दाङ,१४ पुस । व्यवसायीहरुले दाङको देउखुरीस्थीत एनआइसी एसिया बैंक गढवा शाखामा तालाबन्दी गरिएका छन्। बैंकको ज्यादतीविरुद्ध तालाबन्दी गरेका हुन ।
व्यवसायीको इच्छाविपरीत जबरजस्ती रूपमा वस्तुको मूल्य निर्धारण गरी लिलाम प्रक्रिया अघि बढाएको विरोधमा व्यवसायीहरुले विहीवार विहान तालाबन्दी गरेका हुन ।
एनआइसी बैंक राजपुर शाखाबाट गढवा निवासी रामदास यादवले तीन करोड कर्जा लिएका थिए। बैंकले जग्गा र व्यवसाय लिलाम प्रक्रियामा लगेपछि व्यवसायीले तालाबन्दी गरेका हुन्। महाशक्ति इन्टरप्राइजेचको नाममा कर्जा थियो। तर त्यो कर्जा उठाउन बैंकले व्यवसायीलाई मानसिक यातना दिएको आरोप व्यवसायीले लगाएका छन।
दाङ उद्योग वाणिज्य संघको अगुवाइमा जिल्लाभरका उद्योग वाणिज्य संघको सहभागितामा तालाबन्दी गरिएको हो ।सुरुमा एक करोड लगानी गरेको व्यवसायीलाई पछि थप दुई करोड कर्जा लगानी गरिएको थियो। कर्जा लगानी गर्दा पनि बैंकले बदमासी गरेको आरोप छ। लिलाम भएको सामान लोड गर्ने बेलामा व्यवसायीले रोकेका थिए