शिवराज खनाल
देउखुरी,२ माघ । लुम्बिनी प्रदेशकाे सभामुख र उपसभामुखकाे मनाेनयन दर्ता भएकाे छ । प्रदेश सभा सचिवकाे कार्यकक्षमा सभामुखकाे मनाेनयन दर्ता भएकाे हाे । सभामुखमा नेकपा माअाेवादी केन्द्रबाट तुलाराम घर्ती र उपसभामुखका लागि राप्रपाकी मेनुका खाँडको मनाेनयन दर्ता भएकाे हाे ।
सभामुखकाे प्रस्वाकमा एमालेका नेता तथा प्रदेश सभा सदस्य भूमिश्वर ढकाल र मा राप्रपा संसदिय दलका नेता अाशिषकुमार चाैधरी समर्थक रहेका छन ।
उपसभामुख प्रस्तावकमा नेकपा माओवादी केन्द्रका नेता तथा प्रदेश सभा सदस्य इन्द्रजित थारु र समर्थकमा जनमत पार्टीका संसदिय दलका नेता चन्द्रशेक गुप्ता रहेका छन ।
मनाेनयन दर्ताकाे समय बेलुका ५ बजे सम्मलाइ दिइएकाे छ । नेपाली कांग्रेसले भने सभामुख र उपसभामुखकाे लागि अझै मनाेनयन दर्ता गरेकाे छैन । भाेली सभामुख र उपसभामुख चयनका लागि निर्वाचन हुने प्रदेश सचिव दुर्लभकुमार पुनले जानकारी दिएका छन् ।