दंगीशरण,११ फागुन । हात्तीपाइले रोग बिरुद्धको आम औषधि सेवनको रास्ट्रीय अभियान अन्तर्गत विहिवारदेखि दंगीशरण गाउँपालिकाले आम औषधि खुवाउने अभियानको औपचारिक सुरुवात गरेको छ ।
बिरेन्द्र माध्यामिक विद्यालय हेकुलीमा एक कार्यक्रमकाविच अभियानको गाउँपालिका अध्यक्ष शम्भु गिरीले आफुले औषधि खाएर अभियानको उद्घाटन गरेका हुन ।विहिवारदेखि १५ गतेसम्म अभियानकै रुपमा आम औषधि खुवाउने अभियान जोडीने स्वास्थ्य शाखा प्रमुख राजेन्द्र हमालले बताए ।
१२ औं पटकसम्म पनि दाङ जिल्ला हात्तीपाइले रोग उन्मुलन जिल्लाको रुपमा घोषणा हुन नसकेपछि अहिले १३ औ पटक अभियानलाइ सार्थक बनाउन गाउँपालिका अध्यक्ष गिरीले सबैमा आग्रह गरेका हुन । बुझेकाहरुले नबुझेकालाई बुझाउने र बिधालयका विद्यार्थी ,शिक्षकको सहायतामा अभियानलाइ टोल टोलमा लैजान अध्यक्ष गिरीले निर्देशन दिएका छन् ।