प्रमोद आचार्य
दंगीशरण,८ फागुन । ब्रिटेन नेपाल सामुदायिक कान उपचार सेवा र दंगीशरण गाउँपालिकाको सयुक्त आयोजनामा सोमवार कार्यक्रमको आयोजना गरी श्रबण शक्ति भएका ६५ जनालाई इयरफोन बितरण गरेको छ ।
शिविर संचालन गरेर सिफारिस भएकाहरुका लागी श्रवण शक्ति बढाउने सहयोगी यन्त्र बितरण गरिएको दंगीशरण गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राजेन्द्र हमालले जानकारी बताए । गाउँपालिकाका बिभिन्न ३ वटा स्थानमा संचालन गरिएको प्राथमिक कान उपचार शिविरबाट अप्रेसनका लागी ८० जना सिफारिस ,एरफोन पाउन ६५ जना र दुई सय जनाले सामान्य उपचार पाएका र्थिए । दंगीशरण गाउँपालिकामा नवनिर्वाचित स्थानीय सरकार आइसकेपछि महिला, बालबालिका, अपांगता भएका व्यक्ति तथा जेष्ठ नागरिकका लागि बजेट नै छुट्टाएर कार्यक्रमहरु अगाडी बढाएको गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताए ।
श्रवण शक्ति बढाउने यंन्त्रको बितरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष गिरीले स्थानीय सरकारको प्रमुखका रुपमा आफु आइसकेपछि भौतिक पूर्वाधारसँगै मानवीय विकासका कार्यलाई पनि प्राथमिकताका साथ अघि बढाईरहेको जानकारी दिएका थिए । श्रवण यन्त्र बितरण कार्यक्रममा बोल्दै सामाजिक विकास समितिका संयोजक रोशनजंग् शाहले श्रवण शक्तिपाएसँगै जेष् नागरिकको ओठमा खुशी देख्दा आफु अत्यन्तै हर्षित भएको बताए । उनले धेरै बर्षदेखि जेष्ठ नागरिकलाई सहयोग गर्ने सोचले सार्थक पाएको भन्दै ब्रिटेन नेपाल कान उपचार केन्द्र बाँकेप्रति आभार प्रकट गरेका थिए ।
एर्फोन प्राप्त गरेसँगै आफुलाई खुशी लागेको दंगीशरण ५ निवासी जेष्ठ नागरिक दिलाराम खत्रीले बताए । बुढेसकालमा कान नसुन्ने समस्या भएका बेला यो उपकरणको सहयोगमा सुन्न पाउँदा खुशी लागेको बताएका थिए । त्यस अवसरमा दंगीशरण ३ निवासी जेष्ठ नागरिक बिजुली परियारले पनि निशुल्क रुपमा प्राप्त भएको कान सुन्न सघाउने उपकरणले आफुहरु जस्ता ज्येष्ठ नागरिकलाई सहयोग पुरयाउने गरेको बताएका थिए । कार्यक्रमको सहजीकरण गाउँपालिकाका प्रेस सल्लाहकार प्रमोद आचार्यले गरेका थिए ।