फागुन १ गते सार्वजनिक बिदा

काठमाडौं,२९ माघ । सरकारले फागुन १ गते सोमवार देशैभरि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आइतवार बसेको मन्त्रिपरिषदको बैठकले माओवादी जनयुद्ध सुरू भएको दिनका अवसरमा देशैभरि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

२०५२ साल फागुन १ गतेदेखि तत्कालीन नेकपा (माओवादी) ले जनयुद्ध सुरू गरेको थियो ।