कथा : नकारात्मक सोचको परिणाम

गोपाल भुसाल ‘अभिलाषी’

एकजना मानिस थियो । उसले एक दिन सुन्दर सुखी जीवनको सपना देख्यो । यो सपना साकार पार्न उसले योजनाको तानावाना बुन्यो । पहिले सहरमा एउटा घडेरी किन्ने, घर बनाउने अनि व्यापार व्यवसायको बन्दोबस्त मिलाउने । त्यसपछि एउटी गृहणी भिœयाउने । यो पूरा गर्न उसले कम्मर कस्यो । आफ्नो उर्जा, परीक्षण, बुद्धिविवेक सबै लगायो । आफ्नो परिश्रम र पैतृक स्रोतले यो पूरा हुने छाँट देखेन ।

आँट र ढाँट दुवै मिलेर पूरा हेने देख्यो । अनि जालझेल, तिकडम, बेइमानी सबै अपनाउन थाल्यो । यसै क्रममा केही समय बित्यो । एनकेन प्रकारेण उसको योजना सफल भयो । सुन्दर भविष्यको निर्माणमा उसले गृहिणीलाई पनि थप्यो । गृहिणीबाट एक÷दुईवटा परिणाम पनि निक्लिए । अब उसको परिवारमा एक मन होइन चार मन बन्न पुग्यो । इच्छा, आकांक्षा, अभिलाषा, तृष्णाहरु भरमार रुपले थपिन थाले । आवश्यकता, खाचो, परिस्थितिका उसको जीवनमा नयाँ–नयाँ च्यानलहरु देखापर्न थाले । सबै पु¥याउने सम्भव त थिएन ।

अब उसको जीवनले छुट्टै मोड लिन थाल्यो । सुन्दर सुखी भविष्यको निर्माणमा बाधाहरु देखापर्न थाले । इष्ट, कुटुम्ब नातेदारहरु ससंकीत हुन थाले । अरु तीन मनको इच्छा, चाहना, शौख रहर पूरा गर्न नसक्दा परिवारभित्र कचिङ्गल, झगडा, मतमतान्तर हुन थाल्यो । समस्या निकासको लागि अब उसको ढाँट, छल, चतुर्याइँले पनि काम नगर्ने भयो । छरछिमेकीहरुले पनि विश्वास गर्न पत्याउन छाडे । यी सबै कारणले उसमा नयाँ–नयाँ दुःख, पीडा, अशान्ति, बन्धनका बादलको झुण्डले भित्रभित्रै पिरोल्न थाल्यो ।

क्षण–क्षणमा असन्तुष्टि, मानसिक तनाव, निद्रा हराम, शरीरभित्र विभिन्न रोगको उथलपुथल देीनक देखिन थाले । उसले आफूभित्र बसेका काम (तृष्णा) क्रोध, लोभ, मोह, इष्र्या, अभिमानजस्ता दाग, किटाणुको घना जंगलको परिणामको बारेमा त बुझ्नै सकेन । आफू गलत भएको त उसले सोच्नै सकेन । आफूभित्रै अस्तव्यस्त भएको उसले जान्नै सकेन ।

एकदिन एक्कासी उसको मनमा यस्तो प्रश्न उब्जियो । यो के हो ? जीवन भनेको यही हो ? यस्तै हो ? तर उसले यसको उत्तर पाउन सकेन । कहाँ पाउने ? जब उसको बुद्धिले यी यावत समस्याको कारण र उत्तर पाउन सकेन तब आफ्नो घरपरिवार, समाज, छरछिमेक सबैलाई गलत देख्न थाल्यो । ऊ यस्तो फोहर ठाउँमा नबस्ने निधो ग¥यो । कमाउने वहानामा कहीँ अन्तै सुन्दर सुखी जीवनको खोजीमा घरबाट निस्कियो ।

