घोराहीको विकट वडामा स्वास्थ्य शिविर

दाङ,१६ पुस । प्रजातान्त्रिक उद्यमी संघको आयोजना तथा नेपाल परिवार नियोजन संघ दाङको सह आयोजना एवम घोराही उपमहानगरपालिका वडा नं १९ को व्यवस्थापनमा भएको स्त्री रोग, फिजिसीयन, हाड जोनी नशारोग सम्वन्धी नि शुल्क विशिषज्ञ स्वास्थ्य सिवीर सम्पन्न भएको छ ।

शिविरमा डा अजय रेग्मी, डा गौरव रावल, डा सलिना दाहाल, डा करिश्मा भण्डारीलगायतका स्वास्थ्यकर्मीहरुले सेवा दिएका थिए । शिविर उद्घाटन कार्यक्रममा बोल्दै लुम्विनी प्रदेशसभा सदस्य दाङ क्षेत्र नं २ (१) का निर्वाचित सदस्य राजु खनालले सैघा भौगोलिक तथा विकासका हिसावले समेत पछाडी परेको बताए । ‘आर्थिक, पुर्वाधार, स्वास्थ्य, शिक्षाको हिसावले पछाडी परेको छ’ सांसद खनालले भने ।

पछाडि परेको क्षेत्रको विकासका लागि आफुले प्रयास गर्ने समेत बताए । घोराही उपमहानगरपालिका वडा नं १९ का वडा अध्यक्ष ज्ञानवहादुर रायमाझीले नागरिकहरुलाइ आफनै ठाउमा विशिषज्ञ सेवा प्रदान गर्न नि शुल्क स्वास्थ्य सिवीरको आयोजना गरेको बताए । अशिक्षीत, गरिवी तथा विपन्न वर्गका नागरिक धेरै रहेकाले रोग लुकाएर वस्ने गरेको उनको भनाई रहेको थियो ।

नेपाल परिवार नियोजन संघका सचिव माया पोख्रेलले ग्रामिण क्षेत्रका महिलाहरु आफनो समस्याका वारेमा नवताउने गरेको बताइन् । आफनो स्वास्थ्यका बारेमा सचेत हुनुपर्ने उनको भनाइ रहेको छ । कार्यक्रम प्रजातान्त्रिक उद्यमी संघका अध्यक्ष कालीबहादुर के सी (मानु) को अध्यक्षतामा भएको थियो । संघका उपाध्यक्ष छविनारायण गिरीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजिकरण संघका महासचिव श्रीधर धितालले गरेका थिए ।