दाङ, २६ पुस । नारायणपुर विकास समितिको अगुवाइमा घोराहीको गुर्जे खोलादेखि मजगैको हापुर खोलासम्मको सडकमा रहेका खाल्डाखुल्डी पुरिएको छ ।
समितिका अध्यक्ष अभियान बस्नतको नेतृत्वमा सडकका खाल्डाखुल्डी पुरिएको हो । खाल्डाखुल्डीका कारण सडकमा सवारी साधन चलाउन निकै कठिन हुँदै गएको छ । फोरलेन सडक निर्माणका नाममा सडक झनै जीर्ण हुँदै जाँदा सवारी यात्रु तथा पैदल यात्रुलाई सकस हुँदै आएको छ ।
अध्यक्ष बस्नेतले भने, ‘जीर्ण सडकका कारण दुर्घटनाको क्रम पनि दिनानुदिन बढ्दै गएका छन् । सम्बन्धित निकायले कुनै चासो देखाएको छैन । कम्तिमा यस समितिले आफ्नो कार्य क्षेत्र भए पनि सडकलाई केही सहज बनाउनुपर्छ भन्ने सोंचका साथ सडकका खाल्डाखुल्डी पुरेका हौँ ।’