गुरुप्रसाद शर्मा रेग्मी
नेपालका बासिन्दा हामी नै नेपाली हौा । हामी कसरी नेपाली भयौँ भन्ने कुरा जसले नेपाल अधिराज्य बनाउको थियो, उसैले हामीलाई नेपाली बनाएको हो भन्ने कुरा आफूलाई जन्म दिने आमाबाबुलााई वृद्धाश्रममा लगेर राख्ने वर्तमानका छोराछोरीजस्तै यो देशका नेता उकाले यसो अवस्था हुन गएको हो । विगतमा भारतलाई आफ्नो अधिनस्थ गराउनसक्ने बेलायतले नेपाललाई अधिनस्थ रगाउन नसकेपछि शाह वंशको विरोधमा जंगबहादुर राणालाई उचालेर राजसंस्थाबाट कार्यकारिणी अधिकार जंगबहादुरलाई सुम्पिएको थियो ।
लामो अन्तरालपछि तिनै राणाको शासन हटाउन श्री५ नै अगाडि बढेर नेतृत्व दिँदा राणालाई हटाउने कार्यमा जनसमुदाय नै उर्लिएर अगाडि आयो । कसैसँग नगराउने दृढ भएर बसेकाले भारत, चीन जस्ता ठूला राष्ट्रलाई पनि गरेको गल्ीमा सरी भन्न पठाउने नेपाल र नेपालीलाई अलिेका नेताहरुले गर्दा कति बेइजत र अपमानित हुनुपरेको छ ? एउटा नेपालीलाई देसीले ‘किनता मैला है भनेको सुनेपछि देख्यौ यी देसीले पनि मलाई चिन्दारहेछन् माहिला–माहिला भन्दछन्’ भनेझौ हाम्रो देशका नेताले आफ्नो बेइजतलाई पनि इज्जत भएको सम्झिरहेका छन् । यस्ता नेताहरु भएपछि देशले उन्नतिको पथ समाउन कसरी सक्दछ ।
यतिबेलाका राजनीतिक दलका नेताहरुले राजनीतिलाई पेसा बनाएर व्यवसाय गर्न थालेकाले यहाँ वनमा च्या उम्रिएझौ दलहरु उम्रने र सुक्ने गरेको अवस्था छ । सायद सबैभन्दा बढी दलहरु भएको देश यही नेपाल हो जसतो लाग्छ । यहँ जताततै दलैदल सरकारै सरकार, मन्त्री नै मन्त्री सांसद नै सांसद भएको अवस्थामा दलका नेताहरु पनि मन्त्री नै सरह तलवभत्ता सुरक्षा लिएर बस्न पाउने सायद संसारमा कहीँ यस्तो व्यवस्था छैन होला । देशको सेना सुरक्षाकर्मी, प्रहरी सबै नेताहरुकै सुरक्षमा खटिनुपरेकाले देश र जनताको जिउधनको कसले सुरक्षा गर्ने ? यसरी देश र जनता नै असुरक्षित हुनु परिरहेको छ ।
दलका नेताहरुको तलवभत्ता, ला र सुरक्ष के गर्दा राष्ट्र सेवकर्ला तलव दिन नै विदेशी सहायता लिनुपर्ने अवस्था भएपछि विकास निर्माणका कुरा अगाडि बढ्ने कुरा कति सम्भव हुन्छ । यसैले गर्दा दशौँ वर्षसम्म पनि योजना अधुरै रहनुपरेको छ । यो राष्ट्रको लागि यो भन्दा ठूलो दुर्गति अरु के हुनसक्छ ? आपसमा म ठूलो नेता भनेर देउवा, प्रचण्ड, ओली, माधव, यादव, बाबुराम आदि नेताहरु लड्ने गदछन् । कसले कुन राम्रो काम गरेर ठूला नेता भए भन्न कसैले सक्दैनन् ।
यिनले गरेको भ्रष्टाचार, तस्करी, अनियमितता, गैरकानुनी काम गर्ने, सरकारी जग्गा आफ्ना झोलेलाई बाँड्ने र सुकुम्बासीको नाम दिने, देशमा भएका साना, ठूला उदोगहरु बेची खाने, नयाँ उद्योग खोलेर रोजगार जुटाउनेतर्फ नलागेर युवा नेपालीलई रोजगारको लागि विदेशमा पठाउने, बहादुरी देखाउने, कहिले द्वन्द्वको नाममा कहिले सुकुम्बासीको नाममा गरिब जनालाई मार्ने र आफू सम्पन्न हुने काम नै नेताहरुको भएकाले चप्पल किनेर लाउन नसक्ने पनि नेता बनेर करोडौँको भवन बनाएका छन् । प्राडो चढेर हिड्न थालेका छन् ।
गरिबको जविनस्तर उकास्न विदेशबाट आएको सहयोगले नेताहरु नै मोटाएका छन् । गरिब त झन गरिब भएर बस्नुपरेको छ । यति मात्र होइन, यी नेताहरुले हामी धर्म, संस्कृति, स.सकार, परम्परा, मूल्य, मान्यता सब हटाइदिएर हामी नेपालीको पहिचान नै लुप्त बनाउनको लागि नेताहरु नै इसाई धर्मावलम्बीहरुको झोले बनेर गरिब जनतालाई पैसा दिएर नेताहरुर्ला राजनीतिक र चुनावी खर्च दिएर आफ्नो दलाल बनाएका छन् ।
