एन प्याव्सन दाङले बृह्त खेलकुद प्रतियोगिता गर्ने

तुलसीपुर,२१ मंसिर । एन प्याव्सन दाङले बृहत् खेलकुद प्रतियोगिता २०७९ गर्ने भएको छ ।

एन प्याव्सन दाङको वार्षिक कार्यक्रम अन्तरगत यहि मंसिर २९ गतेदेखि पुस २ गतेसम्म प्रतियोगिता गर्न थालेको हो । २०७६ सालवाट सुरु भएको बृहत खेलकुद प्रतियोगिता कोभिडका कारणलगातार २ वर्ष स्थगित भएको थियो ।

प्रतियोगितामा छात्रछात्रा भलिवल खेल, दौड छात्र तथा छात्राका लागि १००, २००, ४००, ८००, १५०० र ३००० मिटर हुनेछन । त्यस्तैगरि हाईजम्प, लङजम्प , त्रिपलजम्प , ज्यावलिङ थ्रो र सटपुटका इभेन्ट्सहरु हुने आयोजक एन प्याव्सन दाङका अध्यक्ष विमल गौतमले जानकारि दिएका छन् । प्रतियोगितामा एन प्याव्सन दाङमा आवद्ध मावि तहका ३० वढि विद्यालयहरुको सहभागिता हुने गौतमले जानकारि दिए ।

त्यस्तै प्रतियोतामा सहभागी हुने विद्यालयहरुलाई यहि मंसिर २५ गते भित्रमा सहभागि खेलाडीको नामसहित दर्ता गर्न आव्हान गरिएको छ । प्रतियोगिताका सवै खेलहरु वेलझुण्डीस्थित रगशालामा हुने सचिव ठाकुरप्रसाद डाँगीले जानकारी दिएका छन् ।