कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठोर दाङ आउने

दाङ,१३ फागुन । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठोर दाङ आउने भएका छन् ।

नेपाल विद्यार्थी संघ स्ववियू निर्वाचन–२०७९ केन्द्रीय प्रशिक्षण समितिको आयोजनामा दाङको घोराहीमा हुन थालेको लुम्विनी प्रदेशस्तरीय स्ववियू प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्नका लागि सहमहामन्त्री किशोरसिंह राठोर आज दाङको घोराही आउन थालेका हुन ।

आउँदै गरेको स्ववियू निर्वाचनलाई लक्षित गरेर नेपाल विद्यार्थी संघ केन्द्रीय प्रशिक्षण समितिको आयोजना तथा नेपाल विद्यार्थी संघ दाङको व्यवस्थापनमा हुन थालेको लुम्विनी प्रदेशस्तरीय स्ववियू प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्नका लागि राठोरसँगै नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पालगायतका नेताहरु दाङ आउन थालेको नेपाल विद्यार्थी संघ दाङका अध्यक्ष कुलराज पोख्रेलले जानकारी दिएका छन् ।

फागुनको १४ र १५ गते दुई दिन घोराही उपमहानगरपालिका–१० स्थीत फनपार्कमा हुने प्रशिक्षण कार्यक्रममा स्ववियू निर्वाचन हुने लुम्विनी प्रदेशका विभिन्न क्याम्पसबाट तीन सय विद्यार्थी नेताहरुको सहभागीता रहने भएको छ । कार्यक्रम विहान ११ बजेदेखि सुरु हुने भएको छ ।