अनिश्चित गन्तव्यको धुनमा जाँदा–जाँदा ऊ गाउँबस्तीदेखि टाढा पुग्यो । गर्मीको तापले लथ्रक्क परेर एउटा रुखको छायाँमुनि बस्यो । केही शीतलताको राहत महसुस भयो । त्यस रुखमा धेरैथरिका चराहरु बास बस्दथे । गुँड बनाउने, बच्चाबच्ची जन्माउने, हुर्काउने, सुताउने, खुवाउने, पिलाउने सबै रुखमै हुन्थ्यो । चराहरुबाट निस्किएको विस्टा, पिसाव, रुखका सडेगलेका पातपतिङ्गल, कसिंगर सबै रुखमुनि जमिनमा खस्कन्थ्यो । त्यस दिन सबै फोहर पो घर छोडेर हिडेको विरक्तको शरीरमा प¥यो । विष्टाको दुर्गन्धले उसलाई सही नसक्नु भयो । रुखमुनि पानी त भेटिँदैन । उसले रुखलाई नै यो झन फोहरी डरलाग्दो ठाउँ रहेछ भन्ने ठानी त्यहाँबाट पनि हिड्यो ।

यात्रा गर्दा–गर्दा अब रात परिसकेको थियो । बास बस्ने ठाउँ त खोज्नै प¥यो । अलि टाढा एउटा मन्दिर देखियो । मन्दिरको वरिपरि २÷४ वटा झुप्रा र वृक्षहरु पनि देखिए । पक्कै पनि यो ठाउँ बास बस्नलायक छ । ऊ त्यहीँ बस्यो । प्रेमका साथ २÷४ छाक मीठा खान पनि पाइयो । २÷४ दिन त्यहाँ रहँदा मन्दिर वरिपरिको सबै गतिविधि उसले नियाल्यो । मन्दिर साँझबिहान मानिसहरु आउँथे ।

केही भेटी, चामल, रोटी, नरिवल, केरा, पुष्प छढाइ पूजा गरी जान्थे । केही माला जपेर खरानी घसेर बसिरहन्थे, कोही भजनकीर्तन गाएर समय बिताउँथे । कोही मन्दिर सरसफाईमा व्यस्त रहन्थे । कोही जटाधारि, लगौँटीधारि, नङ्गा फकिरहरु आतेजाते गरिरहन्थ्े । त्यहाँ निरन्तर भण्डारा चलिरहन्थ्यो । कोहीले टीका, दान, दक्षिणा, सन्त महालालाई टक्राएर जान्थे । कसैले योग, प्रणायाम, होम, यज्ञहरु गरिरहेको देखिन्थ्यो ।

तिनीहरुलाई अरु केही काम नगरेर २ छाक भोजन र सुत्ने ठाउँ मिलिहाल्थ्यो । यो गृहस्थ बैरागीले यी सबै हेरिरहेको थियो । उसलाई यो आध्यात्मिक, धार्मिक, तन्त्र, मन्त्र पूजाको रहस्य थाहा हुने त कुरै भएन । उसँग यी सबै बुझ्नसक्ने मसिनो बुद्धि त छँदैछैन । मोटो र दूषित बुद्धिले बुझ्नै सकिँदैन । उसले ठान्यो यो मन्दिरको क्षेत्र अझै फोहरमैलाले भरिएको रहेछ । यहाँ कोहीले ामधन्दा ग¥याग¥यै छन् । कसैले बसी–बसी खाएका छन् । धर्मको नाममा कतिले सेवा, दान, पूजा, यज्ञ गरेका छन् । आफ्नो पसिनाको परिश्रम दिएका छन् । तर यहाँ बस्नहरुले त्यत्तिकै उल्का गरेर मोजमस्ती उडाएका छन् ।

