दोश्रो हिरा डाँगी स्मृति कप फुटबलको तयारी अन्तिम चरणमा

लक्ष्मण बस्नेत
तुलसीपुर,२९ माघ । दाङ तुलसीपुर अरनिको मैदानमा हुने दोश्रो हिरा डाँगी स्मृति कप आमन्त्रित फुटबल प्रतियोगिता २०७९ नजिकिदै गर्दा तयारी अन्तिम चरणमा पुगेको छ । हिरा डाँगी फाउण्डेसन तुलसीपुर ५ को आयोजनामा सञ्चालन हुने प्रतियोगितालाई भब्य एवं सभ्य तवरले सार्थक र परिणाममुखी बनाउन आयोजकले प्रतियोगितामा आबश्यक पर्ने सबै प्रकारका तयारीलाई तीव्र परिएको फाउन्डेसनका अध्यक्ष पोखरसिह डाँगीले जानकारी दिएका छन् ।

‘प्रतियोगिता आउन दुई दिन मात्र बाकी रहदा तयारी अन्तिम चरणमा पु¥याएका छौ’,अध्यक्ष डाँगीले भने,‘खेल मैदान मर्मत र सरसफाई गरिएको छ ।’ उनका अनुसार प्रतियोगितामा सहभागी हुने आठ टिमको खेल तालिका प्रकाशित गरिएको छ । पहिलो संस्करण भब्य रुपमा सम्पन्न गरेको फाउन्डेसन दोस्रो संस्करणलाई थप सार्थक बनाउने प्रयास रहेको छ । यतिबेला प्रतियोगिताको प्रचारप्रसार, आर्थिक व्यवस्थापन, आमन्त्रित टिमको आवास तथा भोजन व्यवस्थापन, आतिथ्य संस्कारलगाएतका अन्तिम चरणमा पु¥याइएको फाउन्डेसनका सचिव केशव चौधरी मिग्माले जानकारी दिएका छन ।

२०७६ साल चैत ३ गतेका दिन एक हतियारधारी समूहको आक्रमणमा परी ज्यान गुमाएका फुटबल खेलाडी डाँगीको सम्झनामा गत वर्षदेखि स्मृति कप फुटबल हुँदै आएको सचिव चौधरीले जानकारी दिएका छन । स्थानीयस्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने र व्यवसायिक फुटबल खेलको विकासमा थप टेवा पु–याउने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा ८ टिमको सहभागिता रहनेछ ।

जसमध्ये छिमेकी राष्ट्र भारतको साहारा क्लब लखनउ, जिल्ला भन्दा बाहिरको एक क्लब र जिल्लाभित्रका ६ क्लबको सहभागिता रहेको छ । प्रतियोगितामा उपाधि चुम्ने टिमले नगद १ लाख ५१ हजार पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेताले नगद ७५ हजार ५ सय, कप ,मेडल, प्रमाणपत्र हात पार्नेछ ।

त्यस्तै प्रतियोगिता अवधिभर सर्वोत्कृष्ट खेल प्रर्दशन गर्ने व्यक्तिगत बिधातर्फ सर्वोउत्कृट खेलाडी,उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले जनही ३ हजार ट्र्फि र प्रमाणपत्र हात पार्ने छन । त्यस्तै प्रत्येक म्याचको म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई केही नगद सहित ट्रफीको व्यवस्था गरिएको आयोजकले जानकारी दिएकोछ ।