Goraksha

National Daily

सोनापुर सिमेन्टद्धारा १ सय थान पिपिइ

दुधरास, २६ चैत । तुलसीपुर उपमहानगरपालिका—१८स्थीत सोनापुर सिमेन्ट्स प्रालिले कोरोना भाइरसको संक्रमणबाट जोगिन जिल्ला विपद व्यवस्थापन समितिलाइ करीव ७ लाख मुल्य बरावरको १ सय थान पिपिइ उपलव्ध गराएको छ । जोखिमपुर्ण अवस्थाम स्वास्थ्य उपचारमा खटिने स्वास्थ्यकर्मिहरुको व्यक्तिगत सुरक्षाकालागी ती सामाग्रिहरु उपलव्ध गराइएको प्रालिका सिइओ हरी पाठकले बताएका छन् ।

ती सुरक्षा सामाग्रिहरु प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल मार्फत जिल्ला विपद् व्यवस्थापन कोषमा जम्मा गरिएको हो । प्रालिले केहि दिनभित्रै तुलसीपुर उद्योग वाणिज्यसंघ संगको समन्वयमा एक हजार थान मास्क समेत उपलव्ध गराउने तयारी गरीसकेको छ । ती मास्कको अर्डर समेत भैसकेको र केहि दिनमै जिल्ला विपद व्यवस्थापन कोषमा दाखिला गरीने पनि पाठकले बताएका छन् । समय र परीस्थीति अनुसार आवस्यक परे खाद्धान्न समेत उपलव्ध गराउने प्रालिले प्रतिवद्धता जनाएको छ ।