प्राकृतिक सम्पदामा नजर

युवराज शर्मा
नेपालको प्राकृतिक सम्पदाहरु राष्ट्रका लागि वरदान हुन् । भएका प्राकृतिक सम्पदाहरुलाई विदेशीको नगर गाडेको छ । अर्थात् प्राप्तिका लागि राजनीतिक अन्तरकलह दलहरु बीचमा ल्याइदिएका छन् । जसरी एउटा सम्पन्न परिावारले गरिब परिवार बीचमा अन्तरकलह सिर्जना गराइदिएर आफ्नो स्वार्थ पूरा गर्दछन् । त्यस्तै कार्यशैली नेपाली राजनीतिमा देखिन्छ । धनी राष्ट्रहरुले नेपाललाई हेर्ने नजर पनि त्यस्तै छ ।

नेपालमा धनीवर्गले गरिबवर्गलाई हेपाहा व्यवहार गरेको पाउँछौँ । त्यस्तो व्यवहार धनी देशले नेपाली नेताहरलाई गरेको देख्छौँ । यस्ता व्यवहारले के देखाउँछ भने नेपाली नेताहरुले आफ्नो देशमा कुनै काम गर्दा पनि धनी देशको चाकडी गर्नुपर्ने र सल्लाहमा विकासका कार्यहरु सञ्चालन गर्नुपर्ने भएपछि त्यस्ता नेताहरुले राष्ट्रियताको संरक्षण गर्न सक्दैनन् । उनीहरु राष्ट्रवादी बन्दैनन् ।

राष्ट्रका लागि समर्पण हुन पनि सक्ने व्यक्तिहरु बन्दैनन् । धेरै दलहरुका नेताहरुले जनमानसमा भाषण गर्दा बोल्ने वाक्य एउटै हो – हामी गरिब देशका जनता हौँ, आज्ञाकारी र कर्तव्य परायण छौँ तर देशको विकास गर्न सकेका छैनौँ । देशमा प्राकृतिक सम्पदा छन् । तिनीहरुको विकास र निकास दिन सकेका छैनौँ । त्यसता सम्पदाहरुमा विदेशीको नजर पनि लागेको छ ।

नेपाललाई एकसूत्रमा बाँध्ने राजा पृथ्वीनारायण शाह नै हुन् तर उनीप्रति वितृष्णा जनमानसमा फैलाउनेहरु पनि धेरै व्यक्तिहरु छन् । उनले नेपाललाई सयौँ थुँगामा बाँधेर एकसूत्र नबनाएको भए हामीले नेपाली भन्ने पाउँदैनथ्यौँ । शक्तिशाली प्रधानमन्त्री जंगबहादुर राणाको अपूर्ण शक्ति नभएको भए दासत्वमा बाँधिनु पर्दथ्यो । राजा महेन्द्र शाहको अदूरदर्शी अगुवाइ नभएको भए नेपाल पनि भारतको प्रान्त बन्ने थियो ।

देश निर्माणमा सडक, याताया, उद्योग, व्यवसाय देखिने थिएनन् । राष्ट्र रक्षक भीमसेन थापा, राष्ट्रवादी मरिचमान सिंह श्रेष्ठ, लौह पुरुष गणेशमान सिंह श्रेष्ठ, जग्गाजमिनको सुधारक राजा जयस्तिि मल्ल पनि इतिहासमा अंकित व्यक्तिहरु थिए । यिनीहरुले नेपालको प्राकृतिक सम्पदाहरुमा विदेशीहरुलाई दोहन गर्न दिएनन् ।

सरकारको काम योजनाहरु ल्याउने हो । विदेशी शक्तिलाई गुहार्ने होइन तर नेपालमा नेताहरुले परिर्वनका नाममा गरिने आन्दोलन, हड्ताल, चक्काजाम, नेपाल बन्द, जनयुद्धजस्ता विद्रोहका नाम दिइयो । जनतालाई भड्काउने, उकास्ने र तर्साउने काम मात्र भएका थिए । नेताहरुले नागरिकलाई गणतन्त्रको अनभूति गराउन सकेनन् तर आफ्नो स्वार्थ पूरा गर्न सफल भएको देखाएका छन् । सरकारले विदेशीलाई लगानी लगाउन लगाए, नेपालको विकास गराउन लागएको अवस्था छ ।

