कमिरेचौर,२ फागुन । दाङको बंगलाचुली गाउँपालिकामा बंगलाचुली गाउँपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता मंगलवारदेखि सुरु भएको छ । बंगलाचुली गाउँपालिका–७ सरस्वती मावि जवरकोटको आयोजना तथा व्यवस्थापनमा प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगितामा विभिन्न विधाका खेलकुदमा विद्यार्थिहरुले प्रतिस्पर्धा गर्नेछन् । जसमा दौडतर्फ छात्रा एक सय,दुईसय,चार सय,आठ सय ,पन्ध्र सय मिटर त्यस्तै छात्रतर्फ एक सय,दुईसय,चार सय,आठ सय ,पन्ध्र सय र तिनहजार मिटर,रिले दौडतर्फ छात्र छात्रा सय गुणा सय र चार सय गुणान चार, हाईजम्प छात्रछात्रा,लङ्ग जम्प, छात्रछात्रा,ट्रिपल जम्म छात्र छात्रा,सटफुट छात्रछात्रा, ज्यावल्लिङ छात्रछात्रा, भलिवल छात्रछात्रा, र कवर्डी छात्रछात्रा खेलकुद प्रतियोगिता हुने छन् ।
प्रतियोगितामा बंगलाचुली गाउँपालिका भरका ६ वटा माध्यामिक विद्यालयहरुको सहभागीता रहेको छ । प्रतियोगितामा ६ वटा विद्यालयका करिव २ सय ४० जना विभिन्न विधाका खेलाडीहरुको सहभागिता रहेको छ । बंगलाचुली गाउँपालिका वडा नम्वर ७ का अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितका अध्यक्ष गिर बहादुर थापाको अध्यक्षता एवं लुम्विनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री ईन्द्रजित थारुको प्रमुख आथिथ्यता तथा बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगर (शुवास) को विशिष्ट आतिथ्यतामा खेलकुद प्रतियोगिताको उद्घाटन गरिएको थियो । कार्यक्रममा बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसी, बंगलाचुली गाउँपालिका ७ का अध्यक्ष एव सरस्वती मावि जवरकोट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गिरबहादुर थापालगाएतले बोलेका थिए ।
विद्यालयका प्रधानाध्यापक दिपबहादुर रावतको स्वागत मनतव्यबाट प्रतियोगिताको सुरु भएको थियो । प्रतियोगितामा बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल,बंगलाचुली गाउँपालिका ५ का अध्यक्ष लिलाबहादुर घर्ती, आठका अध्यक्ष झविन्द्रबहादुर गाहामगर,शिक्षा शाखा प्रमुख ओमप्रकाश केसीलगायत विद्यालयका प्रधानाध्यापक,शिक्षक,अविभावक,विद्यार्थिहरुको उल्लेख्य सहभागिता रहेको थियो । प्रतियोगिता बुधवारसम्म चल्ने छ ।