सु्भाष न्यौपाने
गत शुक्रवार सर्वोच्च अदालतको आफूलाई संवैधानिक सम्बोधन गर्न खोज्ने इजलासले जुन फैसला ग¥यो त्यो निर्वाचनभन्दा पहिले गर्नुपर्दथ्यो । त्यतिबेला निर्वाचन आयोगले के हे¥यो ? सर्वोच्च अदालतले के हे¥यो ? दलीय हालीमुहालीकै भरमा मुलुक चल्ने हो भने नेपाली कांग्रेसका गगन, विश्वहरुको अस्तित्व रहँदैन । एमालेमा शंकर पोख्रेलजस्ता व्यक्ति जो दर्शन शास्त्रीको रुपमा चिनिन्छन् । उनको पनि पहिचान खस्कनेछ ।
यस स्थानमा ईश्वर पोख्रेल, गोकुल बास्कोटाहरु हाबी हुनेछन् । अहिले आएर रवि प्रशरणले के संकेत गर्छ भने कानुन अनुसार न्यायको व्याख्या नगरेर बोलवालाहरुको जसलाई जसको आवश्यकता पर्छ सोही अनुसार व्याख्या गर्ने गलत प्रवृत्ति हाबी भएको छ । त्यो सरासर गलत प्रवृीत्त हो । के न्यायर्ला आफू अनुकूल व्याख्या गर्न पाइन्छ ? यदि रवि फर्जी उम्मेदवार र फर्जी नागरिक थिएनन् भने निर्वाचन आयोग र सर्वोच्च अदालतले उम्मेदवार बन्नबाट किन रोक्न सकेन ?
अहिलेका सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेकपा एमालेका कार्यकर्ताभन्दा भक्त हुन्, केपी ओलीका । उनले महेश बस्नेत, गोकुल बास्कोटालाई समेत उछिनेका छन् । यदि न्याय राजनीतिमा गयो भने न्यायाधीशमाथि फेरि भौतिक आक्रमण सुरु हुनसक्छ । न्यायाधीश न्यायमूर्ति बन्ने कि पार्टी र्काकर्ता ? सर्वोच्च अदालत र निर्वाचन आयोगलाई गम्भीर प्रश्न छ, तिमीहरु धेरै जान्ने बनेर मुलुकलाई भडखालोमा हाल्ने गरेर अघि बढ्न कोशिस नगर । के मुलुकको कानुन तिम्रा बाउको बिर्ता हो ? तिमीलाई मन लागेको बेला उठाउने, मन लागेको बेला बसाउने ? तिमीहरु को हौ ?
हाम्रो पसिनाबाट पालिएका परजीवी हौ । के निर्वाचन आयोग निर्वाचन परिणामपछि बोल्छन् ? निर्वाचन आयोग त निर्वाचनमा उम्मेदवारी दिनुभन्दा पहिले बोल्नुपर्छ । प्रमुख निर्वाचन आयुक्त जति योग्यता भएका नेपालका दशौँ हजार विद्यार्थी छन् । कोही कसैले म ओहदामा पुगेँ भन्दैमा फुइँ गर्नु पर्दैन । उम्मेदवार बन्न पाउने मतदाताले सर्वाधिकार लोकप्रिय मतका साथ विजयी गराए, यो नागरिकको अपमान हो कि होइन ? यही हो नागरिक अधिकारको रक्षा ?
यही हो लोकतन्त्र ? केको आधारमा संगठन निर्माण गरेर संगठनको अध्यक्ष समेत स्वीकारेर राष्ट्रिय स्वतन्त्र पार्टीलाई चुनाव चिह्न घण्टी समेत प्रदान ग¥यो ? कतै न कतैबाट रविमाथि नागरिकतासम्बन्धी उजुरी पार्टी गठन गर्नुभन्दा पहिले नै परेको थियो । यतिञ्जेल निर्वाचन आयोग र अदालत भननेहरु किन चुप रहे ? जनताको प्रश्न अब यिनीहरुमाथि जान्छ ।
आयुक्त भन्ने मात्र सबै होइन, न्यायाधीश भन्ने मात्र पनि सबै होइन । आवश्यक परे जनताले न्यायाधीशले गरेको अन्यायमाथि न्याय गर्नुपर्ने हुन्छ । अदालतको फैसलाले रविमाथि होइन नागरिक मताधिकारको अपमान गरेको छ । बालकोटको निर्देशन, बालुवाटारको संगीतमा सर्वोच्च न्यायलयको संवैधानिक इजलास नामको समूहले मञ्चन गरेको ‘रवि’ नामको नाटकका मुख्य पात्र कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले बालकोटमा भक्ति चढाउने राम्रो अवसर पाए ।
जसको दर्शकदीर्घाको विशिष्ट तहमा रहेका बूढानीलकण्ठ पनि हुनसक्छन् । किनभने राजनीतिमा आउनेबेलामा त्रास चाहिँ थियो नै । उक्त घटनापश्चात बालुवाटार र बालकोट फरक मुद्रामा छन् रे । बालकोटे ‘बा’ ले राष्ट्रपति पूर्व सहमतिअनुसार एमालेले पाउनुपर्ने भन्ने अडान दोहो¥याउँदै आउँदा अहिले पेरिसडाँडा अलि झस्किएको जस्तो देखिन्छ ।
वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले हिजो आफ्नो पालाको कटवाल प्रकरा र शेरबहादुरको पालाको नागरिकता विधेयक संशोधनको विषयमा जसरी पूर्व राष्ट्रपति रामवरण यादव र वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले खेलेको कार्यकारी भूमिकाले ससंकीत तुल्याएको छ । त्यसैले उनी सहमतिमा राष्ट्रपति चयन गर्दा मर्यादा बढ्ने र सकारात्मक सन्देश जाने तर्क अगाडि सारिरहेका छन् ।
रवि नाटक मञ्चन गर्दा निर्देशक र संगीतकार बनेकाहरु अहिले राष्ट्रपति शोमा चाहिँ ससंकीत र त्रसित छन् । हिजो रविलाई मुद्दा चलाउन र मुद्दा हराउन समान भूमिका निर्वाह गर्ने बालकोट र बालुवाटारले के यो समय अथवा परिस्थिति पनि पाउनसक्छ भन्ने बारेमा कत्ति पनि अध्ययन गर्न सकेनन् ? पुराना घटनाहरुलाई पक्कै पनि उनका सल्लाहकारहरले सुझाएको हुनुपर्छ र प्रचण्ड राष्ट्रिय सहमतिको व्यक्ति राष्ट्रपति बनाउँदा राम्रो हुने तर्क बलियो आवाजको रुपमा अगाडि सारिरहेका छन् । यस्तै यस्तै खालका जालझेलहरु नै नैकिता र सुशासनका आधार हुन् ।
हिजो निर्वाचनको परिणाम आउँदासम्म युवाहरुको आशाका केन्द्र बनेका रवि के उनलाई नागरिकता र पासपोर्टसम्बन्धी वैधानिकता थाहा थिएन ? त्यसैले हरेक कुराहरुलाई बल मिच्याइँको भरमा तुलना गर्नु हुँदैन । सहभागी दलहरुबीच केही असहमति बढ्दै गएपछि राष्ट्रपति निर्वाचनका प्रकृयिा पनि असंवैधानिक प्रकृयाले अगाडि बढेको छ । मुलुकका संवैधानिक प्रकृया पनि असंवैधानिक तरिकाले अगाडि बढाउन खोज्नु भनेकै मुलुकमा कानुनी दुर्घटना निम्त्याउनु हो ।
त्यसैले कुनै सञ्जाल, संयन्त्र र व्यक्तिले म बलियो छुँ भन्ने आभाषका साथ आफ्ना गतिविधि अगाडि बढाउन खोज्छ भने त्यहाँ पक्कै पनि कानुनी दुर्घटना हुनसक्छ । अमेरिकाबाट फर्केको पाँच वर्षसम्म पनि किन रविले आफ्नो संवैधानिक वैधताको बाटो खुला गर्न सकेनन् ? यो नै सबैभन्दा अहम प्रश्न हो । जसले मुलुकको सामाजिक, राजनैतिक र न्यायिक व्यवस्थामाथि प्रश्न गर्छ । नेकपा एमालेलगायतका दलहरुसँगको सहकार्यमा प्रधानमन्त्री बनेका प्रचण्ड किन गठबन्धन विरुद्धका गतिविधि विरुद्ध संलग्न भए ?
याद राख सरकार यो मुलुकमा सरकारले अनिष्ट निम्त्याइरहेको छ । यो राजनीतिक स्थिरता र लोकतन्त्र अभ्यासका क्रम चाहिँ भङ्ग भएको हो । राजनीतिक दलका गतिविधिका कारण यहाँ फेरि पनि तानाशाह उदाउन सक्छन् । त्यसैले हामी सबैले बुझ्नुपर्छ के हो प्रजातन्त्र, के हो समर्थनमा प्रधानमन्त्री बने उनैप्रति किन अविश्वास ? राजनीति भनेको यही हो । सधैँभरि कोही कसैको सहयोगी हुँदैन ।
विरोधी पनि हुँदैन तर कांग्रेस र कम्युनिस्टको जात मिल्दैन । किनभने उनीहरुको राजनीतिक गतिविधि नै उदारवाद र अधिनायकवादतर्फ उन्मुख छ । मुलुकको संवैधानिक प्रक्रियामाथि आघात गर्ने कुनै पनि गतिविधि गर्ने अधिकार कसैलाई छैन । सबै राज्य नियन्त्रणमा हुनुपर्छ तर राज्य ननै असंवैधानिक गतिविधिमा छ ।
रविभन्दा अपराधी त नेपालमा ओली, प्रचण्ड, देउवा छन् । आज उनीह्रुले रविलाई अपराधी बनाउन सक्छन् ? तसर्थ, नेपालमा कानुनलाई मुठ्ठीमा लिएर हिड्ने प्रवृत्ति जसरी बढ्यो त्यसैले अपराध पनि बढेको हो । जबसम्म मुलुकको संवैधानिक तहमा रहेका व्यक्तिहरुले संविधानको मर्मको रक्षा गर्दैनन् तबसम्म जति नै फुइँ गरे पनि संवैधानिक लोकतन्त्रको रक्षा हुँदैन । त्यति भए लोकतन्त्र र सुशासन पनि रहँदैन ।