calander

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Goraksha

National Daily

महिला सामुदायिक सस्थाद्वारा गढवामा ५० हजार सहयोग

दुख हरण यादव

गढवा २७ चैत्र । महिला सामुदयिक लघुबित्त बित्तिय संस्थाद्वारा ५० हजार राहत सहयोग गरेको छ । महिला सामुदायिक लघुबित्त बित्तीय संस्था गढवा शाखाले गढवा गाउँपालिकाको प्रकोप ब्यबस्थापन कोषमा नगद राहत सहयोग गरेको हो । कोरोना भाइरसको बढ्दो संक्रमण रोक्नको लागि सरकारले गरेको लकडाउनले दैनिक ज्यालादारी गरि दिनाचार्य चालाउने गरिब तथा अति बिपन्न परिवारलाई पर्न गएको समस्यालाइ मध्य नजर गर्दै एकद्वार प्रणालीमार्फत राहत बितरण गर्ने सरकारको निर्णय अनुसार लघुबित्तको मूल्य मान्यता तथा सिमाभित्र रहि नगद ५० हजार राहत सहयोग गरेको महिला सामुदायिक लघुबित्त बित्तिय संस्था गढवाकी लेखापाल निर्मला पान्डेले बताइन ।

बिहिबार लघुबित्तकि लेखापाल पान्डेले गाउँपालिकाका अध्यक्ष सहजराम यादवलाई राहत हस्तान्तरण गरेकि हुन । राहत रकम बुझ्दै अध्यक्ष यादवले बिस्वब्यापी महामारीको रुपमा फैलिएको कोरोनाको कहरमा सहयोग गरेकोमा धन्यवाद गरेका थिए । साथै यादवले असहाय,अपाङ तथा बिपन्न परिवार लाई सहयोगको लागि आगामी दिनमा सहयोग गर्नको लागि गढवा गाउँपालिकाले एन.आइ.सि. बैंकको प्रकोप ब्यबस्थापान खाताको खातानं ०५१२०५००२७७६९००२ मा नगद सहयोग गर्नु हुन र जिन्सी सहयोगको लागि गाउपालिकाको कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेका थिए । राहत रकम गढवा गाउँपालिकाको प्रमुख प्रसासकिय अधिकृत लालबहादुर योगि,गढवा गाउँपालिका वडा नं ६ का अध्यक्ष बाल चन्द्र हमाल,नेपाली काङ्ग्रेस क्षेत्र नं १ देउखुरीका सभापति भेसराज पाण्डे लगाएतको उपस्थितिमा हस्तान्तरण गरिएको थियो ।