संसदको बैठक र विश्वासको मत

 

शुभाष न्यौपाने

मंसिर ४ को चुनावले नयाँ सदन गठन ग¥यो
सप्तरंगी हुँदै रेसमा पूर्ण बहुमत कायम ग¥यो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले विश्वासको मत प्राप्त गरिसकेको छ । प्रचण्ड अहिलेसम्म गठन भएको सरकारमा सबैभन्दा प्रचण्ड बहुमत प्राप्त गर्ने सायद प्रचण्ड नै पहिलो प्रधानमन्त्री हुन् । सदनमा उपस्थित सांसद सदस्य संख्या २७० मध्ये प्रचण्ड सरकारको पक्षमा २६८ मत प्राप्त भयो । त्यसलाई कति भन्ने ? त्यसमा नेपाली कांग्रेसले दिएको विश्वासको मतलाई अर्थपूर्णरुपमा सबैले लिएका छन् ।

राष्ट्रिय, अन्तर्राष्ट्रियरुपसमा यसपालिको विश्वासको मतलाई सबैले नियालिरहेका छन् । नेपाली कांग्रेसले आज विश्वासको मत दिनु थियो भने हिजो प्रचण्डको आफ्ना ेप्रधानमन्त्रीको प्रस्तावलाई लिन समर्थन गरेन ? हिजो किन सोच्न सकेनन् ? राज्य नेतृत्वको सम्पूर्ण तहबाट विमुख भएर आज प्रचण्डलाई दिएको विश्वासको मतको के अर्थ छ ? के अब नेपाली कांग्रेसले कुनै भूमिका निर्वाह गर्न पाउँछ मुलुकमा ? नविचारेर गरेको निर्णयले यस्तै हविगत निम्त्याउँछ । नेपालको इतिहासमा असाधारण बहुमत प्राप्त गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालको सरकार कति भाग्यमानी र अभागी त्यो त घटनाक्रमले बताउँला ।

यसलाई राष्ट्रिय सहमति भनौ या नाटकीय सहमति ? यसलाई नेपाली कांग्रृसले पुष्टि गर्नुपर्ने हुन्छ । सरकारलाई विश्वासको मत दिने पार्टी कहिले पनि प्रतिपक्ष हुँदैन । जसको कारण भोट दिन्छ, त्यो प्रतिपक्ष हुँदैन । के अब नेपाली कांग्रेसले आफूलाई प्रतिपक्ष भन्न सुहाउँछ ? गुण र दोषको आधारमा विरोध र समर्थन गर्ने भनेको त कांग्रेसले लाज पचाएको मात्र हो । आजको सरकारले प्राप्त गरेको विश्वासको मतलाई राष्ट्रिय सहमतिको रुपमा लिन अलि मिल्दैन । कनिभने हिजो निर्वाचनमा जाँदासम्म एकथरि गठबन्धन थियो, निर्वाचन परिणामपश्चात् अर्कोथरि गठबन्धनबाट सरकार गठन भयो त्यो प्राकृतिक, अप्राकृतिक जस्तो भए पनि राष्ट्रिय सहमति चाहिँ होइन ।

वर्तमान संविधानको रक्षाका लागि यो सरकारलाई विश्वासको मत दिएको हौँ भन्छन्, नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव । त्यो त लाज पचाएको मात्र हो । आफ्नो हठका कारण केही समयसम्म हतास रहेको कांग्रेस अहिले आफूलाई सम्हाल्दै अगाडि बढ्का् विषय उपयुक्त नै भए पनि पार्टी सभापति देउवाचाहिँ असफल नेतृत्व हुन् । पार्टी विघटन तथा असफल नेतृत्वभन्दा उनको कुनै पनि ठाउँमा उनको भूमिका रहेन । आजको दिनमा नेपाली कांग्रेसका कार्यकर्ताले विपक्षीलाई भन्दा किन आफ्नै पार्टी सभापतिलाई सत्तोसराप गर्नुपर्ने दिन आयो ? के नेतृत्व भनेको जे मन लाग्यो त्यही गर्न पाउने संस्था हो ?