अन्न, घ्यू, सुगन्धित उत्तम चीजहरु आगोमा भष्म गरेका छन् । यहाँ पनि शोषण, अत्याचार, चोरी, ठगीखाने भाँडो रहेछ भन्ने ठानेर उ त्यहाँबाट पनि हिड्यो । जाँदा–जाँदा ऊ एउटा नदी किनारमा पुग्यो । एकछिन त्यहाँ उसले विश्राम लियो । त्यहाँ उसले विशाल, शान्त र स्वच्छताको केही आभाष पायो । अब कहाँ जाने, के गर्ने ? ऊ समञ्जस्यमा प¥यो । नदी किनारमा बसेर सङ्लो पानीतिर हेरेर एकाग्र भयो । पानीमुनि धेरैथरिका माछा, भ्यागुता, सर्प, आफ्नो गतिमा तैरिरहेका थिए । त्यहाँ ठूलोले सानो माछालाई लखेटिरहेको, चारिरहेको देख्यो ।

सानो किरालाई ठूलो किराले खाइरहेको, लुछाचुडी चलिरहेको, तछाडमछाड, लुकालुक, भागाकाग भइरहेको देखियो । जलचरहरुबीच आपसमा लडाइँ, झगडा भइरहेको देखियो । यो ठाउँ पन ठिक रहेनछ । पानी भित्र पनि फोहरैफोहर ? जहाँ गयो उही फोहर आफ्नो चित्तबुझ्दो ठाउँ कहीँ भेटिएन, यो संसार नै फोहरैफोहरले भरिएको रहेछ । मैले खोजेको जस्तो स्थान कहीँ रहेनछ । यस्तो जीवन पनि के जीवन ? उसले बाँच्नुको कुनै अर्थ देखेन । ऊ आफै तयारीमा लाग्यो ।

उसले जंगलबाट नदी किनारमा दाउरा बटुल्यो । आगो बाल्ने तयारीमा लाग्यो । नदी किनारको अलि टाढा सानो छाप्रामा एकजना सज्जन बस्दथे । बिहान सबेरैदेखि दिनभर त्यहाँ बस्दथे र साँझ कतै जान्थे । उनले यो गृहस्थ बैरागीलाई नियालिरहेका थिए । यस मानिसले नदी किनारमा के गरिरहेको छ ? कहिले किनारमा बसेर पानी हेरिरहन्छ, कहिले यता–उता गर्छ । अहिले त दाउरा खेरेर ढेर लगाएको छ । के गर्न खोजेको हो ? उनलाई खुल्दुली भयो ।

उनी सरासर त्यो मानिसकहाँ आए । उनले सोधे – बाबु ! तिमीले यो नदी किनारमा के गरिरहेका छौ ? तिम्रो घर कहाँ ाहे ? कहाँ के काममा आएका हौ ? उसले उत्तर दियो – मेरो घर कहाँ मो मैलाई नै थाहा छैन । म सुन्दर र सुखी जीवनको घर खोज्दै हिडेको थिएँ । त्यो कहीँ पाएन । यो संसार पृथ्वी सबै फोहरै–फोहर, दुःखै, दुःखले भरिएको रहेछ । मैले यहाँ बाँच्नुको कुनै मतलव देखेन । त्यसैले यो तयारी गरिरहेको छु ।

ती सज्जन केहीबेर मौन रहे । उनले मनमनै सोच – ओहो ! यो त महामूर्ख, अज्ञानी मानिस रहेछ । यसलाई संसार भनेको के हो ? यो कस्तो छ ? जीवनको खास बाटो के हो ? कसरी जीवन दुःख–कष्टरहित बनाउन सकिन्छ भन्ने थाहा रहेनछ भन्ने ठानेर अब यसलाई कसरी बचाउने ? धार्मिक, आध्यात्मिक कुरा ग¥यो भने बुझ्नै सक्तैन । छिटो बुझाउनै सकिँदैन । अँ ! उनमा एउटा उपाय फु¥यो, मूर्खलाई बचाउनलाई ।

ए बाबु ! तिमी मर्ने तयारी गरिरहेका छौ, म यही नजिकै बस्छु, तिमी म¥यौ भने पनि तिम्रो मासु, हड्डीको दुर्गन्ध मलाई कति आउला ? मलाई दुर्गन्ध फैलाउने काम नगर न है । अर्को कुरा मरेपछि दुःख हुँदैन, सुख, शान्ति, सन्चो होला भन्ने ठानेका छौ भने पनि आजसम्म जति मरेर गए उनीहरुल्े मरेपछि सन्चो सुख भयो भन्ने खबर कसैले पठाएका छैनन् । तेस्रो कुरा यसरी आफ्नै तयारीले म¥यौ भने पनि यो संसारभन्दा घोरनरकको कष्ट भोग्नु पर्दछ भन्छन्, सूक्ष्मदृष्टाले ।

