लमहीमा अण्डा उत्पादक संघको प्रदेशस्तरीय भेला

शिव राज खनाल
देउखुरी, ११ फागुन । देउखुरीको लमहीमा अण्डा उत्पादक संघको प्रदेशस्तरीय  भेला सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा बोल्ने बक्ताहरुले देश भरका अण्डा उत्पादन गर्ने किसान मारमा परेको बताए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल अण्डा उत्पादक संघका केन्द्रिय अध्यक्ष शिवराम केसीले किसान र उपभोक्ताकाबीच बिचौलियाहरूको धेरै तह भएका कारण राम्रो मूल्य पाउन नसकेको बताए । ‘सरकार नेपाल कृषि प्रदान देश भन्छ तर किसान अझै सरकारले दिने सेवा सुबिधाबाट उपक्षित भएका छन’,उनले भने,‘ सरकारले अण्डा उत्पादक किसानलाई पक्षित गर्दै आएमा सम्पूर्ण किसान रोडमा निस्केर आन्दोलन गर्ने अवस्था आउने छ ।’

सुरुमा किसानले सप्लायर्सलाई बेच्ने गर्दछन । सप्लायर्सले होलसेल बिक्रेतालाई दिन्छन् । होलसेलले खुद्रा र खुद्रा बिक्रेताले साइकल वा भ्यानलाई बेच्छन् । त्यहाँबाट किराना पसलमा पुगेपछि मात्रै उपभोक्ताको हातमा पर्छ । अण्डा बजारको यो जालोमा किसान र उपभोक्ता जेलिएका छन् ।

कार्यक्रमका बिशिस्ट अतिथी किरण भुषण वलीले अण्डाको मुल्यमा एक रुपताका लागि साना तथा ठुला किसान एक जुट हुन आबस्यक रहेको बताए ।  ‘हामीले उत्पादन गरेको अण्डा उपभोक्तासम्म पुग्दा महँगो हुने तर हामी उत्पादकको अवस्था दहिनिय अबस्थामा पुग्दै आएको छ’, वलीले भने । प्रदेश सचिव छबिलाला खरेलले सरकारले अण्डा ओसारपसार गर्दा अण्डा उत्पतिको प्रमाणपत्र सहित ढुवानी गर्न अनुरोध समेत गर्दा पनि कार्यन्वन गर्नुको सट्टा मुख दर्शन बनेको आरोप लगाए ।

कार्यक्रम लुम्बिनी प्रदेश अण्डा उत्पादक संघका अध्यक्ष प्रेमहरि तिमल्सिनाको अध्यक्षता र नेपाल अण्डा उत्पादक संघका केन्द्रिय अध्यक्ष शिवराम केसीको प्रमुख आतिथ्यतामा भएको हो । नेपाल अण्डा उत्पादक संघका केन्द्रिय सदस्य ललित बहादुर जिसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण छबिराज करेलले गरेका हुन ।