त्यहाँ समूह हुँदैन ? समूहको मत हुँदैन ? बहुमत र अल्पमत मात्रै सबै कुरा होइन । संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि मुलुकको राजनीति ठीक ढंगले अगाडि बढ्छ कि भन्ने आशा हुँदाहुँदै पनि मुलुक अगाडि बढ्न सकेको छैन । १ सय ६९ जना सांसदको समर्थनमा पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्ड निर्वाचनमा विजयी हुँदा नेपाली कांग्रेससँगको गठबन्धनमा थियो । तर अहिले उनी सरकार चलाउन ओली गठबन्धनको डायलमा छन् । नेपाली कांग्रेसले यस बेला दिएको विश्वासको मतको कनुै अर्थ छैन । किनभने प्रचण्डले विश्वास गर्छन्, ओलीको थाङ्नामा सुताउँछन् शेरबहादुरलाई ।

वर्तमान सरकारलाई दिएको विश्वासको मतले नेपाली कांग्रेसलाई न घर न घाटको बनाएको छ । नेपाली कांग्रेसले प्रचण्ड सरकारलाई विश्वासको मत दिए पनि कांग्रेस सत्तापक्ष चाहिँ होइन । नेपाली कांग्रेसले प्रचण्ड सरकारलाई विश्वासको मत दिने अवस्था आएपछि नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपाली कांग्रेसलाई शेरबहादुरजी पोखरीमा माछा छैन, जाल हाल्नु व्यर्थै छ भनेका छन् । यस विषयमा केपी ओलीको फरक अथवा कमसल सम्बोधन कमसल मानसिकताको कमसल उपज हो । नेपाली कांग्रेस सरकारलाई दिएको विश्वासको मतसँगै सदनमा हुने प्रमुख प्रतिपक्षीको हकसमेत गुमाउन पुगेको छ ।

उता, कांग्रेसले सरकारलाई दिएको विश्वासको मतले नेकपा एमाले केही सशंकित चाहिँ भएको छ । जसको कारण मौसम चिसो भए पनि राजनीतिक राप, तापचाहिँ चढ्दै गएको सबैले महसुस गरेका छन् । ९९.२५ प्रतिशतमाथिको विशवासको मत प्राप्त भैसकेपछि कतै पहिलो र दोस्रो ठूला दलको चेपुवामा सरकार पर्ने त हैन ? अर्थपूर्णरुपमा प्रचण्ड सरकारले प्राप्त गरेको प्रचण्ड विश्वासको मतले उनलाई कस्तो सुझाव तथा संकेत गरेको छ भन्ने बारेमा पनि प्रचण्डलगायत सबै नेताहरुले सोच्नुपर्ने हुन्छ । दाहालको अबको सरकारी यात्रा कति सहज, कति असहज, त्यसको बारेमा सबैले सोच्नु र मनन गर्नु अनिवार्य छ । त्यसमा पनि प्रचण्डले सोच्नु जरुरी छ ।

देउवा र ओलीले त सोचिसकेका छन् । प्रतिपक्षी दलको नेतासमेत बन्न नपाउनेगरी प्रचण्डको नेतृत्वको सरकाररलाई विश्वासको मत दिन ह्वीप जारी गर्ने शेरबहादुरले केही नबुझेर ह्वीप जारी गरेका हुन् ? त्यतै निर्देशन गरेका छन् ? त्यतिमात्र कहाँ हो र, नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले माघ ९ गतेसम्म आफ्ना सांसदहरुलाई उपत्यका नछाड्न समेत निर्देशन दिएका छन् । त्यो स्वाभाविक पनि हो । नेपाली सदनमा अहिले ठूलो दल त नेपाली कांग्रेस नै हो नि ? के ठूलो दल सत्ता बाहिर रह्यो भन्दैमा उसको कुनै अन्य भूमिका हुँदैन ? माघ ९ गते सभामुखको निर्वाचनको तालिका प्रकाशित भइसकेको हुँदा सोही अवसरमा उक्त कार्यलाई प्रभाव पार्ने, सहयोग गर्ने तथा नेतृत्व हत्याउने सबै खाले उद्देश्य हुनसक्छ ।

प्रचण्ड सरकारलाई विश्वासको मत दियो भन्दैमा नेपाली कांग्रेसले अन्य कुनै पनि भूमिकामा दावी गर्ने अधिकारबाट त वञ्चित हुँदैन नि ? विगतका प्रधानमन्त्री हुँदा सुटटाइमा ठाँटिने प्रचण्ड यसपटक दौरा सुरुवाल र ढाका टोपीमा सपथग्रहण कार्यक्रममा उपस्थित भएको कुरालाई कसरी लिने ? नेपालीले नेपाली बन्न पाउनुपर्छ, त्यसलाई सकारात्मक रुपमा लिने ? नेपालीले आफ्नो नेपाली पहिचान झल्काउनुलाई सकारात्मकरुपमा लिनुपर्छ । डा. अमरेश सिंह नेपाली कांग्रेसको सदस्य बन्न नपाउने अवस्था जसरी आयो, त्यो अत्यन्त दुःखद् छ ।

