सरस्वतीको कप्तानीमा लुम्बिनीको महिला क्रिकेट टीम घोषणा

घोराही, २७ पुस । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि दाङकी सरस्वती जिएमको कप्तानीमा लुुम्बिनी प्रदेशको टीम घोषणा भएको छ ।

दाङको घोराही १७ गुुलरियास्थित घोराही क्रिकेट रंगशालामा चार दिन भएको छनोट प्रतियोगिताबाट राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि प्रदेशको १४ सदस्यीय टीम घोषणा गरिएको छ ।

रुपन्देहीबाट ५ जना, दाङबाट ४ जना, बाँकेबाट ४ जना तथा नवलपरासीबाट १ जना गरी १४ जना खेलाडी छनोट भएका प्रादेशिक क्रिकेट संघ लुम्बिनी प्रदेशका सदस्य तथा छनोट समितिका संयोजक कैलाश रोकामगरले जानकारी दिएका छन्। जस्मा रुपन्देहीकी कृतिका मरासिनी, सुस्मिता भुसाल, आश्मा पुलामी मगर र कविता खड्का परेका हुन् ।

दाङबाट लक्ष्मी चौधरी, मधु डिसी र कमला जिएम, बाँकेबाट मनिषा राना, जिज्ञासा थापा, सुस्मिता बजगाइँ र रन्जु श्रेष्ठ र नवलपरासीबाट सरस्वती पुनमात्रै छनोट भएका छन ।

यस्तै वैकल्पिक खेलाडीका रुपमा नवलपरासीकी विष्णु तिवारी, बाँकेकी चमेली चौधरी तथा दाङकी सर्मिला रोका र अनिता चौधरी परेका छन् । टीमको प्रशिक्षकमा बाँकेबाट जमील अन्सारी तथा टीम व्यवस्थापकमा रुपन्देहीबाट विष्णु पाठकलाई जिम्मेवारी प्रदान गरिएको छ ।

उक्त प्रतियोगितामा विभागीय टीम एपीएफसहित सात वटै प्रदेशको सहभागीता रहनेछ । लुम्बिनी प्रदेशले आफ्नो पहिलो खेल पुस ३० गते दिउँसो कर्णाली प्रदेशसँग खेल्ने छ ।