यिनैले राष्ट्रिय ढुकूटी र राष्ट्रिय सम्पत्तिको दुरुपयोग गरिरहेका छन् । यो देशमा सरकार छ, न्यायालय छ, सुरक्षाकर्मी छ, सबै छ तर भएको अनुभूति गर्न जनताले कहिल्यै पाएन । यहाँ भोक मेटाउन चोरी गर्नेलाई दण्ड सजाय हुन्छ तर राष्ट्रिय ढुकूटीमा डकैती गर्नेलाई यहाँ फूलमालाले स्वागत गरिन्छ । यस्ता गरिबमारा सामन्ती नेताहरुलाई नेता भन्नु र मान्नुको कुनै अर्थ भएजस्तो लाग्दैन ।
नजिकैबाट गिद्धेदृष्टिले हेरिरहने यो हाम्रो देशको अवस्था के होला ? सरकारले के गर्दैछ ? गणतन्त्रमा अनुशासनहीनताको अवस्था नहुनुपर्ने हो । व्यक्तिगत उच्छृंखलता र मनोमानीको व्यवहार गर्ने अधिकार गणतन्त्रमा नहुनुपर्ने हो तर राजनीतिलाई व्यवसाय बनाएका नेताहरुले बढी नाफा बनाउने उद्देश्य पूरा गर्न त्यसैलाई अंगीकार गरेकाले यतिबेला गणतन्त्रको जीवन पद्धति नै नेताहरुले रहन दिएका छैनन् । साम्यवाद र पुँजीवादको नाममा गरिँदै आएका आन्दोलन दंगा, अपहरण, राजनैतिक हत्या, आतंकवादी घटना बलात्कारजसा जो काम नेताहरुले आफ्नो झोले भ्रातृसंगठनका आपराधिक मननस्तिष्क भएका मानिसबाट गराइरहेका छन् ती वास्तवमा गणतन्त्रको कलंक हो ।
हाम्रो देशको गणततान्त्रिक व्यवस्थामा नेपाल र नेपालीको पहिचान नै हराइदिन यो देशका नेताहरु नै विदेशीका दलाल बनेर सत्तामा बसेकाले देश आज यो स्थितिमा पुगेको हो । यही अवस्था पनि रहने हो भने भारत पाकिस्तान र आफ्गानीस्तान भएझैँ नेपाल पनि टुकडामा विभक्त हुन जाने हो कि भन्ने भय र त्रासले नेपाली जनतालाई ससंकित हुनुपरेको छ ।
नेपाल भारतको उटा प्रान्तभन्दा पनि सानो छ तर नेपालका सांसद भने भारतकाभन्दा पनि धेरै छन् । गणतन्त्रले प्रान्त र स्थानीय खर्चमा समेत अथाह बढाइदिउको छ । नेताहरुले खर्च मात्र बढाइदिएका छन् तर आम्दानी बढाउनेतर्फ कसैको चासो देखिँदैन । मन्त्रीको संख्या बढाउने झोलेहरुलाई पदको व्यवस्था गराउनेमा मात्र नेताहरुको ध्यान केन्द्रित हुन्छ । यस्तो अवस्थामा देशको समुन्नति कसरी हुनसक्छ ।
भर्खरै सम्पन्न भएको स्थानीय चुनाव प्रान्तीय र केन्द्रीय चुनावले राजनीतिक दलप्रतिको वितृष्णा उजागर भएको छ । दलप्रतिको आस्था र निकाय हराएको छ । नेताहरुले हामीले जितेर आयौँ भनेर नभने हुन्छ । यो उनले जितेको होयन उनको भ्रष्टाचार गरेर कमाएको अकूत पैसाले जिताएको हो । यो चुनावले निश्चय पनि जोश र जाँगर भएका युवाहरुलाई सबै दलमा अगाडि सारेको छ । त्यसकारण युवाहरुले राजनीतिक धरातलभन्दा माथि उठेर देशको शासन व्यवस्थामा सुधार गरेर एउटा सिस्टम बसालनेछन् ।
नेपाल र नेपालीको पहिचानलाई ध्वस्त पार्न खोज्ने दलका नेताहरुको मुखमा कालोमसी दलेनछन् । युवाहरुले कानुनी राज्य स्थापना गर्न र भ्रष्टाचार मुक्त शासन बनाउन केही गर्छन् कि भन्ने जनतामा आशा पलाएको छ । जनताको यो आशालाई मूर्त रुप दिन युवा जमा सक्रिय भयो भने यो देशले काँचुली फेर्न धेरै समय लाग्ने छैन ।
एउटा बालेन शाहले भ्रष्टाचारी हुकुम्बासी सरकारी जग्गाको दुरुपयोग गर्नेमाथि जो सिर्जनशील र प्रेरणादायी काम गरिरहेका छन् त्यो देखेका युवाहरुले पनि आफूलाई देश र जनताको लागि मरिमेट्ने राजनीतिक नेता बनाएर हराएको आस्था र निष्ठा जगाउनेछन् भन्ने जनताको आशा बौलाउन दिने छैनन् । वास्तवमा भन्नुपर्दा सयौँ वर्षपछि समय र परिस्थितिले युवाहरुलाई पृथ्वीनारायण शाहको समक्ष पुग्ने अवसर दिएको छ । यो अवसरलाई युवाहरुले गुमाउने छैनन् भन्ने कुरामा जनतामा आशा पलाएको छ ।