भुवन पोख्रेल
हवाई मार्गलाई यातायातको सबैभन्दा सुरक्षित माध्यम मानिए पनि माघ १ गते पोखरा उडेको यति यअरलाइन्सको एटिआर ७२ बिमान सेती नदीको खोचमा अकल्पनीय दुर्घटना हुँदा नेपालको आन्तरिक उडान इतिहासमै अपुरणीय क्षति व्यहोर्न पुगेको छ । ७२ जना यात्रु सवार हवाई दुर्घटनाले जनधनको गम्भीर क्षति मात्र भएन, यसले एकसाथ थुप्रै प्रश्न चिह्न खडा भएका छन् । मौसम अनुकूल हुँदाहुँदै पनि किन विमान सुरक्षित अवतरण हुन सकेन ?
मन्त्रिपरिषद्ले दुर्घटनाबारे छानविन गर्न पूर्व सचिव नगेन्द्र घिमिरेको नेतृत्वमा पाँच सदस्यीय ‘आयोग तत्काल गठन गरेको छ । विज्ञसहितको आयोगले पक्कै पनि उचित छानविन सहितको प्रतिवेदन सरकारसम्म पेश गर्ला तर यसमा त्यति जनता विश्वस्त हुन सक्ने छैनन् । यस अघिका थुप्रै प्रतिवेदनले अक्सर गरी मानवीय कारण अर्थात् दुर्घटनामा दिवंगत भइसकेका पाइलट, कोपाइलटलाई दोष थोपरेर अरु पानीमाथिको ओवानो बन्ने तीतो यथार्थ हामीले भोग्दै आएका छौँ ।
यसपटकको दुर्घटनामा मौसम खराब थियो भनी उक्कने पनि ठाउँ देखिँदैन । यस्ता खालका प्रतिवेदन आउँदा कतिले त अन्तर्राष्ट्रिय जाँच टोली नै बनाउन माग गरेका छन् । कसैको दबाब प्रभावमा नपरी सत्य–तथ्य छानविन हुनुपर्छ । बारम्बार हुने हवाई दुर्घटनाले के नेपाली आन्तरिक उडान भर्ने सबै विमान थोत्रा र चल्न योग्य छैनन् त भन्ने प्रश्न चिह्न खडा भएको छ । पछिलो यो दुर्घटनाले उड्ययन सुरक्षामा आमूल सुधारको खाचो टड्कारो रुपमा खट्किएको छ । के विमान कहिल्यै पुराना नहुने हो, खाली बनेको मिति मात्र पुरानो हुँदै जाने हो ?
विमानलाई चुस्त–दुरुस्त राख्नका लागि उडान् भर्नुभन्दा अघि चेकजाँच, परीक्षण, मर्मतसम्भार र मापदण्डको पालना हुनुपर्ने होइन र ? नेपालमा प्राविधिक परीक्षण भए नभएको अनुगमन भएको छ वा छैन ? एयरलाइन्सहरुले चालिहाल्छ नि भन्ने कामचलाउ शैलीमा गैरजिम्मेवजारीको उपजका रुपमा यसता गम्भीर प्रकृतिका दुर्घटना भएका त होइनन् ?
