गोरक्ष समाचारदाता
दाङ,१७ माघ । नेपाल शिक्षक संघ दाङको अध्यक्षमा प्रकाश डाँगी चयन भएका छन् । विगतमा नेतृत्व चयनका लागि निर्वाचन हुने गरेको थियो तर यस पटक शिक्षक संघले सर्वसम्मत रूपमा जिल्ला नेतृत्व चयन गरेको हो । डाँगी यस अघि संघको जिल्ला सचिव थिए । २०५७ सालको अधिवेशनपछि शिक्षक संघमा पहिलो पटक सर्वसम्मत रूपमा नेतृत्व चयन भएको हो । नवौं जिल्ला अधिवेशनले डाँगीको अध्यक्षतामा ३७ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।
महिला उपाध्यक्षमा चित्रकला आचार्य, उपाध्यक्षमा दामबहादुर बिसी, सचिवमा सूर्यबहादुर बस्नेत, सचिव अर्थ निशान्त आचार्य, सहसचिव लक्ष्मी न्यौपाने, सहसचिव अर्थ महिला देवकुमारी चौधरी, सहसचिव समाबेशी अशोक नेपाली र निमबहादुर नेपाली छन् । कार्यसमिति सदस्यमा बालचन्द्र शर्मा, रामबहादुर वली, ओमप्रकाश बस्नेत, टंकप्रसाद ज्ञवाली, खिमप्रकाश पुरी, घनश्याम डाँगी, टुकाराम पौडेल, ताराप्रसाद ढुङ्गाना, मंगलप्रसाद चौधरी, विष्णुप्रसाद रावत, रेशमबहादुर केसी, रोमहर्ष खनाल, पाटेश्वर यादव, खेमराज तिवारी, महिला सदस्यमा सीता शर्मा र बिमला उप्रेती छन् ।
केन्द्रीय प्रतिनिधिमा हिरालाल न्यौपाने, उत्तमकुमार खनाल, मनिराम पन्त, कुलचन्द्र पौडेल, योगराज खत्री र युवराज बस्नेत रहेका छन् । संघीय महिला प्रतिनिधिमा कुमारी तारा हमला, अनन्ता केसी र सुशीला सुवेदी रहेका छन् । प्रदेश प्रतिनिधिमा लेवेन्द्र केसी, थानेश्वर आचार्य, रामकुमार चौधरी, हेमराज पाण्डेय, ठगप्रसाद पुन, ढकबहादुर वली, रूपलाल बस्नेत, दिनेश बुढाथोकी, सावित्रा आचार्य र शान्ति सुवेदी रहेका छन् ।
नेपाल शिक्षक संघ दाङका अध्यक्ष युवराज बस्नेतको अध्यक्षता, नेपाली कांग्रेस दाङका जिल्ला सभापति शंकरप्रसाद डाँगीको प्रमुख आतिथ्यता तथा नेपाली कांग्रेस दाङका जिल्ला सचिव एवं नेपाल शिक्षक संघका लुम्बिनी प्रदेश संस्थापक अध्यक्ष अर्जुन योगीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा सर्वसम्मच रूपमा बनेको जिल्ला कार्यसमिति घोषणा गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला सभापति डाँगीले शिक्षक संघ दाङमा भएको सर्वसम्मतको नेतृत्व चयनले राम्रो सन्देश दिएको भन्दै अब सबै मिलेर संगठनसँगै नेपाली कांग्रेसलाई बलियो र संगठित पार्टीका रूपमा विकास गर्न आग्रह गरे । उनले त्यसका लागि शिक्षक संघका नेतृत्वमा रहेका व्यक्तिहरूले पढाइसँगै अन्य शिक्षकहरूलाई विभिन्न सामाजिक संघसस्थाहरूको नेतृत्वमा अघि बढाउनका लागि सहयोग गर्नुपर्ने बताए ।
नेपाली कांग्रेस दाङका सचिव एवम् नेपाल शिक्षक संघका लुम्बिनी प्रदेशका संस्थापक अध्यक्ष अर्जुन योगीले लामो समयपछि सर्वसम्मतिमा गरिएको नेतृत्व चयनले संगठनमा राम्रो सन्देश दिएको भन्दै अब सबै मिलेर संगठनसँगै शिक्षकहरूको हकअधिकारका लागि लड्नुपर्ने बताए । निर्वाचन समिति सदस्य देवा पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण निर्वाचन समितिका सदस्य रमेशकुमार पाण्डेयले गरेका थिए ।