त्यसैले मरेपछि पनि सुख नै हुन्छ भन्ने के ग्यारेन्टी छ र ? मर्ने कुरा पनि छोडिदेऊ बाबु ! भनेर हात जोडी बिन्ति गरे । ओहो ! म मरे पनि यी सज्जन साधुलाई दुर्गन्धको पीडा हुने रहेछ । फेरि मृत्युपश्चात पनि सुख, शान्ति मिल्छ भन्ने कुनै निश्चित छैन रे, मर्नु पनि ठिक त रहेनछ । बाँचुन्जेल पनि यो फोहरी संसारमा सुख नहुने । मरेपछि पनि नहुने । अब सुख मिल्छ कसरी ? यही प्रश्न उसले ती साधु–सज्जनसँग ग¥यो । साधु एक महात्मा नै थिए । उनले केही करणा, दया, कृपाले भरिएको दिव्योपदेश बताए ।

उसमाथि विजारोपण गरे । जसले गर्दा उसको मन नै बदलियो । भित्र अग्नि प्रकट भएजस्तो भयो । पानीमा नून बिलाएजस्तो सबैतिर फोहरैफोहर देखिएको मनको संसार चिन्तन झिलिक्क बिजुली चम्केजस्तो गरी बिलायो, हरायो, महात्माले बैगलै जादु गरेजस्तो भयो । महात्माले केही गरेका होइनन् । उसको सक्कली स्वरुप चिनाएका हुन् । ती महात्मा सामन्ने छउञ्जेल उसभित्रका सबै दुःखहरु कता हराए कता । उसलाई यो प्रत्यक्ष भान भयो कि सुख भन्ने चीज यो फोहरै फोहरले भरिएको संसारमा रहेनछ । आफूभित्र पो रहेछ । तब त्यो गृहस्थ बैरागीले मर्ने तयारी सबै छोडेर बेग्लै तयारीमा लाग्यो । महात्माको संगत, संयोगले मृत्युको नजिक पुगेको जीवन कायापलट भयो ।

अब बल्ल उसले यो बुझ्यो– मभित्र बसेको जालझेल, झुट, कपट, बेइमानीजस्ता कलुषित भावले गर्दा संसार फोहर देखिएको रहेछ । यिनै भावले मेरो दृष्टिकोण फोहर भएको रहेछ । यो प्रकृति फोहर, दुःख, पीडादायी, बन्धनकारक रहेछ । यो पञ्च भौतिक, प्रकृतिको अनुकूलता– प्रतिकुलताको पर पनि अर्को जीवन रहेछ । मेरो अज्ञानता मूर्खताले नै दुःखी भएको रहेछु । सुरुमा सुखी र सुन्दर जीवनको जुन सपना बनाएको थियो त्यो पवित्र र स्वाभाविक रहेछ तर त्यसको पूर्तिको लागि गलत तरिका (बाटो) अपनाइएछ भन्ने पनि उसलाई ज्ञान भयो ।

अब उसले रुख, मन्दिर, नदी, तलाउ, गृहस्थी सबै सुखका स्रोत र प्रकृतिमा भएका जनावर, कीटपतङ्ग, चरा, सूर्य, चन्द्र सबै आफ्नो जीवनका सहयोगी पात्र रहेछन् भन्ने पनि जान्यो । ऊ फर्केर उही गृहस्थीमा गयो र परिवारसँग भन्यो । कमाउन गएको थिएँ पैसा कमाउन त सकेन पैसा भन्दा ठूलो एउटा चीज कमाएर ल्याएको छु । ‘सच्चा जीवनको कमाइ, त्यो तिमीहरुलाई अहिले भन्दिन, विस्तारै भनौँला ।’