विद्यालयस्तरीय शिक्षक भलिबल प्रतियोगिताको फाइनल भोलि

दाङ, ९ पुस । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) घोराही नगर समितिको आयोजनामा कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूकाबिच हिज्जे प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा माउन्ट भ्यु इङलिस बोर्डिङ स्कुलका अभिनव भुसाल, अनुष्का खनाल र सुयास दाहाल प्रथम, राप्ती आवासीय माविका राजकुमार राना, दिपसन गिरी र सुस्मिता सुनार द्वितीय र मेचीकाली आवासीय माविका नन्दिता श्रेष्ठ, विपुल यादव र दिपेश डाँगी तृतीय भएका थिए । प्रतियोगितामा ३६ वटा विद्यालय सहभागी भएका थिए ।

अध्यक्ष बीरेन्द्र चन्दको अध्यक्षता तथा प्याब्सन दाङका बरिस्ठ सल्लाहकार केशव थापाको प्रमुख आतिथ्यता कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्याब्सन दाङका बरिस्ठ सल्लाहकार जीवनकुमार आचार्य , उपाध्यक्ष चक्रबहादुर रावत लगायतले मन्तव्य राखेका थिए ।

उपाध्यक्ष सूर्यबहादुर रावतको स्वागत मन्तव्यबाट प्रारम्भ भएको कार्यक्रमको सहजीकरण सचिव बालकृष्ण ओलीले गरेका थिए । यसैबीच घोराही नगरको आयोजनामा विद्यालय स्तरीय शिक्षक भलिबलको पहिलो चरणको खेल सम्पन्न भएको छ । पहिलो चरणमा दीपशिखा मावि र युनिक मिड वेस्टर्नबिच भएको खेलमा दीपशिखा मावि विजयी भएको छ।

जनज्योति विद्या मन्दिर र अर्किड एकेडेमीकाबिचमा भएको खेलमा अर्किड एकेडेमी विजयी भएको हो । मेचीकाली मावि र रमना पाठशालाबिच भएको खेलमा मेचीकाली मावि विजयी भएको छ। पशुपति विद्याश्रम र रमना शान्ति सुधा माविबिच भएको खेलमा पशुपति विद्याश्रम विजयी भएको छ। स्टार मावि र विद्या निलकण्ठ माविबिच भएको खेलमा स्टार मावि विजयी भएको छ।

ज्योतिपुञ्ज आवासीय मावि र शान्ति निकेतनबिच भएको खेलमा ज्योतिपुञ्ज आवासीय मावि विजयी भएको छ। भोलि हुने फाइनल खेलमा दीपशिखा मावि, अर्किड एकेडेमी, मेचीकाली मावि, पशुपति विद्याश्रम, स्टार मावि, ज्योतिपुञ्ज आवासीय, ज्ञानज्योति एजुकेसनल एकेडेमी र गोरखा इन्टरनेस्नल पब्लिक सेकेन्डरी स्कुल सहभागी हुनेछन् । आज पहिलो चरणको खेलमा ज्ञानज्योति एजुकेसनल एकेडेमी र गोरखा इन्टरनेस्नल पब्लिक सेकेन्डरी स्कुल बाइमा परेका थिए ।