दाङ, ११ पुस । महिलाहरुका लागि गर्भधारण रोक्नका लागि नया आधुनिक अस्थायी परिवार नियोजनको साधन ‘सायना प्रेस’ आएको छ । आधुनिक अस्थायी परिवार नियोजनको साधनको सेवा बिस्तारसम्बन्धी सरोकारवाला र सञ्चारकर्मीसँग पैरवी तथा अन्तत्र्रिmया कार्यक्रम गरेर नेपाल परिवार नियोजन दाङ शाखाले जानकारीसमेत दिएको छ ।
कार्यक्रममा परिवार नियोजन संघका शाखा प्रवन्धक वसन्त खनालले परिवार नियोजन संघका सन् २०२३ जनवरीबाट सेवा सुरु हुने जानकारी दिए । परिवार नियोजन संघबाट सुरु हुने सेवा पछि जिल्लाभर पुग्ने उनले बताए । यस प्रकारको सेवा निःशुल्क रहने समेत प्रबन्धक खनालले बताए ।
संघका स्टाप नर्स प्रभा केसीले आधुनिक अस्थायी साधन सायना प्रेस बिश्वका ५२ देशले प्रयोगमा ल्याइसकेको जानकारी दिइन् ।
नेपालमा गत वर्षदेखि सिन्धुली र पूर्वी नवलपरासी जिल्लामा पाइलट प्रोग्रामका रुपमा सुरु भएको बताइन् । यस वर्ष मोरङ, पर्सा, रोल्पा, कैलाली, कञ्चनपुर र दाङमा सुरु हुन थालेको बताइन् । यो महिलाका लागि अस्थायी साधन सुरक्षित र प्रभावकारी अस्थायी रहेको समेत उनको भनाइ छ । सायाना प्रेस सुई लगाएपछि तीन महिनासम्म गर्भधारण नहुने स्टाफ नर्स केसीले बताइन् । उनका अनुसार पहिलोपटक महिनावारी भएको ७ दिनभित्र लगाउन सकिने छ । यो सुई पाखुरा, थायी (तीघ्रा), पेटमा लगाइन्छ ।
यसको सही तरिकाले प्रयोग गरेमा ९९ प्रतिशत प्रभावकारी रहेको समेत उनको भनाइ छ । सुरक्षित र प्रभावकारी, प्रयोग गर्न सजिलो, ३ महिना गर्भधारण रोकिने, गोपनियता रहने, प्रयोग गरेको २४ घण्टाभित्र काम गर्ने, पाठेघरको जाँचबिना नै प्रयोग गर्न सकिने, यौन सम्पर्क र यौन सन्तुष्टिमा कमी नहुने उनले बताइन । गर्भवती भएको अवस्थामा, स्तनपान गराउने सुत्केरी महिला, ब्लडप्रेसर भएको, मस्तिष्क घातलगायतका बिरामी महिलाहरुले यो साधन प्रयोग गर्न नसक्ने उनले जानकारी गराएकी दिइन् ।
पहिले स्वास्थ्यकर्मीहरुबाट यस प्रकारको सेवा प्रदान गरिने भएको छ । कार्यक्रममा जिल्ला स्वास्थ कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले यस प्रकारको सेवाले महिलाहरुका लागि फाइदा हुने बताए । नयाँ–नयाँ प्रविधिको प्रयोग गरेर निर्माण भएकाले प्रभावकारी हुने उनले बताए । सबैलाई जानकारी दिएर यसको प्रयोग बढने उनको भनाइ रहेको छ । कार्यक्रममा सञ्चारकर्मी तथा स्वास्थ्य क्षेत्रमा कार्यरत संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता थियो । कार्यक्रमको सहजीकरण संघका शाखा प्रबन्धक बसन्त खनालले गरेका थिए ।