घोराही २८ माघ । कबलश्या कुसुम्या छोर्वा गुर्वाको प्रथम सम्मेलन शनिबार घोराही १७ ढिकपुरमा सम्पन्न भएको छ ।
कबलश्या गोत्यारका अग्रज बुझाउना चौधरीको अध्यक्षता र थारु देशबन्ध्या गुर्वा नन्दलाल चौधरीको प्रमुख आतिथ्यतामा भएको सम्मेलनको उद्घाटन गुर्वामार्फत पाटी बसेर उद्घाटन गरिएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति दाङका उपप्रमुख चेतना चौधरी, वडा नम्बर १७ का वडाअध्यक्ष राम लौटन चौधरी, अर्का गुर्वा मनिराम चौधरी, घोटैली गोत्यार समाज दाङका सल्लाहकार प्रकाश घोटैली , गुइजह्वा गोत्यारका प्रतिनिधि इन्द्रबहादुर चौधरी, चिल्ह्रवा गोत्यारका नवीन चौधरी, कबलश्या गोत्यारका रुपनी चौधरी, दिनेश चौधरी लगायतले सम्मेलनसफलताको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्ने वक्ताहरुले आफ्ना लोप हुन लागेका पहिचान र सस्कृतिको सम्रक्षण गर्दै गोत्यार गोत्यार बीचको सम्बन्ध सुदृढ गर्नुपर्ने बताए । कमारा चौधरीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रममा गोत्यारको तर्फबाट लक्ष्मीमान चौधरीले विषय प्रवेश तथा गोत्यारको अवस्थावारे जानकारी गराउनु भएको थियोे भने सहजिकरण चिल्लु चौधरीले गरेका थिए ।