सुबिन राज सेर्पाली
घोराही,१३ फागुन । दाङ घोराही १६ भवानपुरमा संञ्चालित समृद्धि खवर अनलाइनको प्रथम बार्षिक उत्सवका अवसरमा बोल्ने बक्ताहरुले संचार क्षेत्रले जनताका समस्याहरुलाई प्राथमिकताक साथ उठाउनुपर्ने बताएका छन् ।
एक वर्षदेखि सन्चानलमा आएको अनलाइन पत्रिकाले शुक्रबार एक कार्यक्रमको आयोजना गरेर प्रथम बार्षिकोत्सव मनाएको हो । उक्त कार्यक्रममा बोल्ने बक्ताहरुले जनताको समस्याहरु उठानसँगै सही सूचना दिनका लागि प्रभावकारी ढंगले लाग्नुपर्ने बताएका हुन ।
कार्यक्रमका प्रमुख अथिति प्रमुख जिल्ला अधिकारी सुशील बैद्यले आम सन्चार क्षेत्रहरुले मर्यादित ढंगले सूचना सम्प्रेषण तथा जनताका समस्याहरुलाई उजागर गर्नुपर्ने बताएका थिए । त्यसका लागि सन्चार क्षेत्र स्वतन्त्र हुनुपर्ने बताए । कार्यक्रममा जिल्ला प्रहरी कार्यलय दाङका प्रमुख वीरबहादुर वलीले नेपाल प्रहरीले निस्पक्ष ,स्वतन्त्ररुपले जनताको सेवा गर्ने कार्यमा लागिरहेको बताएका थिए ।
सधैव जनताका समस्याहरुमा हातेमालो गर्दै आम नागरिकको मुद्दामा सधै समर्पित भएर लाग्ने अनलाईनका संचालक सुबिनराज सेर्पालीले बताएका थिए । ।
कार्यक्रममा राष्ट्रिय अनुसन्धान बिभाग दाङका प्रमुख केशव न्यौपाने ,घोराही १६ का वडा अध्यक्ष ताराबहादुर डाँगी ,नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य लिला बिक,नेकपा एमालेका जिल्ला कमिटी सदस्य जगतबहादुर श्रेष्ठ ,नेपाल कम्युनिस्ट पार्टीका जिल्ला कमिटी सदस्य दिनेश नेपाली ,नेकपा माओवादी केन्द्र दाङ घोराही १६ का ईन्चार्ज सुरेशप्रताप केसी, सहईन्चार्ज लक्ष्मी घमाल,नेपाली कांग्रेस घोराही १६ का इकाइ सचिव प्रेम डाँगीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
प्रथम बार्षिकोत्सवका अवसरमा म्याग्जिनको बिमोचन गरिएको थियो । अनलाइनका सम्पादक नवीन पाण्डेर्को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण अनलाइनका राकेश कुमाकीले गरेका थिए ।