गढवामा २५ वटा सामुदायिक बिद्यालयको जग्गा मालपोत कार्यालयमा सुचिकृत

आलोक भावुक

देउखुरी,६ पुस । देउखुरीको गढवा गाउँपालिकाभित्र रहेका २५ वटा सामुदायिक बिद्यालयहरुको जग्गाहरु मालपोत कार्यालयमा सूचिकृत भएको छ । २५ वटा विद्यालयको कुल ९१ बिगाह ७ कठ्ठा ८ धुर जग्गा मालपोत कार्यालय लमहीमा सुचिकृत गरिएको हो।

गढवा गाउँपालिकामा गठित सामुदायिक विद्यालय जग्गा ब्यवस्थापन समितिले मंगलवार गढवा गाउँपालिकामा पत्रकार सम्मेलन गरि सो जानकारी गराएको थियो। २०७९ साउन ५ गते दिन गढवा गाउँपालिकाको शिक्षा शाखाले पालिकाभित्रका सरकारी बिद्यालयहरुका प्रधानाध्यापकहरु, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्षहरु र शिक्षा सरोकारवालाहरु सबैलाई भेला गरी विद्यालयहरुको जग्गा विध्यालयहरुको नाममा नभएका कारण विद्यालयको भवन निर्माणलगायतका अन्य समस्याको बारेमा बृहत छलफल गरेको थियो ।

त्यही भेलाबाट जनता माध्यमिक विद्यालय गढवाका अध्यक्ष युवराज पोख्रेलको संयोजकत्वमा ९ सदस्यीय सामुदायिक बिद्यालय जग्गा ब्यवस्थापन समिति गठन गरेकोजग्गा ब्यवस्थापन समितिका अध्यक्ष युवराज पोख्रेलले पत्रकार सम्मेलनमा जानकारी दिएका हुन । सामुदायिक विध्यालयको जग्गा ब्यवस्थापन समितिका अध्यक्ष युवराज पोख्रेलको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रम बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले पालिकाले गर्नुपर्ने काम बिध्यालय ब्यवस्थापन समिति बनाएर गरेको काम र सफल भएको भन्दै धन्यबाद समेत दिएका थिए ।

मालपोत कार्यालय लमही दाङमा सुचिकृत हुनु चानचुने कुरा नभएको बताउदै अध्यक्ष पोख्रेलले सुचिकृत पश्चात् हामीले एउटा ठुलो दस्ताबेज तयार पारेको र यसलाई आधार मानेर लालपुर्जाको प्रक्रिया अघि बढाइने जानकारी दिए । माथिल्लो निकायमा सहकार्य गरेर लालपुर्जाको प्रक्रिया थालनी गर्ने बताएका थिए । गढवा गाउँपालिकाको शिक्षा क्षेत्रमा सुधार गर्न सकिन्छ कि सकिन्न भन्ने जुन मनस्थिति थियो त्यो यो काम सफल भएपछी शिक्षा क्षेत्रमा परिवर्तन ल्याउन जस्तो सुकै जोखिम मोल्न आफु तयार रहेको पालिका अध्यक्ष पोख्रेलले बताए । सामुदायिक विद्यालयहरुको जग्गा ब्यवस्थापन कार्य सफल्ता पछी आफु लाई थप हौसला मिलेको बताए । गढवा गाउँपालिकाको शैक्षिक अवस्था लाई सुधार गर्न एकजुट भएर लागे असम्भव केही नहुने अध्यक्ष पोख्रेलको भनाई थियो ।

सामुदायिक विद्यालयहरुको जग्गा ब्यवस्थापन समितिका अध्यक्ष युवराज पोख्रेलले गुणस्तरीय शिक्षा चाहने अभिभावकहरुले बिध्यालयलाई पनि ख्याल गर्ने पर्ने बताए । गढवा गाउँपालिकालगायत देश कै ठुलो समस्याको रुपमा रहेको सामुदायिक बिध्यालयहरुको जग्गा ब्यवस्थापन कार्य आफु पालिका अध्यक्षसंग सहयोग र सहमतिमा जग्गा ब्यवस्थापन कार्य सुरुवात गरेको जानकारी गराउदै सामुदायिक बिध्यालयहरुको जग्गा नभएको र पठनपाठनमा ठुलो समस्या हुने गरेको बताएका थिए ।

विद्यालयको नाममा लालपुर्जा नभएका कारण संघ र प्रदेश सरकारबाट प्रकाशित हुने सुचनाकालागि प्रस्तावना पेशगर्न कठिनाई भएको भेलामा बृहत्त छलफल गरिएको र त्यही अनुरुप ५ महिनाको समयावधिमा २५ ओटा सामुदायिक विद्यालयमाहरुको जग्गा ब्यवस्थापन कार्य सकाएको जानकारी दिए । समितिले कडा परीश्रम पश्चात ५ महिनामै काम सकेर सामुदायिक बिद्यालय जग्गा ब्यवस्थापन समितिले मालपोत कार्यालय लमही दाङमा जग्गा सुचिकरण गरेको बैधानीक प्रमाण गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेललाई मंगलवार हस्तान्तरण गरेको छ।