पहिलो र दोस्रो जो भए पनि उनीहरुको राजनीतिमा सत्तामोह हुनु स्वाभाविकै हो । नेपाली कांग्रेसले दिएको सरकारको विश्वासको मतलाई जसरी शंकाको घेरामा लिएको छ, त्यो अनुपयुक्त नभए पनि उपयुक्त चाहिँ होइन । राजनीति गर्ने सबै दल अथवा निकायले आफ्नो नेतृत्व खोज्नु कुनै असम्भव कुरा होइन । नेपाली कांग्रेसभित्र जसरी शेखर समूहले जस्तोसुकै असहज परिस्थिति निर्माण भएको भए तापनि आफूलाई जसरी सहजरुपमा रुपान्तरण गरेको भए तापनि देउवा समूहले उनीहरुमाथि गरेको व्यवहार र गतिविधि त्यति स्वाभाविक देखिएको छैन ।

जसरी नेकपा एमाले, नेपाली कांग्रेसले सरकारलाई दिएको विश्वासको मतबाट त्रसित छ त्यसैगरी आफूले बुद्धि नपु¥याउँदा आफ्नै दलका नेताहरुसँग सशंकित छन् । सबै विदेशी शक्तिहरु नेपाली राजनीतिप्रति केन्द्रित छन् । उनीहरुको पनि आफ्नो चाहना र आशय एउटा हुनु स्वाभाविकै हो । राजनीति र कुटनीतिमा अरुको चाहनालाई गलत भन्न मिल्दैन । तसर्थ आफ्नो राजनीतिलाई आफूले संहारेर हिँड्ने कोशिस गरौँ । अर्काको खोइरो मात्र खन्न खोजियो भने आफू कति गहिरो खाल्डामा पसेको छ त्यो थाहा हुँदैन । जसले जति फूर्ति गरे पनि जति नयाँ सरकार र संरचनाहरु तयार हुँदै गरेका छन्, उति–उति नेकपा माओवादी र नेकपा एमालेमा संशय र दुविधा उत्पन्न हुँदै गइरहेको छ ।

सत्ता साझेदार दलहरुले बिहीवार मन्त्रालय बाँडफाँड गर्ने भनेको भए पनि त्यसमा अझै केही स्पष्टता देखिएको छैन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफू ठूलो दल र साँचो आफ्नो हातमा लिएको देखाउन चाहन्छन् भने सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आफू मुलुकको सर्वोसर्वा प्रधानमन्त्री भएकाले आफ्नो अनुसार चल्नुपर्छ भन्ने धारणाका साथ गतिविधि गर्न चाहन्छन् । जसरी नाटकीयरुपले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफूले विश्वासको मत प्राप्त गरेको भोलिपल्टै नै जसरी बालकोटमा ओलीजीलाई भेट्न पुगे, त्यो पनि एउटा अर्थपूर्ण विषय हो ।

शेरबहादुर अर्थात् नेपाली कांग्रेसले प्रचण्डलाई दिएको विश्वासको मतको जसरी व्याख्या र विश्लेषण गरिन्छ तर एमाले र ओलीले दिएको मतप्रति ढुक्क भएको जस्तो देखिन्छ । किनभने शेरबहादुर नेपाली राजनीतिमा प्रचण्डसँग मिल्ने जात र वर्णका होइनन् । तर केपी ओली एउटै जात, वर्णका भए पनि त्यहाँ निश्चिन्तता छैन । केपी ओलीले त्यत्तिकै प्रचण्डलाई विश्वासको मत दिएर बोकेका हुन् ? जसरी नेपाली कांग्रेसले दिएको विश्वासको मतप्रति विभिन्न टीका–टिप्पणी र आलोचना पनि भयो, ओलीजीको पनि औकात र हैसियत त्यही हो ।

शेरबहादुर नेतृत्वको पार्टी नेपाली कांग्रेस त अहिले मुलुकमा पहिलो पार्टी हो । उसका नेताले मुलुकमा प्रभावकारी भूमिका खेल्न सक्छन् । त्यसलाई अन्यथा मान्न हुँदैन । किनभने दोस्रो, तेस्रोले त राज्यसत्ता सञ्चालनमा भूमिका निर्वाह गर्न सक्छन् भने जसले जे–सुकै, जतिसुकै गफ गरे पनि टुन्टे, टेप्रे मिलेर एक बन्नु र पहिलो पार्टी एक्ले एक हुनु भनेको ठूलो कुरो हो । नेपाली कांग्रेस जति उदार छ कम्युनिष्टहरु त्यति अनुदार छन् ? त्यो विषय सबैले सबैलाई पढाइराख्नु पर्दैन ।