शान्त भयो तिहार
गोरक्ष समाचारदाता
दाङ, १५ कार्तिक । चाडपर्वको समयमा हुने दुर्घटना न्यूनिकरणका लागि प्रहरीले सक्रियता बढाएसँगै यो वर्षको तिहार शान्त रुपमा सकिएको छ । विगत बर्षमा चाडपर्वको समयमा झै–झगडा, जुवातासलगायतका घट्नाहरु धेरै हुने गरेपनि यो कमी आएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक बिनोदविक्रम शाहले दावि गरेका छन् ।
‘ यो बर्षको तिहार शान्त रुपमा नै सकिएको छ’,जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता शाहले भने,‘ कतै पनि अप्रिय घट्ना भएका छैनन ।’ प्रहरीको सक्रियताकै कारण घट्नाहरुमा कमि आएको उनले बताए । प्रवक्ता शाहका अनुसार विगतमा मापसे, जुवालगायतका कारण चाडपर्वको समयमा विभिन्न खाले साना ठुला घट्नाहरु घट्ने गरेपनि यो तिहारमा त्यस्ता कुनै पनि घट्नाहरु भएका छैनन ।
जुवातासमा केही व्यक्तिहरु पक्राउ परेको भन्दै उनीहरुलाई कानुनी उपचारका लागि मुद्धा चलाएको समेत बताए । ‘चाडपर्वका नाममा हुने जुवा नियन्त्रणका लागि जसरी प्रहरीले सुरुदेखि नै स–साना जुवाडेहरुलाई पक्रियो,जसले गर्दा ठुला जुवाडे तसिर्ए’,प्रहरी नावय उपरिक्षक शाहले भने,‘जसले गर्दा चाडपर्वमा ठुला जुवा समेत हुन सकेनन् ।’
७ लाख नगद सहित २० जना पक्राउ
यसैविच प्रहरीले चाड पर्वको समयमा सात लाख नगदसहित २० जनालाई पक्राउ गरेको छ । घोराही र लमहीबाट उनीहरुलाई पक्राउ गरेको हो । पर्वका नाममा हुने जुवातासलाई निरुत्साहित गर्ने उद्देश्य अनुसार प्रहरीको सक्रियताले उनीहरुलाई पक्राउ गरेको हो ।प्रहरीले कार्तिक ११ गते सोमवार देउखुरीको लमही नगरपालिका–५ लमही बजार निवासी ४८ बर्षीय रत्नप्रसाद श्रेष्ठको घरमा जुवातास र कौडा खेलिरहेका आठ जनालाई ६ लाख बढि रकमसहित पक्राउ गरेको थियो ।
गोप्य सुचनाको आधारमा वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरी टोलीले घरधनी श्रेष्ठसहित ८ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा लमही नगरपालिका ८ निवासी ४१ बर्षीय प्रकाश खड्का, सोही ठाउँ निवासी ५५ बर्षीय कर्ण बहादुर बुढाथोकी, लमही–३ निवासी ५५ बर्षीय अमर बहादुर तामाङ, लमही– ६ बस्ने ५२ बर्षीय भिविराज किरात, सोही ठाउँ निवासी ३४ बर्षीय खिम पुन, लमही–५ निवासी ५५ बर्षीय मुकेश चौधरी र सोही ठाउँ निवासी ४० बर्षीय अशोक कुमार खड्का रहेको प्रहरीले जनाएको छ । उनीहरुबाट ६ लाख ७८ हजा पाँच सय नगदसहित १३ गड्डी नखोलेको तास, ३ गड्डी खोलेको तास र कौडा ३२ थान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका नायव उपरिक्षक शाहले बताए । त्यसैगरि प्रहरीले कार्तिकको १० आइतबार घोराही उपमहानगरपालिका–८ बेलुवाबाट १२ जनालाई पक्राउ गरेको थियो ।
स्थानीय २६ बर्षीय सन्तोष कोरीको घरमा तास खेलाई रहेको भन्ने गोप्य सुचनाको आधारमा वडा प्रहरी कार्यालय घोराहीबाट खटिगएको प्रहरी टोलीले तास खेली रहेको अबस्थामा नगद ३५ हजार ६ सय ३० रुपैयासहित १२ जनालाई पक्राउ गरेकोे हो ।