सेवाप्रदायक र नियामक निकाय अलग–अलग बनाउन नसक्ने र विधेयक स्वार्थ समूहहरुको चलखेलका कारण संसदमा अघि बढ्न नसक्नुले थुप्रै आशंका गर्ने ठाँ देखिन्छ । यक्षप्रशन उडान सुरक्षाको हो । यस्ता घटनाबाट पाठ सिकनेर सरकारले शोकलाई शक्तिमा बदल्दै आजकै मितिबाट दृढसंकल्प थाल्नुपर्छ । नेपालजस्तो भाौगोलिक रुपमा विकट मुलुकको सडक यातायात नपुग्ने ठाउँमा एउटा मात्र विकल्प हवाई यातायत हो ।
यसरी बारम्बारको प्लेन क्रासका घटनाले प्लेनमा सवार यात्रु र तिनका आफन्तहरु विमानमा चढेदेखि सुरक्षित अवतरण नहोउञ्जेल घुकचुक भइ डर र तनावमा बस्नुपर्ने अवस्थाको सिर्जना भएको छ । आन्तरिक असुरक्षित हुँदा त्यसको प्रत्यक्ष असर मुलुकको आन्तरिक तथा बाह्य पर्यटनमा पर्न जान्छ । हवाई यात्रालाई आफैमा नियमित नियति बन्नबाट सरकारले रोक्न सक्नुपर्छ र सबैले ढुक्कसँछ यात्रा गर्नसक्ने वातावरण सिर्जना गर्नुपर्छ । सबैका लागि यस क्षेत्रलााई विश्वसनीय बनाउनका लागि ठोस सुधारको खाचो देखिएको छ ।
नेपालमा भएको यतिको विमान दुर्घटनाको मुलुकले ठूलै मूल्य चुकाउनुपर्ने भएको छ । भारतीय समाचार संस्था जी–न्यूजले नेपाली एयरलाइन्सलाई युरोपले निषेध गर्नुका कारण उल्लेख गर्दै आगामी दिनमा कालोसूचीबाट हटाउने प्रयासलाई यस दुर्घटनाले थप कठिन बनाउने उल्लेख गरेको छ । धावनमार्ग टेक्न १८ सय मिटर नजिक पुगिसकेको विमान कोल्टिँदै पोखराको सेती नदीको खोचमा बजारिन पुग्यो । आफ्नो गन्तव्यमा पुगिसकेको कल्पनामा रमाइरहेको यात्रु ७२ जना पलभरमै आगोमा खरानी भएको हृदयविदारक, भयानक त्रासदीपूर्ण दुर्घटनाले देशविदेशका सबै सञ्चार माध्यमले ब्रेकिङ न्यूज बनाए ।
ती समाचारका दृश्यहरुले त्यो मृतकका आफन्तलाई मात्र चित्कार नभइ सम्पूर्ण देशबासी र विदेशी नेपालीको हृदय छियाछिया बन्न पुगेको छ । सरकारका लागि ७२ जना केवल अंकगणितीय संख्या हुनसक्ला तर दिवंगतका परिवारको जीवनमा आएको खालीपन र एकांकीपनको हिसाबकिताब संख्यामा गणना गर्न सकिँदेन । सरकारले यस्ता दुर्घटनाका कारण मुलुकभिको हवाई उडानको आन्तरिक छवि त गुमाइसकेको थियो तर अब देशले आफ्नो अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले नेपाली आकाशको असुरक्षाको विषयलााई केनद्र बनाएर समाचार छापिसकेका छन् ।
अंग्रेज पाठकले व्यापक पढ्ने समाचार एजेन्सी सिएनएनले यति एयरलाइन्स दुर्घटनाले नेपालमा उड्नुको खतरालाई उजागर गरेको छ । ब्लुम वर्गले घातक विमान दुर्घटनाको कारण नेपालको सुरक्षा रेकर्ड झनै खराब देखाएर लेखेको छ । के नेपालको भूवनोटबाट मात्र खराब हवाई सुरक्षाको कारण हो भनेर इण्डियाका अनलाइन खबरहरुले प्रश्न चिह्न खडा गरेका छन् । नेपालका पाहड देखाएर हवाई सुरक्षाका हाम्रा नीतिगत कमजोरी देशका नागरिकसँग लुकाउन सकिएला तर यसमा चासो राख्ने अन्तर्राष्ट्रिय निकायहरुको मुख टाल्न सकिँदैन ।
