दाङ,१३ पुस । लुम्विनी प्रदेशका आन्तरिक मामिला तथा संचारमन्त्री तिलकराज शर्माले सरकार गठनको छोटो अवधिमा प्रदेशको स्थायी राजधानी कार्यान्वयनसँगै भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, संचारलगायतका लागि प्रदेश सरकारले महत्वपूर्ण उपलव्धीका कामहरु गरेको बताएका छन् ।
लुम्विनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको नेतृत्वमा सरकार गठन भएयताका उपलव्धी सार्वजनिकका लागि मंगलवार भालुवाङमा आयोजना गरिएको कार्यक्रममा संचारमन्त्री शर्माले २०७७ असोज २० गते प्रदेशसभाबाट गरिएको निर्णयलाई कार्यान्वयन गरि राप्ती उपत्यका (देउखुरी) बाट प्रदेश सरकार सञ्चालनमा ल्याउने काम भएको बताएका हुन । ‘प्रदेश सरकार स्थापनाको छोटो अवधिमा प्रदेशको स्थायी कार्यान्वयनसँगै विकास निर्माणका लागि महत्वपूर्ण कामहरु भएका छन्’,संचारमन्त्री शर्माले भने,‘छोटो अवधिमा यहि काम गर्नुभनेको हाम्रो लागि धेरै महत्वपूर्ण कामहरु हुन ।’उनले देशका सात वटै प्रदेशहरुको तुलनामा लुम्विनी प्रदेशले आफ्नै भौतिक संचारना निर्माणदेखि नयाँ ठाउँमा राजधानी निर्माणको कायलाई अघि बढाएर महत्वपूर्ण कामको थालनी गरेको बताएका हुन ।
त्यसैगरी प्रदेश सरकारको गौरवको आयोजनाका रुपमा बाँकेको खजुरामा ‘लुम्विनी टेक्निकल विश्वविद्यालय, रुपन्देहीको बुटवलमा प्रदेशमा लुम्विनी प्रादेशिक अस्पताल र पाल्पा रामपुर जीवराज आश्रित–कृष्णसेन इच्छुक पाल्पा रापुरदेखि रोल्पाको जीनबाङसम्मको १३ किलोमिटर मार्ग निर्माणको कार्य भैरहेको जानकारी गराइएको थियो । उक्त सडकले पाल्पा, गुल्मी,अर्घाखाँची,प्युठान र रोल्पाका जनतालाई यातायातको पहुँजमा जोड्ने बताइएको छ । त्यससँगै शैक्षिक सुधारकालागि मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम, राजधानी व्यवस्थापनका लागि १४ वटा समूह बनाएर ल्याण्ड पुलिङको काम,लुम्विनी प्राविधिक विश्वविद्यालय स्थापनाका लागि ऐन, नियम कानुनको तर्जुमा गरि उपकुलपति र रजिष्ट्रारको नियक्ति गरि कार्यअघि बढाएको, प्र्रदेशको स्थायी राजधानी लालमटियामा प्रदेश सभा भवन निर्माण गरेर संचालन गरिएको मुख्यमन्त्रीका प्रेम संयोजक मानसिङ विश्वकर्माले कार्यक्रममा जानकारी गराएका थिए ।
१८ महिनाको अवधिमा प्रदेशका विभिन्न जिल्लामा २ सय २३ किलोमिटर सडक कालोपत्रे,२ सय ६५ किलो मिटर ग्राभेल र १ सय २१ किलोमिटर नयाँ ट्रयाक खोलिएको छ । त्यसैगरी प्रदेश सरकार स्थापना पश्चात हालसम्म ७२ वटा सडक पुल निर्माण भएकोमा ४० वटा सम्पन्न भएका र २३ वटा झोलुङे पुल मध्य ११ वटा निर्माण भएका छन् । कृषिको विकासका लागि प्रदेश सरकारले सिचाईतर्फ २ हजार ६ सय ५८ हेक्टर कृषि योग्य जमिनमा सिचाई सुविधा विस्तार,३७० हेक्टर जमिनमा तटबन्धनमार्फत जमिन उकास गरेको छ ।
जनयुद्धका घाइते तथा अपांगहरुको उपचारको व्यवस्था मिलाइएको, पत्रकार दुर्घटना बिमा र कल्याणकारी कोषको व्यवस्था, पर्यटन प्रवर्धनका लागि प्रदेश पर्यटन परिषदको स्थापना,प्त्यक जिल्लामा १÷१ टा साँस्कृतिक ग्राम निर्माणका लागि विस्तृत परियोजना निर्माणको प्रतिवेदन तयार भैइसकेको भन्दै यसवबर्ष निर्माणको थालनी गरिने भएको छ । प्रदेशका १२ वटै जिल्लामा नमूना सहर निर्माणको प्रक्रिया अघि बढेको, देशमै पहिलो पटक कपिलस्तुको जगदीशपुर ताललाई चरा संरक्षित क्षेत्र घोषणा गरिएको,लुम्विनी प्रदेश बैंक स्थापना गर्न प्राविधिक कार्य पुरा गरिएको जानकारी गराइएको थियो । सिकलसेल रोगको निदान र उपचारको कार्यमा प्रदेश सरकारले तराईका ६ वटा जिल्लाका अस्पतालमा सिकलसेल कर्नर स्थापना गरिएको मुख्यमन्त्रीका प्रेस संयोजक विकले जानकारी गराएका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखाका स्थापक अध्यक्ष एवं प्रेस काउन्सील नेपालका पूर्व अध्यक्ष नारायणप्रसाद शर्मा, नेकपा माओवादी लुम्विनी प्रदेशका सचिव कृष्ण अधिकारी, नेपाल पत्रकार महासंघ केन्द्रीय उपाध्यक्ष उदय जिएम, नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेशका अध्यक्ष बसन्त गिरी,प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष अजयदिप शर्मालगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण मुख्यमन्त्रीका प्रेस संयोजक मानसिङ विश्वकर्माले गरेका थिए ।