यसले दुई देशको बीचमा भएको नेपाललाई चेपुवामा पारियो । जुन दलले जस्तो विरोध गरे पनि त्यसमा विदेशीहरुको स्वार्थ लुकेको पाइयो । सरकारले विदेशीलाई लगानी लगाएर विकास गरिदेउ भने । विदेशीलाई के कामका लागि लगानी लगाउन भनिन्छ ? त्यो विषयमा प्रायः मन्त्रीलाई थाहा हुँदैन । जनताले थाहा पाउने अथवा जानकारी पाउने आवश्यकता ठान्दैनन् । पूरै खरखजाना अथवा प्राकृतिक सम्पदाहरुलाई कौडीको भाउमा बुझाएको हो ? यसमा नागरिक ससंकीत छन् । कतै विदेशीहरुको गिरोह नेपालमा सक्रिय बन्ने त होइन ? भन्छन्, नेपालका नेपाली । विकासका नाममा नेपालको खनिज पदार्थ, वनजंगल, जडिबुटी र नेपाली भूमि विदेशीहरुले लुट्ने प्रपञ्च त होइन ? शंका गर्छन्, जनता ।

विदेशीले नेपालमा विकास गर्ने होइनन् । उनीहरुले प्राकृतिक सम्पदाहरुमा नजर लगाएका छन् । त्यसको उदाहरण सिमेन्ट कारखानाहरु छन् । विश्वको जलभण्डार भएको दोस्रो जलभण्डार हो । ती जलभण्डार भका स्थानहरु चुनढुङ्गा नै हो । यसका माध्यमबाट खेतीपातीका लागि पानीको मुहानहरु छन् ।विद्युत जलाधारहरु पनि छन् । पानीको अभावमा उत्पादन भइरहेका विद्युत उत्पादन जलस्रोत सुक्नेछन् । खेतीपातीका जमिन पनि पानीको अभावमा बाँझो रहनेछ । नेपालमा खाद्य स.कट धेरै बढ्ने छ ।

खेतीपातीमा अश्रित परिवार विस्थापित हुने छन् । यो अवस्था हुनसक्ने अवस्थालाई नेताहरुले ख्याल गर्न नसक्नु नै संकट सिर्जना गरेको हो । जबसम्म नेपाल खोक्रो हुँदैन तबसम्म नेपालमा विद्युत आपूर्ति र खाद्य संकट बढ्दै जानेछ । बाढीपहिरो, जलमग्नताजस्ता प्राकृतिक समस्या बढिरहनेछ राष्ट्र निर्माणमा पनि राष्ट्रको समस्यालाई पहिचान गरेर मात्र योजनाहरुको तर्जुमा गर्ने गर्नुपर्छ । त्यसतो हुन सकेको छैन । नेपालमा विदेशी दलालहरुको संख्या दिनानुदिन बढिरहेको छ । देश सानो मुलुक भए पनि प्रचुर मात्रामा प्राकृतिक सम्पदाहरु भएकोले त्यसको दोहनका लागि विदेशी नजर लालायित छ । यसमा सरकारको ध्यान गएको छछैन ।

नेपाल खाद्य निर्भर छैन । उर्वर भूमि, जलभण्डार, मिहिनेती र परिश्रमी नेपाली छन् । विदेशमाश्रम बेच्ने कम पनि गरेका छन् । देशमा रोजगारको वातावरण छैन । धनपैसा कमाएर ल्याएको पैसाले खखाद्य आपर्ति मात्र परिवारमा हुन्छ तर गणतन्त्रको अनुभूति सीमान्तवर्गलाइृ भएको छैन । नेताहरुले अवसर पाएर अनुभूति गरेका छन् । उनीहरुले आर्थिक, सामाजिक, नैतिक, विकास गरेको देखियो तर चारित्रिक विकास गर्न सकेनन् । धेरै नेताहरु असफल भए तापनि आर्थिक उन्नति गरेको अनभुति गर्छन् । उनीहरुका थोत्रा भाषण र झुठा कुरा जनतालाई सुनाउनु विदेशीका नजरमा गणतन्त्रलाई लम्पसारवाद देखाइएको छ ।