पक्राउ पर्नेमा घरधनी कोरीसहित घोराही– १० निवासी २६ बर्षीय बुद्धिराम चौधरी, घोराही– ८ निवासी कुल बहादुर चौधरी, सोही ठाउँ निवासी सजिन नेपाली, सोही ठाउँ निवासी खिम बहादुर बिक, सोही ठाउँ निवासी जिवन चौधरी, सोही ठाउँ निवासी सुन्दरप्रसाद चौधरी, घोराही– १० निवासी २२ बर्षीय शिव चौधरी, सोही ठाउँ निवासी सुवाश चौधरी, सोही ठाउँ निवासी बासुदेव चौधरी, सोही ठाउँ निवासी बिमल चौधरी र अनिल चौधरी छन ।
पक्राउ परेका व्यक्तिलाई मूलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद ५ को दफा १२५ को (जुवा सम्वन्धि) कसुरमा मुद्दा दर्ता गरि आवश्यक कारवाही अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक शाहले बताए ।
दुर्घटना समेत कमः
चाडपर्वको समयमा हुने सवारी दुघंटनाका ंसंख्यामा यो बर्ष कम भएका छन । चाडपर्वमा रमाइलोको नाममा मादक पदार्थ सेवन गर्ने र सवारी दुर्घटना धेरै हुने गरेपनि यो बर्षको तिहारमा त्यस्ता घट्नाहरु नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङकाक प्रहरी प्रमुख प्रेमप्रसाद रेग्मीले बताए ।
‘विगतमा चाडपर्वको समयमा धेरै घट्नाहरु भएको देखिन्छ’,प्रमुख रेग्मीले भने,‘यो बर्ष ट्राफिक प्रहरी र सिभिल प्रहरीको सक्रियाले धेरै भएनन् ।’
तिहारको समयमा कार्तिकको १० देखि १३ गतेसम्मका अवधिमा एउटा मात्र दुर्घटना भएको प्रमुख रग्मीले बताए । ‘यो बर्ष एउटा मात्र अप्रिय घट्ना भएको छ, । विगतमा बर्षमा चाडपर्वको समयमा दोव्वर÷तेव्वर घट्ना भएको देखिन्छ ’ ट्राफिक प्रहरी प्रमुख रेग्मीले भने । कार्तिकको १३ गते बुधवार तुलसीपुरमा हाइस गाडीले अटोलाई ठक्कर दिदा आमा छोरीको मृत्यु भएको थियो ।
दुर्घटनामा तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ उत्तरकुरहरिया निवासी २७ बर्षीय लक्ष्मी चौधरीको मृत्यु भएको थियो । दुर्घटनामा गम्भीर घाइते चौधरीकी १७ महिनाकी छोरी अदिती चौधरीको उपचारका क्रममा कोहलपुर मेकिल कलेजमा मृत्यु भएको थियो ।
दुई लाख राजश्व
यसैविच चार दिनको समयमा प्रहरीले दुई लाख बढि राजश्व उठाएको छ । तिहारको समय १० गतेदेखि १३ गतेसम्मको अवधिमा ट्राफिक नियम उल्लङघन गरि सवारी चल्ने तीन सय ३० सवारी साधनलाई कारवार्ही गर्दा दुई लाख तीन हजार राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ। जसमा सवैभन्दा धेरै दुईबाग्रे सवारी साधन रहेका छन । मापसे गर्ने, लाईसेन्स नहुने,बुलबुक नबोक्ने,हेलमेन्ट नलगाउने,ओभरस्पीड चलाउने,ओभरलोड सामान बोक्ने सवारी साधानहरुरुलाई ट्राफिक प्रहरीले कारवार्ही गरेको ट्राफिक प्रहरी प्रमुख रेग्मीले जानकारी दिएका छन । उनका अनुसार चार दिनको विचमा ३० जना चालक मापसे कारवार्हीमा परेका थिए ।