पुस्तकालयद्वारा उद्धमशिलता तालिम शुरु

दुखहरण यादव

गढवा,३ पुस । देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र गढवाको आयोजना र रिड नेपालको सहयोगमा ३ दिने आधारभुत उद्द्यमशिलता तालिम सुरु गढवामा शुरु भएको छ ।

देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोतकेन्द्रका अध्यक्ष ओभा पाठकको अध्यक्षता र गढवा गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष बिरबहादुर आलेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ३ दिनसम्म सहभागिहरुलाई उद्धमशिलता भनेको के हो ? ब्यबसायको महत्व,असल ब्यबसायिको गुणहरु,ब्यबसाय प्रबर्द्धनका उपाय,सफल ब्यबसायि बन्न आवास्यक तत्वहरु,बिक्री प्रबर्धन,ब्यबसायिक योजनाको तयारि लगायत विषयमा तालिम दिइने प्रशिक्षक राजेन्द्र रायमाझीले बताए ।

बिभिन्न समुहमा रहेका अति बिपन्न तथा फरक क्षमता भएका ब्यक्तिहरुको उद्धमसिलता सक्षमता बिकास गरि स्वरोजगारका साथै लघु ब्यबसाय शृजना गर्न सक्ने उद्देश्य रहेको र यो आधारभुत तालिम पश्चात एड्भान्स तालिमको आयोजना गरिने श्रोत केन्द्रकि अध्यक्ष ओभा पाठकले बताए ।

त्यस्तै गरि प्रमुख अथिति गढवा गाउपालिका वडा नं ६ का वडा अध्यक्ष बिरबहादुर आलेले तालिम पश्चात आफुले सिकेको कुरा ब्यबहारमा लागु गर्ने पर्ने बताउदै सिप भएका ब्यक्तिलाइ वडाले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

त्यसै गरि कार्यक्रममा नेपाल सरकारका पुर्व अर्थ सचिव शान्न्तराज सुवेदिद्वारा प्रेषित ५ थान पुस्तकहरु निजका भाइ टोपलाल सुवेदी द्वारा पुस्तकालयलाई हस्तान्तरण गरिएको छ ।

यसैगरी लेखक कल्पना खरेलद्वारा प्रेषित ४ थान पुस्तकहरु पनि सोही कार्यक्रममा हस्तान्तरण गरिएको हो । पुस्तक प्रदान गर्नुहुने दुवैजनालाइ धन्यवाद पत्र प्रदान गरिएको छ ।
पुस्तकालयका उपाध्यक्ष नारायण पन्डितको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रमको सन्चालन सचिव शिवराज पन्थीले गरेका थिए ।