उद्यमशिल कृषि बहुउद्देशीय सहकारी संस्थाको अध्यक्षमा शर्मा

घोराही, ३० पुस । उद्यमशिल कृषि बहुउद्देशीय सहकारी संस्था लमहीको १६ औँ वार्षिक साधारण सभा शनिबार घोराहीमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष शंकर गौतमको अध्यक्षतामा भएको वार्षिक साधारणसभा कार्यक्रमको उद्घाटन संस्थाका संस्थापक अध्यक्ष माधवप्रसाद शर्माले गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका शर्माले यस सहकारी संस्थाले कृषि र पशु पालनलाई व्यवसायीकरण गर्नका लागी महत्वपुर्ण भुमिका खेलको बताउनु भयो । देउखुरी क्षेत्रका किसानले यस संस्थासँगको सहकार्यले जिवनलाई परिवर्तन गर्न सफल भएको बताउनु भयो ।

कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष धुर्वकुमार श्रेष्ठ, पूर्वसचिव तथा जिल्ला सहकारी संघ दाङका सदस्य हरीप्रसाद शर्माले शुभकामना मन्तव्य राख्नुभएको थियो । साधारण सभामा संस्थागत प्रतिवेदन सचिव घनश्याम अधिकारी र अर्थिक प्रतिवेदन कोषध्यक्ष टिकाराम पन्थले गर्नुभएको थियो । उपाध्यक्ष लक्ष्मी शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव अधिकारीले गर्नुभएको थियो ।

यसैविच संस्थाको १६ औँ वार्षिक साधारणसभाले लक्ष्मी शर्माको अध्यक्षतामा ९ सदस्यिय नयाँ कार्यसमिती चयन गरेको छ । जसको उपाध्यक्षमा पुस्पराज बेलबासे, सचिवमा विश्व अधिकारी र कोषाध्यक्षमा पुरूषाेत्तम आचार्यलाई चयन गरिएको छ । जसको सदस्यमा सरिता शर्मा, नरदमणी पोखरेल, कासी नेपाल, ध्रुवराज सुवेदी र दुर्गा पन्त रहनु भएको छ ।

साधारणसभाले टिकाराम पन्थको संयोजकत्वमा ३ सदस्यीय लेखा तथा सुपरिवेक्षण उपसमित गठन गरेको छ । जसको सदस्यमा हेमराज बन्जाडे र घनश्याम अधिकारी रहनु भएको छ । नवनिर्वाचित पदाधिकारी तथा कार्यसमितीलाई निर्वाचन समितीका संयोजक तथा संस्थाका पुर्व अध्यक्ष मधुसुदन वैद्यले सपथ ग्रहण गराउनु भएको थियो ।