यो विभत्स दुर्घटनामा नेपाली नागरिकका साथसाथै १५ विदेशी नागरिकको पनि मृत्यु भएको छ । त्यसको मूल्य नेपाली पर्यटनले चुकाउनुपर्ने नै छ । सरकारले दुर्घटनामा दिवंगत आत्माको चीरशान्ति गर्दै श्रद्धाञ्जलीको भावर्पूा शब्दहरु व्यक्त गर्दै एक दिन सार्वजनिक बिदा दिएर दायित्व पूरा हुँदैन । नेपालको हवाई तथा सडक सुरक्षाको नीतिमा भएका समस्या र समाधानका उपायहरु खोजनमा समय खर्चनुपर्छ ।
नागरिक उड्ययन प्राधिकरण नियमनकारी निकाय हो भने हाम्रा विमानस्थल सेवाप्रदायक निकाय हुन् तर यी सबै एकै व्यक्तिको नेतृत्वमा रहँदा त्यसले निष्पक्ष कार्य सम्पादन गर्नेमा शंका सधैँ रहन्छ, त्यसैे पनि अन्तर्राष्ट्रिय स्तरमा नेपालको वायुसेवाको स्तर खस्किएको हो । सरकारले गठन गरेर बनाएका समिलिे गरेको अनुसन्धानको क्षमतामाथि आइकाओको अडिट रिपोर्टले शंका गर्न भर दिन्छ । नेपालले त्यसलाई अन्त्य गर्न हवाई दुर्घटना माथि गतिलो अनुसन्धान गर्नसक्ने अन्तर्राष्ट्रि एजेन्सीलाई जिम्मा दिन सक्छ ।
यातायात सुरक्षा अहिले सरकारको प्राथमिकताको क्षेत्रमा पर्नसकेको छैन । जसको सुन्न विवश छौँ, हामी नेपाली । हरेक नागरिकको जीवन अमूल्य छ । त्यसर्थ हरेक नागरिकको जविनको मूल्य राज्यको नजरमा एउटै हुने हो भने सडकमा हिड्दै गर्दा, बसमा यात्रा गर्दा, मोटरसाइकल दुर्घटनामा मारिने सबैको सुरषाको अधिक्तम प्रयास राज्य तहबाट हुनुपर्छ । व्श्वि बैंकको तथ्यांकअनुसार सडक दुर्घटनाले नेपालको मृत्यु दरको २ दशमलव ९ प्रतिशत हिस्सा ओगट्छ ।
पारिवारिक वियोग जहाजमा उड्ने र गाडीमा गुड्ने दुवै नागरिकले भोग्नुपर्छ, शोक र वियोगको पीडा सबैको एउटै हो । शोकको डिग्रीलाई उड्ने र गुड्नेले फरक पार्दैन । हवाई यात्रा सबै यातायातका साधनमा सबैभन्दा सुरक्षित मानिने यात्रा हो तर नेपालको हकमा यो पनि अपवाद बन्न पुगेको छ । आइततवार यातायात सुरक्षित बनाउनलाई भोलिबाटै काम थाल्ने घोषणा गरेका गृहमन्त्री सोमवार मन्त्रालय बाँडफाँको छलफलमै व्यस्त देखिन्थे । घटना हुनासाथ झस्किएर तातो लागे पनि विस्तारै घटना सेलाउन पुगदा नियामक निकाय र राज्य पनि सेलाउँदै गएको विगतका घटना क्रमले बताउँछन् ।
