पद्मोदय क्याम्पसद्वारा बित्तीय साक्षरता

बिष्णु गोराथोकी

दाङ,२८ माघ । पद्मोदय क्याम्पस शिक्षक–विद्यार्थी संमन्वय समितिको आयोजनामा एक हप्ते वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । क्याम्पसले आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्ने र विद्यार्थिको नेतृत्व गर्न सक्ने क्षमतामा विकास गर्ने उदेश्यले सन्चालन भएको बित्तिय साक्षरता कार्यक्रममा घोराहीका प्लस टु सञ्चालन भएमा सात वटा बिद्यालयहरुमा उक्त कार्यक्रम सञ्चालन गरेको हो ।

पद्मोदय पब्लिक नमुना माबि भरतपुरबाट सञ्चालन भएको कार्यक्रममा शिक्षक निश्चल आचार्यले कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा व्यवस्थापन र बिज्ञान संकायका जम्मा १९३ जनाको सहभागीता रहेको थियो । साक्षरता कार्यक्रम घोराहीको रझेना माध्यामिक विद्यालय, माउन्ट भ्यु, माबि डाडाँगाँउ गोग्ली, गंगा मावि रामपुर, माबि जजरागाउँ, जनज्योति बिद्यामन्दिरलगायतका विद्यालयहरुमा कार्यक्रम भएको थियो ।

शिक्षक विद्यार्थी समन्वय समितिले यस क्याम्पसको वृद्धि र बिकासमा महत्वपुर्ण भुमिका निर्बाह गर्नुको साथै क्याम्पसबाट सञ्चालित सम्पूर्ण कार्यक्रमको आयोजना गर्दै आएको छ। यस समितिले विद्यार्थी र शिक्षकबिच संमन्वय गर्न पनि सहज तुल्याएको छ। बिद्यार्थीहरुले पढेका कुरालाई व्याबहारिक रुप दिन नसक्ने र धेरै त्रुटी गरिरहने भएकोले क्याम्पस समितिले बित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको थिए ।

कार्यक्रममा समितिका अध्यक्ष बिष्णु गोराथोकी, सचिव नारायण न्यौपाने, सह–सचिव दिपक पाण्डे, र टंक डांँगीले बित्तीय साक्षरताको प्रशिक्षण दिएका दिएका थिए । कार्यक्रमको सहजीकरण कोषाध्यक्ष उर्मिला वली, सदस्यहरु सुस्मिता चौधरी, निर्मला कालाथोकी, अस्मिता भण्डारी, शिल्पा केसी र शिरीष रेग्मीले