मधुसूदन सुवेदी
कस्तो अचम्म !, कस्तो अनौठो !, कस्तो आश्चर्य !, कस्तो भावना !, कस्तो विकृति, कस्तो विसंगति, कस्तो सोच, कस्तो चिन्तन, कस्तो मनन्, युगौँयुगसम्म पनि देशको संविधान फेरिरहनुपर्ने, बदलिरहनुपर्ने, संशोधन गरिरहनुपर्ने, राम्रो बनाइरहनुपर्ने, लोकप्रिय बनाउनुपर्ने, नमुना बनाउनुपर्ने, उत्कृष्ट बनाउनुपर्ने, नयाँ बनाउनुपर्ने र नेपालको संविधान सुधारिरहनुपर्ने तर पटक–पटक बनेको, पटकपटक लेखेको, पटकपटक लिपपोच गरेको, पटकपटक रोगन गरेको, पटकपटक संशोधन गरेको, पटकपटक सुधारेको संविधानमा टेकेर काम गर्ने नेता जति कहिल्यै सुध्रिनु नपर्ने, कहिल्यै देशभक्त हुनु नपर्ने, कहिल्यै राष्ट्रसेवक हुनु नपर्ने ?
कहिल्यै लोकप्रिय हुनु नपर्ने, कहिल्यै धार्मिक र मार्मिक हुनु नपर्ने, कहिल्यै लोकप्रिय हुनु नपर्ने, कहिल्यै व्यावहारिक हुनु नपर्ने, कहिल्यै स्वाभिमानी हुनु नपर्ने, कहिल्यै आत्मनिर्भर हुनुनर्पे, कहिल्यै जनमुखी हुनु नपर्ने, कहिल्यै निस्वार्थी हुनु नपर्ने, कहिल्यै राजनेता हुनु नपर्ने, कहिल्यै सिद्धान्तप्रेमी हुनु नपर्ने, कहिल्यै आदर्शमुखी हुनु नपर्ने, कहिल्यै चरित्रवान हुनु नपर्ने, कहिल्यै विकासप्रेमी हुनु नपर्ने, कहिल्यै सन्त हुनु नपर्ने, कहिल्यै साधा जीवन जिउनु नपर्ने, कहिल्यै उच्च विचार लिन नपर्ने, कहिल्यै एकतामा बाँधिनु नपर्ने, कहिल्यै सहमतिमा जानु नपर्ने, कहिल्यै परोपकारी बन्नु नपर्ने, कहिल्यै प्रजा हुनु नपर्ने, कहिल्यै पारदर्शी हुनु नपर्ने, कहिल्यै असल हुनु नपर्ने, कहिल्यै सम्मानित हुनु नपर्ने, कहिल्यै लोकप्रिय हुनु नपर्ने र कहिल्यै सुध्रिनु नपर्ने ?
संविधान के हो ? संविधानले के गर्छ ? संविधान कसले लेखेको हो ? संविधान कसले ल्याएको हो ? संविधान केका लागि ल्याइएको हो ? संविधान किन ल्याइएको हो ? यसको उपादेयता के हो ? यसको मर्म के हो ? यसको भावना के हो ? थाहा छ, हाम्रा नेताहरुलाई ? संविधान लेख्नका लागि कि पालना करैले गर्नका लाग ? संविधान देखाउनको लाग कि कार्यान्वयन गर्नका लागि ? संविधान सुधार्नका लािग कि त्यसको जगमा टेकेर उभिनको लागि ? संविधान बदल्नको लागि कि यसको भूमिका प्रभावकारी बनाउनको लागि ? संविधान किताब, दस्ताबेजका लागि कि देशको मूल कानुनका लागि ? संविधान भत्काउनका लागि कि सुशासनका लािग ?