आफ्ना नागरिकलाई चराचुरुङ्गी र किराफट्याङ्ग्रा जति पनि नमाने पनि देशको अर्थतन्त्रको मेरुदण्ड पर्यटन व्यवसायले मुलुकको कायापलट गर्ने मेरुदण्ड पर्यटन व्यवसायले मुलुकको कायापलट गर्ने सपना बाँड्नेहरुले राजनीतिकर्मी, प्रशासक, नीति निर्माता आदिले मुलुकलाई देखाउनकै लागि भए पनि आवश्यक ठाउँमा नीतिगत र संस्थागत सुधार गर्नका लागि हात कमाउनु हुँदैन । बनेका नीतिनियमको कार्यान्वयनले धेरैको ज्यान जोगिन सक्छ ।
नेपालले लाखौँ पर्यटकहरु पोखरा भिœयाउन ऋण लिएर अन्तर्राष्ट्रिय विमानस्थल बनाएको छ । भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलको सफलताको रिमोर्ट भारतको हातमा छ । यसतो अवस्थामा गर्न सकिने सुधारमा सरकारको तत्परताको आवश्यकतता छ । वल्र्ड बैंकको एक रिपोर्टअनुसार सडक यातायातको असुरक्षा नेपालको जिडिपी घटाउने एउटा कारक हो ।
मन्त्री रविन्द्र अधिकारी चढेको हेलिकोप्टर दुर्घटना हुँदा उनले ठाउँकोठाउँ ज्यान गुमाए । त्यसबेला पनि आयोग गठन भयो । त्यसले छानविन गरेर सरकार समक्ष प्रतिवेदन बुझायो । यहाँ मन्त्री मर्दा त छानविन गरेर दिएको रिपोर्ट लागू हुँदैन, झन आम मान्छेको त के औकात छ र यो देशमा भन्ने र मान हुन्छ । प्रचण्ड सरकारले यदि चुनौतीलाई सामना गर्ने अवसरको रुपमा लिने हो भने मुलुकमा भएका वेथिति निर्मुल गर्नसक्ने सामथ्र्य जुटाउनुपर्छ ।
मुलुक बनाउने हुटहुटी प्रचण्डलाई हुनुपर्छ । सबैको समर्थन पाउनलाई प्रधानमन्त्रीले आम जनताको चाहनारहित अनुसार चल्नुपर्छ न कि स्वार्थ समूहको । सिंहदरबारलााइृ कर्मशील थलो बनाउँदै राइटम्यान इन राइट प्लेसको अवधारणालाई आतमसात गर्नुपर्छ । पोखरामा आइतबार भएको विभत्स र कहालिलाग्दो हवाई दुर्घटनाले सारा नेपालीलाई चिन्तित मात्र बनाएको छैन कि विमान, गाडी, कण्डिशनमा छन् कि छैनन् ? यो दुर्घटनामा ७२ जनाले ज्यान गुमाएपछि मुलुकभर हलचल भएको छ ।
मुलुकको आन्तरिक हवाई उडानमा यतिधेरै देशबासी स्तब्ध छन् । यो घटना पहिलो पटक भए पनि यसता प्रकृतिका दुर्घटना बारम्बार दोहोरिरहेका छन् । दुर्घटनापछि छानविन समितिहरु बनने गर्दछन् । यिनले रिपोर्ट के दिन्छन्, चासोको विषय हो तर यस्ता रिपोर्ट सम्बन्धित बन्दकोठाभन्दा बाहिर आउँदैनन् । त्यसपछि शंकाको घेरा ब्ल्याकबक्सतर्फ बढ्छ ।
केही न केही अवशय मसला बन्छ । ब्ल्याकबक्समा भएको कुराको तर यथाार्थ कुरा कहिल्यै पनि भनिँदैन । त्यो हो पुराना र थोत्रा जहाज स्वभावैले कण्डिशनमा छैनन् वा हुँदैन पनि । नेपालमा ल्याइने विमान सबै सेकेण्डह्याण्डमात्र नभइ निकै पुराना र थोत्रा बीसौँ वर्ष पार गरिसकेका हुन्छन् । यन्त्र नै कमजोर भएपछि मानवीय त्रुटिमा मात्रै कति दिन अलझेर बस्ने ?
