापति जगत बहादुर खडका,महाधिवेशन प्रतिनिधिहरु कृष्णकुमार गिरी, सुष्मा गिरी,दलित संघ लुम्बिनी प्रदेश अध्यक्ष जोगेन्द्र बिश्वकर्मा,महाधिवेशन प्रतिनिधि टोप बहादुर केसी, देबिका नेपाली,देबा डाँगी पार्टीलाई आर्थिक रुपले अगाडि बढाउन र चलायमान बनाउन क्षेत्र न ३ ले सुरु गरेको लेबि उठाउने अभियानलाई वडा समितीपनि सुरु गर्नु पर्ने बताए । उनीहरुले भने ,“ नेपाली काग्रेस भएर काग्रेसकै विरुद्धमा नेतृत्व गर्ने प्रवृत्तिको अन्त्य हुन जरुरी छ ।
त्यस्तै महाधिवेशन प्रतिनिधि चित्रा गिरी ,घनस्याम ढकाल,सुशिला सुवेदीले नेपाली काग्रेसलाई उर्जाशिल बनाउन प्रजातन्त्रका नर्सरीहरुलाई बलियो बनाउदै लैजानुपर्ने बताए ।
त्यस्तै नेपाली काम्ग्रेस क्षेत्र न ३ ९ख०का सभापति खिम बहादुर वली नेपाली काँग्रेस दाङका पुर्ब सचिब टेकबहादुर वलीले काग्रेसको संगठनलाई मजबुत बनाउन,कार्यकर्तामा आएका तिक्त्तालाई
मेट्न अन्त्य गर्नका लागि यस्ता सम्मेलनले महत्त्वपूर्ण भुमिका खेल्ने तर्क गरे । कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सदस्य पदमा चौधरी,तुलसीपुर नगर सभापति सुरेश हमाल,शान्तिनगर गाउपालिका सभापति झलक केसी,पुर्ब महाधिवेशन प्रतिनिधि चेत बहादुर सेर्पाइली,प्रदेश प्रतिनिधि मुक्ती प्रसाद न्यौपाने दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरी, शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेत, वडा न १३ इकाई सभापति चेतकान्त योगि,नेता एकराज आचार्यले पार्टी एकताका लागि काँग्रेसकै नेताहरु एकजुट हुन जरुरी रहेको बताए ।
कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र न ३ ९क० का कोषाध्यक्ष यमुना कंडेलले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए भने सचिब तेज बहादुर डाँगीले प्रगती प्रतिबेदन प्रस्तुत गरे । नेपाली काँग्रेस क्षेत्र न ३ ९क० का उपसभापति पुष्प गिरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिब किरण केसीले गरेका थिए ।
यसैबिच नेपाली कांग्रेस क्षेत्र नं ३ क को प्रदेश सम्मेलनमा नेपाली कांग्रेसका युवा नेता ललितजंग शाहले स्वर्गीय आमा जनकदेवी शाहको सम्झनामा २५ हजार ५ सय रुपैयाको अक्ष्यकोष स्थापना गरेका छन ।