प्रधानमन्त्रीको कार्यालयलाई ‘गंभिरताका साथ सतर्कता अपनाउन’ प्रेस काउन्सिलको आग्रह
दाङ चैत २९ । प्रेस काउन्सिल नेपालले सरकारी सूचना पोष्ट गर्दै, ताजा विवरण थप्दै र अन्तमा लेखिएका सबै डिलिट गर्ने कार्यप्रती ध्यानाकर्षण भएको जनाएको छ । शुक्रबार र शनिबार काठमाडौं बाहिर जान चाहनेका लागि यातायात सञ्चालन गर्ने भन्ने निर्णय सार्वजनिक गर्ने क्रममा भएको यो प्रक्रिया प्रती प्राप्त गुनासोका सम्बन्धमा काउन्सिलले ध्यानकर्षण भएको जनाएको हो ।
काउन्सिलले ‘अगामी दिनहरुमा गंभिरताका साथ सतर्कता अपनाउनु हुन प्रधानमन्त्री कार्यालयका जिम्मेवार अधिकारीहरुलाई आग्रह गर्दछ’ भन्दै बक्तव्य सार्वजनिक गरेको हो । कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले जारी गरेको बिज्ञप्तीमा काउन्सिलले एक पटक पोष्ट भैसकेको सूचना डिलिट गर्नु पत्रकार आचारसंहिता विपरित हुने पनि सरकारलाई स्मरण गराएको छ । काउन्सिलले जारी गरेको बिज्ञप्तीमा गण्डकी प्रदेश सरकारको वेवसाइटमा पनि संक्रमीको संख्याका सन्दर्भमा यसरी नै सच्याइएको सन्दर्भ उठाउँदै भनिएको छ, ‘यसरी सूचनाको मूल स्रोतमै पटकप पटक छेडखानी हुँदा पत्रकारिताको बिश्वसनीयता गुम्न जाने हुन्छ ।’
काउन्सिलले यो बेलामा मिडिया अनुगमनलाई निरन्तरता दिदै आएको भन्दै सकारात्मक र सिघ्र पहलवाट जस्तोसुकै परिस्थितिलाई पनि मिलिजुली पार लगाउन सकिने उल्लेख छ ।