विदेशीको सहयोगमा विकासको लहर देशमा ल्याउनुभन्दा नेपालीको सहभागितामा विकास गर्दा सफलता मिल्नेछ । यसको उदाहरण कोशी हाइड्रो पावर नै देखियो । जल उत्पादन र विक्री वितरणले नेपालको आर्थिक स्रोत बन्छ । जबसम्म देश आथिृक अवस्थाले माथि उठ्न सक्दैन तबसम्म विकासका योजनाहरु पूरा हुँदैनन् । किसानहरुको अवस्थालाई नियाल्दा कृषि उत्पादन भूमिको संरषण, जलस्रोतको विकास गरेर सिंचाइ सर्वसुलभ बनाउने, उत्पादित खाद्यको दररेट कायम गरी स्थानीय सरकारले बजारीकरण गर्नुपर्छ ।

बिचौलियामुखी कायृशैली अपनाउने कामलाई निरुत्साहित गर्नु पर्दछ । किनकि उत्पादकले उचित मूल्य पाउनसकेका छैनन् । किनभने हरेक उत्पादन भएका वस्तुहरुमा ह्रास आएको छ । कुनै पनि वस्तुको उत्पादन गरेर विक्रीमा जाँदा उचित मूल्यमा विक्री मूल्य पाउन सकेका छैनन् । यसले गर्दा किसानहरु पीडित छन् । जस्तै उखु किसानहरु । चिनी उत्पादन गर्ने मिलहरुका लागि उखु कच्चापदार्थ हो । यसतर्फ सरकारको ध्यान जानु पर्ने थियो तर भएन र गरिएन । कमजोरीपन देखियो ।

विदेशीहरु नेपालको सम्पदाहरुका लुटेरा हुन् । उनीहरु नेपालको सम्पदाहरुका फल प्राप्तिका लागि सुविधाहरु अध्ययनमा छन् । नेपालका नेताहरुलाई सुविधाहरु दिर देखाएर हत्ताउने कार्यशैलीमा छन् । छिमेकी देश भारतले सानो देश नेपालप्रति देखाउँदै आएको स्वार्थ, सीमा मिचेर, गाभेर दुःख दिइरहेको वातावरण छ । नेपालको सीमा क्षेत्रमा बस्ने नेपाली पीडित छन् । उनीहरुको पीडा दर्दनाक छ । यो व्यवहारले सीमाबासीको भारतप्रति नकारात्मक सोचाइ हुनु स्वाभाविक हो तर त्यति ठूलो देशका नागरिकले देखाउने व्यवहारलाई हेर्दा सकारात्मक व्यवहार पाइन्न । तैपनि भारतीय भन्छन् – हाम्रो नेपालसँग रोटीबेटीको स्म्बन्ध छ ।

रोटीको सम्बन्धलई हेर्दा नेपाललाई भारतले खाद्य विक्रीको स्थल मान्छ । यहाँका प्राकृतिक सम्पदाहरुमा जलस्रोतका लागि उनीहरुको स्वार्थ लुकेको छ । जसको उदाहरण गण्डकी, कोसी, कर्णाली र महाकाली नदीहरुमा बनेका बाँधहरुले नेपाललाईभन्दा भारतलाई लाभ दिने काम भयो । नेपाली नेताहरु झुके, भुले र स्वार्थमा परिणत भए । नेपालमा सरकार परिवर्तन हुँदो विदेशीले सुविधा लिने गरेको दृश्य र परिदृश्य देखापरेका छन् । जब नेताहरुमा राष्ट्रियताको सवालमा एकमतको धारणा बन्दैन तबसम्म नेपालका सम्पदाहरुको दोहन गर्ने नजर विदेशीहरुको लागिरहने छ । समयमा सचेत बनौा । राष्ट्र र राष्ट्रियताको ख्याल गर्ने समय छ ।