बिकाश भट्टराई
दाङ,२४ पुस । दाङको घोराहीमा भएको प्रधानमन्त्री कप लुम्विनी प्रदेशस्तरीय महिला क्रिकेट प्रतियोगिता–२०७९ मा दाङ महिलाको टिमले जित हासिल गरेको छ । घोराही उपमहानगरपालिका–१७ गुलरियास्थी घोराही क्रिकेट मैदानमा जारी प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरिय महिला क्रिकेट प्रतियोगितामा नवलपरासीलाई हराउँदै दाङको टिम बिजयी भएको हो ।
टस हारेर पहिला ब्याटिङको निम्त्यो पाएको दाङले निर्धारित २० ओभरको खेलमा २ विकेटको क्षतिमा १५६ रन बनाएको थियो । दाङका लागि ब्याटिङमा सरस्वती चौधरीले २८ बलमा ६ चौकाको मदतमा ३८, कमला जिएमले ४६ बलमा ३ चौकाको मदतमा २८ रन, कप्तान सरस्वती जिएमले ४० बलमा २४ रन बनाउन सफल भएका थिए ।
नवलपरासीको बलिङमा कप्तान सरस्वती पुनले ४ ओभरमा २ मेडन राखी १० रन खर्चिए भने बिपना परियारले ४ ओभरमा ३८ रन खर्चिएर १ विकेट प्राप्त गरिन । जवाफी १ सय ५७ रनको लक्ष्य पाएको नवलपरासीले निर्धारित २० ओभरमा ८ विकेट गुमाई जम्मा ८० रन मात्रमा समेटिएको थियो । नवलपरासीले ब्याटिङ गर्ने क्रममा कप्तान सरस्वती पुनले २६ रन बनाईन भने बिपना परियारले २२ रन बनाउनुबाहेक अन्यले दोहोरो अन्कं बनाउन सकेनन् ।
बलिङमा दाङकी सर्मीला रोकाले ३ ओभरमा १ मैडन राखी १० रन खर्चेर २ विकेट भने सिरिसा चौधरीले ३ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । त्यस्तै कमला जिएमले ४ ओभरमा १ मैदान राखी ७ रन खर्चेर १ विकेट लिइन भने मधु डिसीले पनि १ विकेट हात पारिन । पहिलो खेलमा दाङकी प्लेयर अफ द म्याच कमला जिएम भइन ।