नेपालमा भएका हवाई दुर्घटनामा एउटा पनि छानविनमा छानविन समितिले जहाजको प्राविधिक गडबडीबारे प्रश्न उठाएको थियो भन्ने कुरा बाहिर ल्याइँदैन । मानौ सबै जहाज ठिकठाक छन्, कण्डिशनमा छन्, बरु मानवीय कमजोरी वा चालकमा त्रुटि वा गडबडी छ, मौसम खराब छ, भूबनोट खराब छ जस्ता नचाहिने कुराको हल्लाखल्ला र चाहिने इन्फर्मेशन गायव गर्दै जाने प्रवृत्ति मौलाउँदै जाने हो भने कहिल्यै पनि समस्या समाधान हुने छैनन् । अब अतिभयो, सत्यतथ्य यथार्थ बाहिर आउनुपर्छ, अब हामी सुध्रिनै पर्छ । जहाजको प्राविधिक परीक्षण गरौँ, पुराना जहाज हटाऔँ, मापदण्डको पालाना गरौँ, नागरिकको जिउज्यानमाथि खेलवाड नगारौँ ।
नेपालको हवाई उडानले व्यहोर्दै आएका समस्या बेलैमा सुल्झाउँदै जानसक्यौँ भने चालक, यात्रु, आफन्त र सर्वसाधारणको मनोविज्ञान तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पर्न जाने मनोवैज्ञानिक असर केही हदसम्म कम गर्दै आफ्नो राष्ट्रिय मात्र नभइ अन्तर्राष्ट्रिय स्तरमा भएको छवि सुधार्न सकिएला । हवाई उडानका अवश्य पनि मापदण्ड छन् । ती मापदण्ड कागजमा मात्र सीमित छन् । यसले नागरिकको जिउधन सुरक्षाको उपहास गरिरहेका छन् । किनकि ती व्यवहारमा लागू हुनसकेका छैनन् ।
सरकारका लागि कर उठाउन पाए पुग्यो, मापदण्डको ख्यालै छैन । जघन्य दुर्घटना हुन्छ, प्रतिवेदन आउँछ, दिन बित्दै जान्छन्, घटनाको प्रकृति फेरिन्छ, नयाँ घटनाक्रम अघि बढ्छ । पुरानो मत्थर हुँदै जान्छ, सरकारको नजरमा । नयाँ घटनाले प्राथमिकता पाउँछन्, पुराना सेलाउँदै जान्छ तर घटनाको क्षति व्यहोर्नु परेका आफन्तजन र परिवारको छातीमा सल्केको वियोगको आगो निभेको हुँदैन । त्यो पीडाले खरानी बनाइरहेको हुन्छ ।
सर्वसाधारण जनताले देखेको भोगेको र अनुभव गरेजस्तो प्रतिवेदनको रिपोर्ट आउँदैन । अनुसन्धानकर्ताका आँखा र सर्वसाधारणका भोगाइको तारतम्य कहिल्यै मिल्दैन । रिपोर्ट दक्ष प्राविधिकले अनुसन्धान गरेर लेख्ने हो । अदक्ष जनताका आँखाले, विमान ओल्टोकोल्टो पर्दै आकाशमा उडेको देखेको भरमा विमानको यान्त्रिक गडबडी पो थियो कि भन्ने लाग्नसक्छ तर दक्ष प्राविधिकको अनुसन्धानले विमान चालकको मानवीय कमजोरी पनि देखाउनसक्छ । चाहेजस्तो घटनाक्रम भए पनि सत्य–तथ्य छानविन गरी यथार्थ हामी जनतामाझ आउने वातावरण तयार पार्नुपर्छ । सही रिपोर्टले सम्भावित दुर्घटना कम गरी कैयौँ जिउज्यानको सुरक्षा गर्न सकिन्छ ।
पोखाराबासीलाई मात्र नभइ जहाज दुर्घटना, त्यसमा सवार ७२ जना यात्रुको विभत्स दुर्घटनाले भएको मृत्युको खबरले स्तब्ध र विक्षिप्त तुल्याएको छ । सञ्चार माध्यममा देखाएका दृश्य हेर्ने आँटसम्म पनि आएको छैन । शवहरु कुनैको टाउको छैनन्, कुनैको हातखुट्टा छैनन्, कसैको जिउ छैन । क्षतविक्षत छन्, सनाखत गर्न मिल्ने शव एकदमै थोरै छन् । कतिपय शव डिएनए परीक्षण पछि मात्र सनाखत गर्न मिल्नेछन् । आगामी दिनहरुमा यसता प्रकृतिका दुर्घटना नदोहोरिउन । जहाजहरुको प्राविधिक परीक्षण होस्, पुराना थोत्रा जहाज खरिद नगरौँ । मनवीय जिउज्यानको सुरक्षाका लागि सरकारी निकायले नीतिनियमको पालनामा जोड दिऔँ ।