नेपाल विद्यार्थी संघ महेन्द्र बहुमुखी क्याम्पसको इकाइ अध्यक्षमा केसी

दाङ,१० फागुन । नेपाल विद्यार्थी संघ दाङले जिल्लामा संगठनलाई सुृदृढीकरण अभियानलाई तीव्रता दिएको छ । आसन्न स्ववियू निर्वाचनसँगै संगठनलाई बलियो बनाउँदै विद्यार्थीहरुको हकहितका लागि वकालत गर्नका लागि संगठन विस्तारको कार्यलाई तिव्रता दिएको हो ।

यसैक्रममा बुधवार घोराहीस्थीत महेन्द्र बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघको इकाइ समिति गठन गरेको छ । नेपाल विद्यार्थी संघ महेन्द्र बहुमुखी क्याम्पस इकाइ अध्यक्ष शिवराज खनालको अध्यक्षता तथा नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष कुलराज पोख्रेलको प्रमुख आतिथ्यता एवं नेपाल विद्यार्थी संघका निवर्तमान जिल्ला सदस्य निरज गिरीको विशिष्ट आतिथ्यतामा भएको विद्यार्थीहरुको भेलाले समिर केसीको अध्यक्षतामा ६१ सदस्यीय नेपाल विद्यार्थी महेन्द्र बहुमुखी इकाइ कार्यसमिति गठन गरेको छ ।

जसको उपसभापतिमा नबराज गौतम, किशोर थापा,बसन्तप्रसाद भण्डारी, दीपक ओली, भरत खड्का, अनिश चौधरी, बसन्त कडेल, कमला केसी र सचिवमा एकराज डाँगी रहेका छन् । त्यसैगरी सहसचिवमा ममता केसी, मुना विक, पवन परिवार, कौशीला शर्मा, जीवन डाँगी, सुशील खड्का, सचिन गौतम र कोषाध्यक्षमा रमिला शर्मा र विवेक खनाल रहेका छन् ।
.