खोई आज संविधान कहाँ छ ? यो देशको जननिर्मित संविधान कहाँ छ र यो देशका जन निर्वाचित नेता कहाँ छन् ? नेताले आफैले लेखेको संविधान आफैले चीरहरण गर्न पाउन्छन् ? संविधानको जन्मदाता भन्न रुचाउनेले संविधानको हत्यारा भन्यो भने प्रिय मान्छन् कि मान्दैनन् ? संविधानलाई यो देशले किन ल्याव–टेस्ट गरिरहेको छ ? जुन देशमा नेता नै ठीक छैनन् त्यहाँ राम्रो र हाम्रो संविधानको के अर्थ ? कोठाभित्र सुधारिएको संविधान, कोठा बाहिर बिग्रिएका नेता, कसरी बन्छ देश ? संविधान स्वचालित रोवर्ट हो ? संविधान स्वचालित यन्त्र, तन्त्र, जन्त्र, संयन्त्र हो ? यदि होइन भने पटक–पटक यो देशको संविधान फेल किन गराउँदै छन् हाम्रा नेताहरु ? २०४७ सालको संविधानले के ग¥यो र देश चलेन ?
२०७२ सालको संविधान फेरि अलोकप्रिय किन हुन थाल्यो ? यी संविधान समाचार बनेको संविधान पनि किन सञ्जीवनी बुटी हुन सकेन ? दोष कसको ? दोषी संविधान कि संविधानका ज्ञाता ? संविधान पटकैपिच्छे संविधान पटकैपिच्छे नयाँ हुनुपर्ने तर नेता चाहिँ तालु खुइले र रौं केश पाकेकै हुनुपर्ने ? संविधान नयाँ चाहिँदा संविधान हाक्ने सारथी नयाँ हुनुपर्नै होइन र ? नेपाल नयाँ भन्दा र गन्दा नयाँ नेपाल हाँक्ने ड्राइभर नयाँ नै हुनुपर्ने होइन र ? खोई त सबैमा यो नियम लागू भएको ? देश बिग्रिँदा संविधान पुरानो भयो भन्ने, अब नेता बिग्रिँदा के भन्ने ? नेता बुढा भए भन्ने कि नभन्ने ? अब यो देशका नेताको विकल्प खोज्ने बेला आयो ?
किन भने जति राम्रो र जति हाम्रो संविधान देशमा लेखे पनि र ल्याए पनि देश र जनता जस्ताको त्यस्तै छ भने दोष कसको ? हामी नेपालीले यो देशको संविधान मात्र सुधारिरहने कि ? नेतालाई सुधार्ने ? अब संविधान सुधार्ने होइन, यो देशका नेतालाई उधार्ने काम गरौँ । सक्छौँ भने नेता सुधारौँ, सक्दैनौँ भने यिनै नियति भोगेर बसौँ तर संविधानलाई दोष दिने काम नगरौँ । गर्ने हिम्मती, बहादुरी सपुत, देशभक्त, जनप्रेमीका लागि संविधान नै नभए पनि उसले गरेरै छाड्छ ? नेपाल बनाएरै छाड्छ, जनता बनाएरै छाड्छ ।
हुतिहारा र निकम्मका लागि कहिले को दोषी त कहिले को दोषी बनि नै रहन्छ । यो नाटक मात्र हो, यो अभिनय मात्र हो, यो अभ्यास मात्र हो, यो कसरत मात्र हो । यो परीक्षण मात्र हो । यसमा वास्तविकता केही पनि छैन । फिल्मी पर्दाभित्रका ३ घण्टे मात्र र पात्रले यो देशको रुपरेखा बदल्न सक्दैनन् । दुईतिहाइ पचाउन नसक्नेले एक चौथायी देश बन्न सक्छ ? हामी पत्याउने नेपाली कस्ता ? हिजो एउटै दल वा पार्टीले ल्याउने मतले आजको दिनमा ७ वटा पार्टीले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका छन् ।
आजको सात दलले पाउने जनमत एक्लैले पाउँदा त देश बनेन र चलेन भने आज त्यही मतमा सात–सात दल भित्रिँदा देश कसरी चल्छ ? यो गुजरी बजार भयो । हरेक सातामा लाग्ने गुजुरी बजारमा हरेक कुराको लेनदेन र किनबेच हुन्थ्यो । त्इही हो आजको खेल पनि । अब सबै किनबेचमा चल्छ । देशको पद, प्रतिष्ठा, कुर्सी, सिट, अफिस सबैको मोलमोलाइ हून्छ । सुन जोख्ने तराजुमा राखेर तौलेर भाग लगाएरु बाँडफाँड गर्नुपर्नै हुन्छ, चल्छ देश ?