माघीमा रैथाने खाना

गोरक्ष समाचारदाता
तुलसीपुर, १ माघ । तुलसीपुरमा नेपाली रैथाने खाना कार्यक्रम –२०७९ सम्पन्न भएको छ । दाङ जिल्ला पर्यटन प्रवद्र्धनका लागि माघीको अवसरमा रैथाने खाना कार्यक्रम भएको हो ।

तुलसीपुर होटल व्यवसायी समितिको आयोजना तथा तुलसीपुर उपमहानगरपालिका र पाल्पाली पोलिक्निीक प्रालिको मुख्य प्रायोजनमा भएको कार्यक्रममा बोल्ने बक्ताहरूले रैथाने खाना तथा परिकारहरू पछिल्लो समयमा हराउदै गएको भन्दै त्यसको जगेर्ना गर्नुपर्ने बताएका थिए तुलसीपुरको समिक्षालयमा भएको कार्यक्रममा जिल्लाको रैथाने खानालाई वजारीकरण गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको र यसले पर्यटन प्रवद्धन समेत हुने सहभागीहरूको भनाई थियो ।

तुलसीपुर होटल व्यवसायी समितिका अध्यक्ष इन्द्रबहादुर बस्नेतको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै नगरप्रमुख खड्काले संस्कार र संस्कृति सवैले जोगाउनुपर्ने भन्दै दाङको रैथाने खाना केहोत भन्दा सहजै अनेत्रबाट आएकाहरूले पनि खानपाउने गरि रैथाने बचाउन लाग्नुपर्ने बताए । ‘दाङको रैथाने खाना केहोत सिन्की, सिमठारोको चामल अन्य कुनै चिज त्यसलाई पहिले पहिचान गरौ उनले भने ।’

खड्काले थकाली, तथा अन्य खाना जस्तै यहाँ आउनेले पनि रैथाने दाङको खाना पाउने अवस्थाको श्रृजना गर्नुपर्ने बताए । उनले दाङको पहिचान खुल्ने खाना रैथाने बनाउनुपर्नेमा जोड दिए । होटेल व्यवसायी महासंघका केन्द्रिय सदस्य तथा तुलसीपुर होटल व्यवसायी समितिका सल्लाहकार नेत्रलाल वलीले आफुहरूको प्रमुख उद्धेश्य भनेको पर्यटन प्रवद्धन रहेको भन्दै यहाँ राम्रो होटल छैन भनेर अनेत्र जाने प्रथालाई रोक्नु पर्ने बताए ।

उनले पछिल्लो समयमा युवा पुस्ता होटल व्यवसायी तर्फ आक्रसण भएको भन्दै यहि स्वरोजगारी गराउन तर्फ सवै लाग्नुपर्ने बताए । उनले पहिलो कासका थाल बेचेर टिनका थालहरू किन्ने गरेको भन्दै पछिल्लो समयमा रैथाने तथा परम्परागत बस्तु र खानामा सवै फर्केको बताए । ‘हाम्रो पुर्खाले गरेका कुराहरू ठिक छन् लोप हुुदै आएको नेपाली रैथाने खानाको प्रचार प्रसारसंगै पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने हाम्रो विश्वास छ’, उनले भने ।

तुलसीपुरमा हाल १४ सय बढी होटल व्यवसायीहरू भएपनि साढे ३ सय जतिमात्र दर्ता प्रकृयामा आएको भन्दै उनीहरूलाई व्यवस्थीत र दर्ता प्रकृयामा ल्याउन समेत यस कार्यक्रमले सहयोग पुग्ने बताए । त्यस्तै तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले राज्यले होटल व्यवसायीहरूलाई हेर्ने दृष्टि कोण फरक भएको भन्दै होटल व्यवसायीहरू पनि आर्थिक विकासका मेरुदण्ड हुन भन्ने मान्यताका साथ सवैले सहयोग गर्नु पर्ने बताए । ‘हामीहरू सचेत र सजग

इमानदार भएमा कसैले पनिकेहि गदैन’ उनले भने । तुलसीपुर क्षेत्रका ८ सय बढी होटल व्यवसायीहरू,विभिन्न क्षेत्रका अन्य व्यवसायीहरू, राजनितिज्ञ, पत्रकार तथा सरोकारवालाहरूको सहभागिता रहने अपेक्षा गरिएको कार्यक्रममा दाङ र पहाडि भेगको खानलाई समेटने गरि माघीमा ढीग्री, खिचडी भटमास र सिन्कीको झोल, खसिको खुट्टाको झोल, कुखुरा साधेको, आलुभाङको अचार मोही लगायतका परिकारहरू कार्यक्रममा अथितिहरूलाई खुवाएका समितिका महासचिव तुफान केसीले जानकारी दिएका छन् ।

समितिका उपाध्यक्ष दोर्ण आचार्यको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रममा प्रजातान्त्रीक उद्योगी व्यवसायी समितिका अध्यक्ष जनक खराल, तुलसीपुर चेम्मर्स अफ कर्मशका अध्यक्ष टोपबहादुर घर्तीलगायले बोलेका थिए । कार्यक्रममा विभिन्न जातजातिहरूको नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रमको सहजीकरण सल्लाहकार प्रेमप्रकाश मल्लले गरेका थिए ।