दाङ,१३ फागुन । पद्माेदय क्याम्पस शिक्षक-विद्यार्थी समन्वय समितिको आयोजनामा प्रथम बर्षका बिद्यार्थीलाई स्वगत तथा चौथाे बर्षका बिद्यार्थीलाई बिदाई कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
शिक्षक विद्यार्थी समन्वय समितिका अध्यक्ष विष्णु गोराथोकीको अध्यक्षता तथा घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसीको प्रमुख आतिथ्यता तथा वडा १७ का वडा अध्यक्ष रामलौटन चौघरी र १४ का वडा अध्यक्ष भानसिंह बुढाको विशिष्ठ आतिथ्यतामा बिएससी र बिबिएस पहिलो वर्षका नयाँ आगन्तुकलाई स्वागत तथा चौथो वर्ष अध्ययन पुरा गरेका विद्यार्थिहरुलाई विदाई गरिएको हो ।
कार्यक्रममा क्याम्पसमा अध्यायन गरि बिशिष्ट श्रेणीमा ल्याएका बिद्यार्थी गौरव खड्कालाई कदर पत्रसहित सम्मान गरिएको थियाे । यसैबीच तेस्रो बर्षमा अध्यायनरत बिद्यार्थीहरुले मार्केटिङ गरेबापत उनीहरुलाई क्याम्पसले प्रमाणपत्रसहित सम्पन्न गरेको थियोे । कार्यक्रममा १७ जना शिक्षकसहित दुई सय बढि बिद्यार्थीहरुकाे सहभागीता रहेकाे थियाे ।
शिक्षक विद्यार्थी समन्वय समितिका उपाध्यक्ष लक्षमण भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव नारायण न्यौपानेले गरेका थिए। कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुतीहरु समेत प्रस्तुत गरेका थिए ।