कांग्रेस १४ को वडा सम्मेलन

दाङ २४ पुस । नेपाली कांग्रेस घोराही उपमहानगरपालिका–१४ ले वडा सम्मलेन सम्पन्न भएको छ ।

वडा सभापति टेकबहादुर बुढाथोकीको अध्यक्षता एवम नेपाली काग्रेस प्रदेश २(१) का सभापति प्रकाश श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको भेलामा श्याम सुवेदी, हुमाकान्त अधिकारी र नगर सभापति तिलक रावत विशेष उपस्थितमा सम्मेलन भएको हो ।

सम्मेलनले नेपाली कांग्रेस घोराही उपमहानगरपालिका वडा न. १४ को सहसचिवमा रणबहादुर खड्कालाइ मनोनित गरेको छ । खगेन्द्रबहादुर खत्री, बसन्ती भण्डारी, टुकमान रोकामगर, लक्ष्मण गुप्ता र दिनेशराज श्रेष्ठ वडा कार्यसमिति सदस्यमा मनोनित गरिएको छ ।

कार्यक्रममा हुमाकान्त अधिकारी, प्रकाश श्रेष्ठ, तिलक रावत र श्याम सुबेदीले मनतव्य राखेका थिए । कार्यक्रमको संचालन वडा सचिव बुद्धिप्रकाश शर्माले गरेका थिए ।