सामुदायिक बिधालयको भौतिक पुर्वाधारको आधार नभएपछि सरकारि अनुदान तथा सहयोगबाट बन्चित भएपछि युवराज पोख्रेलको नेतृत्वमा गठित समिति,गढवा गाउपालिकाको अध्यक्ष यम नारायण पोख्रेल ,शिक्षा शाखा प्रमुख श्याम बहादुर बिक तथा गढवा गाउँपालिका भित्रका सबै बिध्यालय ब्यबस्थापन समिति परिवारको सहयोगमा ८९ बिगाह १३ कट्ठा जग्गा गढवा गाउपालिकाको सामुदायिक बिधालयको नाममा सुचीकृत गरिएको मालपोत कार्यालय लमही दाङका प्रमुख मानबहादुर कुंवरद्वारा हस्ताक्षर गरिएको पत्र सार्वजनिक गरिएको छ ।

गढवा गाउँपालिकाका बाकी ४ बिद्यालयहरु जनता माबि कालाकाटे,रत्न प्राबि,दिपेन्द्र होमजून माबि र सरस्वती माबि गोबरडिहाको जग्गा सम्बन्धि कुनै समस्या नदेखिएको जग्गा ब्यवस्थापन समितिले जनाएको छ । जग्गा ब्यवस्थापन समितिमा संयोजक युवराज पोखे्रल र सदस्यहरुमा हुमाकान्त सुवेदी,रामसुरत यादव,हेमन्त चौधरी,गोबिन्द केसी, चित्रबहादुर रावत, अतिउल्ला मनिहार,सुब बहादुर कुमाल र राधेश्यामभ थारुकुमाल रहेका छन ।

समितिले मालपोत कार्यालयमा सुचिकृत गरेका जग्गाहरुमा आधारभूत बिद्यालय बनघुस्रीको नाममा ५ बिगाह १६ कठ्ठा ४ धुर, आदर्श प्राबि बडहराको नाममा ७ बिगाह ६ कठ्ठा ४ धुर,माध्यमिक बिद्यालय पचहियाको नाममा १२ कठ्ठा,रात्री प्राबि पचहियाको नाममा १५ कठ्ठा,नमूना प्राबि महदेवाको नाममा ५ कठ्ठा, आदर्श रात्री आबि गोवरडिहाको नाममा २ बिगाह ९ कठ्ठा, सरस्वती प्राबि सुपैलाको ३ बिगाह र कालिका प्राबि पर्सेनीको नाममा १५ कठ्ठा जग्गा मालपोत कार्यालयमा सुचिकृत गरिएको जग्गा ब्यवस्थापन समितिका अध्यक्ष पोख्रेलले जानकारी दिए ।

त्यसैगरी मदरासा अहले सुन्नत दारुसलामको नाममा ३ कठ्ठा ९ धुर,प्राबि खजरौटाको नाममा २ बिगाह १० कठ्ठा,आधारभूत बिद्यालय कक्रहवाको १ बिगाह १० कठ्ठा,माबि चैनपुरको १ बिगाह,बालकल्याण अहाधारभूत बिद्यालयको नाममा २ बिगाह १० कठ्ठा, मदरसा रामपुरको नाममा ३ बिगाह १० कठ्ठा,जनता माध्यमिक बिद्यालय गढवाको नाममा ४१ बिगाह ३ कठ्ठा ६ धुर,सरस्वती आबि चन्दनपुरको नाममा ४ बिगाह ३ कठ्ठा १६ धुर, ज्ञानज्योति प्राबि मानपुरको १५ कठ्ठा,उदय प्राबि मुसीनाकाको नाममा १५ कठ्ठा,महशेन्द्र आबि कोइलाबासको नाममा २ बिगाह,दुर्गा प्राबि खबरीनाकाको १० कठ्ठा,जनमुखि आबि रङ्सिङको नाममा १५ कठ्ठा,गणेश प्राबि चिमचिमेको नाममा ८ कठ्ठा,सर्बोदय प्राबि गढवाको नाममा १ बिगाह १० कठ्ठा र बालबुद्धि प्राबि खबरीखुटीको नाममा १ बिगाह १० कठ्ठा जग्गा मालपोत कार्यलयको अभिलेखमा सुचिकृत गरिएको जग्गा ब्यवस्थापन समितिले जनाएको छ ।कार्यक्रममा सहजीकरण गोबिन्द केसीले गरेका थिए ।